×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सक्लुसिभ : यस्तो रहेछ गैरकानुनी धन्दा चलाउने इसेवाले अर्को कम्पनी खोल्नुको भित्री रहस्य (फलोअप नम्बर ८)

PRIME CA

एक्सक्लुसिभ : यस्तो रहेछ गैरकानुनी धन्दा चलाउने इसेवाले अर्को कम्पनी खोल्नुको भित्री रहस्य (फलोअप नम्बर ८)

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  •  अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – इसेवाले नेपालको बैंक तथा वित्तीय संस्था ऐन विपरित काम गरिरहेको समाचार अर्थ सरोकार डटकमले ब्रेक गरेपछि इसेवाबारे एकपछी अर्को तथ्य बाहिर आउने थालेको छ । यसैक्रममा सुरुमा एफवान सफ्ट इन्टरनेशनल प्रालि नामक कम्पनीको ‘एक प्रोडक्ट’ को रुपमा इसेवाले आफ्नो सेवा दिन अर्को कम्पनी ‘इसेवा फोनपे प्रालि’ नामक कम्पनी खोल्नुको भित्री रहस्यको खुलासा भएको छ । 
इसेवानिकट स्रोतले दिएको जानकारी अनुसार एफवान सफ्ट इन्टरनेश्नल प्रालिले इसेवाले हाल गरीरहेको कामको उदेश्यनै नराखी कम्पनी दर्ता गरेको र उक्त कम्पनीबाट इसेवाले प्रदान गरिरहेको सेवा विभिन्न बैंकहरुले नमानेपछि र उदेश्यनै नभएको काम कम्पनीले संचालन गर्दा सरकारलाइ बुझाउनुपर्ने करमा समेत कैफियत देखिएपछी उक्त सेवा प्रदान गर्नका लागि र करोडौंको कर छलीलाइ ढाकछोप गर्नका लागि नयाँ कम्पनी दर्ता गरिएको थियो ।
यसबारेमा के भन्छ इ- सेवा ?
यसबारे हामीले इसेवाका प्रमुख कार्यकारी अधिकृत अग्सर अलीलाई सोधेका थियौं ।’ तपाईंहरुले त कम्पनीको उदेश्य विपरित काम गर्नुभएको आरोप छ नि ?’ भन्ने हाम्रो प्रश्नमा अली भन्छन्, ‘तपाईंले एफवन सफ्ट इन्टरनेशनल प्रालिको उदेश्य हेर्नुभयोहोला । त्यसमा इसेवाले गरीरहेको कामको उदेश्य राखिएको छैन । तर इसेवा ‘इसेवा फोनपे प्रालि’ मार्फत चलिरहेको छ र यसमा स्पष्ट उदेश्य छ ।’ उनको भनाइलाइ विश्लेषण गर्नेहो भनेपनि सुरुमा एक कम्पनीले चलाईरहेको इसेवामा विभिन्न कैफियत देखेपछी नयाँ कम्पनी दर्ता गरिएको थियो ।    
सीइओले स्वीकारे फुल अडीटमा परेको कुरा :
इसेवामा कर सम्बन्धि लफडा धेरै छ भन्ने सुनिएको छ नि ? भन्ने ह्राम्रो प्रश्नमा उनले इसेवा फुल अडिटमा समेत परिसकेको र आन्तरिक राजस्व विभागबाट ‘क्लिन चिट’ पाएको दावी गर्छन । ‘कर छलिएको छ कि भनेर हामी फुल अडिट’मा पनि परेका थियौं । तर क्लिन चिट पायौं । ‘ सीइओ अलीले भने । यता स्रोतको दावी भने अर्कै छ । ‘इसेवा संचालक कम्पनी फुल अडिटमा परेको र करोडौं करको बक्यौता आएपछि राजनीतिक शक्तिको आडमा करचुक्ता दिइएको र रातारात नयाँ कम्पनी खोलिएको हो । ‘  
बैंक तथा वित्तीय संस्था ऐन विपरित काम गरेको भन्दै इसेवा विरुद्ध अख्तियारमा समेत उजुरी परिसकेको छ भने अख्तियारले सम्बन्धित निकायलाई यसबारे पत्र काटिसकेको बुझिएको छ । यसरी राजनीतिक आडमा करछली गर्ने र उम्कने काम इसेवाले गरेको खबर सार्वजनिक भएपछी आन्तरिक राजश्व विभागमा पनि यसबारे राम्रै चर्चा हुन थालेको बुझिएको छ । 
यो पनि पढ्नुहोस् :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: