
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेकपा एमालेले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाइ प्रधानमन्त्रीको उमेद्वार बनाउने भएको छ ।कांग्रेस माओवादी गठबन्धनका उम्मेद्धार पुष्पकमल दाहालबिरुद्ध प्रधानमन्त्री पदको निर्वाचनमा एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई अघि सारिने भएको हो ।
प्रचण्डलाई निर्विरोध निर्वाचित हुन नदिन र प्रतिपक्ष भएको देखाउन एमालेले संसदीय दलका उपनेता नेम्वाङलाई प्रचण्डविरुद्ध मैदानमा उतार्न लागिएको बताइएको छ । । ‘पार्टी अध्यक्ष नउठ्ने भएपछि उपनेता नेम्वाङलाई मैदानमा उर्तार्ने निर्णयमा हामी पुगेका छौ’ एमाले नेता तथा सांसद रविन्द्र अधिकारीले अर्थ सरोकार डटकमसँग भने ।
एमालेले प्रचण्डसँग प्रतिस्पर्धा गर्न उपाध्यक्ष बामदेव गौतमलाई आग्रह गरेको थियो । तर गौतमले पछिपनि आफैलाई उम्मेद्धार बनाउने सर्त राखेपछि विकल्पमा नेम्वाङलाई रोजिएको हो । एमालेले जित्नका लागि नभई प्रचण्डलाई निर्विरोध हुन नदिन र प्रतिपक्षको भूमिका देखाउन नेम्वाङलाई अघि सार्ने भएको छ ।
नेम्वाङको उमेद्वारीसँगै प्रधानमन्त्रीको निर्वाचन खास हुने पक्कापक्की छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्