
दरबार हत्याकाण्ड लगत्तै तत्कालीन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले सम्भवतः हिन्दुस्तानको कुनै ‘चर्च सेल्टर’बाट एउटा लेख कान्तिपुर दैनिकका लागि लेखे । जसमा नेपाल गणतन्त्रमा प्रवेश गरेको, नेपाल भूटानीकरणको दिशामा उन्मुख भएको जस्ता विषय वस्तु समावेश थिए । भट्टराईको त्यो लेख प्रकाशित गर्ने कान्तिपुर दैनिकका तत्कालीन सम्पादक युवराज घिमिरेलाई गिरिजाप्रसाद कोइराला नेतृत्वको प्रजातान्त्रिक सरकारले हातमा हत्कडी लगायो । प्रेस स्वतन्त्रताको उपभोग गरेबापतको पुरस्कार तत्कालीन सरकारले एउटा सम्पादकलाई त्यसै गरी दियो ।
१५ वर्षपछि तिनै बाबुराम भट्टराईले ‘भूटानीकरण’ भन्ने शब्द दोहोर्याएका छन्, नेपाल भारत संयुक्र वक्तव्यको विषय जोडेर । यो १५ वर्षको दौरान नेपालमा धेरै परिवर्तन भए । बाबुराम भट्टराई आफै पनि प्रधानमन्त्रीको कुर्सीमा बसे ।
प्रधानमन्त्री भइसकेका बाबुराम भट्टराईले छिमेकी मुलुकले नाकाबन्दी लगाएर पोहोर एक किशिमको युद्ध नेपालमाथि शुरु गर्यो । भारतले नेपालमाथि यस्तो अमाननवीय व्यवहार गर्यो जुन ‘युद्धका बेला पनि शुत्र राष्ट्रले गर्दैन’ भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले भारतको विरोध गरे । गोलीगठ्ठा, बन्दोबस्तीका सामान आदिको जोहो गर्नु पर्ने अवस्था थिएन । तर मुलुक युद्धग्रस्त भन्दा फरक पनि भएन । खानेकुरा, औषधि, सवारी साधनमा दुःखलाग्दो प्रभाव देखियो । भारतको हेपाहा प्रवृत्तिविरुद्ध हरेक नागरिक, हरेक राजनीतिक दल, संघसंस्था, संगठन एक हुनु पर्ने अवस्था सिर्जना भयो । जनताले सरकारलाई भनिरहे, ‘सरकार भारतसँग घुँडा नटेक, हामी दुःख सहन तयार छौं ।’
जुन बेला राष्ट्रिय एकताको सबैभन्दा बढी खाँचो थियो, ठीक त्यही बेला पूर्वप्रधानमन्त्रीसमेत भइसकेका बाबुराम भट्टराईले पार्टी छाडेको घोषणा गरे । भाइ फूटे गवार लुटे भने झै त्यही बेला भारतका एजेन्टले भट्टराईलाई उनकै निवासमा पुगेर शुभकामना दिएको खबर बाहिरियो । कुनै पनि राजनीतिक दलमा बस्ने वा छाड्ने त्यो व्यक्तिगत स्वतन्त्रताको विषय हो । तर त्यो बेला पार्टी छाड्ने नैतिक धरातलमा भट्टराईमा थिएन । भट्टराईको निर्णयले वारि बस्नेलाई पोल्यो । पारिकालाई सितल अनुभव भएको अनुमान गर्न गाह्रो थिएन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जाँदा २५ बुँदे संयुक्त वक्तव्य जारी भयो । यो विज्ञप्ति जारी पछि बाबुरामले प्रचण्डलाई भारतपरस्तको आरोप लगाएका छन् । त्यो भन्दा महत्वपूर्ण कुरा त यहि विषयमा शुक्रबार दिउँसो नयाँ शक्तिले विरोध सभाको आयोजना गरेको छ । प्रधानमन्त्री प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत राष्ट्रघात गरेको आरोप लागिरहेको छ । अरुले प्रचण्डलाई राष्ट्रघात गरेको आरोप लगाउन सुहाउँछ । तर भट्टराईको विगतले उनलाई यो अधिकार दिँदैन । किनभने उनी आफै प्रधानमन्त्रीको कुर्सीमा आसिन हुँदा मुलुकलाई भुटानीकरणतर्फ लैजाने ठोस र प्रमाणित हुने कर्म गरेका छन् ।
दूनियाँमा कतै नभएको अधिकार सरकारले नेपालमा भारतीय दूतावासलाई दिएको छ । दूतावासले आफुखुसी नेपालका व्यक्ति, संस्थालाई विकासका नाममा पैसा बाँडन पाउँछ । भारतबाहेकका बाँकी दाता राष्ट्रले नेपाल सरकारमार्फत खर्च गर्छन् । भारत आफूखुसी पैसा बाँड्छ । नेपालका संस्थाहरु पनि भारतप्रति नतमस्तक भइदिन्छन् । अघिल्लो सरकारका उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहभागी एक कार्यक्रममा भारतीय दूत पनि थिए । विद्यालय भवन उद्घाटन समारोहमा स्कुले विद्यार्थीले ‘हामी भारतका सच्चा साथी, हामीले भारतको विरोध गर्नु हुँदैन । सधै जयजयकार गरिरहनु पर्छ’ भन्ने आशयको गीत गाए ।
भारतीय दूतावासले विकासका नाममा नेपालमा ३ करोडसम्मको योजना सोझै सञ्चालन गर्न पाउने छुट पहिले नै दिइएको थियो । विदेशी दूतावासलाई यस्तो अधिकार कतै पनि दिइँदैन । तर भारतलाई दिइयो । त्यसलाई बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अझै मजबुत बनाइदिए । ३ करोडको सिमा बढाएर ५ करोड पुर्याए । साथै ‘एक नम्बर भारतभक्त हुँ’ भन्ने सन्देश दिल्ली पठाए । यस्तो निर्णय गर्ने व्यक्तिले अरुलाई भारतपरस्त भन्न कति सुहाउँछ होला ? भुटानीकरण गर्ने निर्णयमा आफैले दस्तखत गर्ने अनि अहिले मुलुक भुटानीकरणमा गयो भन्न कति सुहाउँछ होला ?
बाबुराम भट्टराईसँग निकट रहेर काम गरेका मुमाराम खनालले पंक्तिकारसँग पटक पटक भनेका थिए– भारतलाई खुसी नपारी नेपालमा राजनीति गर्न सकिँदैन भन्ने धारणा बाबुराम भट्टराईको मनमस्तिष्कमा मात्रै होइन डिनएमै बसेको छ । नभन्दै विगत नियाल्दा हुन्छ, भट्टराईका क्रियाकलाप खनालले भनेको भन्दा फरक कहिले पाइएन । भारतमा बसेर नेपालमा जनयुद्ध चर्कारहँदा ‘भारतविरोधी केही कार्य गर्नेछैनौं’ भन्ने पत्र दिल्लीमा बुझाउनेमा भट्टराई पनि थिए । नेपालमाथि भारतले गरेको थिचोमिचो ठीक हो भनेर वकालत गर्दै हिँडने एसडि मुनी भन्ने भारतीय प्रोफेसरले आफ्नो कितावमा यो तथ्य उल्लेख गरेका छन् ।
त्यो पत्र भारतमा बुझाउने बेलामा भारतले पनि माओवादीलाई आतंकवादी भनेको थियो । नेपालले पनि आतंकवादी घोषित गरेको थियो । तर भारतले आफै आतंकवादी घोषित गर्ने आफैले माओवादी नेताको चिठ्ठी बुझेर आतंकवादीका नाइकेलाई सेल्टर दिइरहेको थियो । अहिले भारतले पाकिस्तानलाई औल्याउँदै भनेको छ– क्षेत्रीय सहकार्य र आतंकवाद एकसाथ अघि बढ्न सक्दैनन् । पाकिस्तानले आतंकवादीलाई पालेको आरोप लगाएर भारतले सार्क सम्मेलन बहिष्कार गरेको छ । विगत कोट्याउने हो भने आतंकवादी पाकिस्तानले होइन भारतले पालेको थियो । अहिले पनि नेपाल टुक्र्याउने योजना बनाउने सिके राउतलाई दिल्लीले रेड कार्पेट विच्छयाइरहेकै छ । भारत क्षेत्रीय सहयकार्य होइन, छिमेकमा आतंक फैलाउने घिउ खन्याउन उद्दत देखिन्छ ।
बाबुराम भट्टराईको भारत मोह यतिमै सकिँदैन । नेपालको पशुपतिनाथमा दक्षिण भारतका ब्राम्हणलाई भट्टका रुपमा नियुक्त गर्ने सदियौदेखिको परम्परा थियो । तर अब यो परम्पराले काुननी रुप लिइसकेको छ । यसको श्रेय पनि भट्टराईलाई नै जान्छ । पशुपतिमा भारतीय भट्ट राख्ने परम्परामात्रै थियो । नेपाल सरकारले चाहेमा त्यो परम्परा हटाउन पनि सक्थ्यो । तर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा त्यो परम्परालाई नियमावली नै बनाएर भट्ट भारतीय नै हुनु पर्ने थिति बसाले । आवश्यकताको शिद्धान्तले जे भन्छ त्यही अनुशार गर्न सकिने सुविधा हुँदा हुँदै भट्टराईले नियम बनाएर भारतीय नै भट्ट राख्नु पर्ने बाध्यता सिर्जना गरिदिए ।
संविधान जारी भएलगत्तै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई संविधान अपूर्ण छ भन्नेलाई के भन्नुहुन्छ ? भनेर सोध्दा उनले भने, ‘भगवान पनि पूर्ण छैनन् ।’ एमालेका नेताहरुले भने, ‘सर्वसम्मत भन्ने दूनियाँमा कतै हुँदैन । भारत र अमेरिकामा पनि सर्वसम्मत संविधान जारी भएको थिएन । राजतन्त्रदेखि संघीयताको विरोध गर्नेसम्म रहेको संविधानसभाले सर्वसम्मत संविधान जारी गर्न सक्दैन ।’
तर बाबुराम भट्टराईले भित्र संविधानको पक्षमा हस्ताक्षर गरेर बाहिर आएर त्यही संविधानको विरोध गरे । आफैल हस्ताक्षर गरेको संविधान रक्षाकालागि उभिनु भन्दा भारत प्रायोजित आन्दोलन उचाल्न प्रयत्नशील भइरहे ।
- नेपाल आज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्