×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नझुकिनुहोस् है ! इसेवाको पैसा केन्द्रीय बैंकमा छैन, तपाईंलाइ यसरी ‘बेवकुफ’ बनाइंदैछ (फलोअप नं. ७)

अर्थ सरोकार

प्रकाशित मिति : २० भाद्र २०७३, सोमबार

PRIME CA

नझुकिनुहोस् है ! इसेवाको पैसा केन्द्रीय बैंकमा छैन, तपाईंलाइ यसरी ‘बेवकुफ’ बनाइंदैछ (फलोअप नं. ७)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपालको बैंक तथा वित्तीय संस्था ऐन विपरित काम गरीरहेको इसेवाले जनतालाई भ्रममा पार्न खोजेको अर्को तथ्य फेला परेको छ । इसेवाले ‘म्यानुअल’ रुपमा भराउने फर्ममा इसेवाको रकम कुनै एक सेन्ट्रल बैंकमा रहने उल्लेख गरेको छ । जवकी नेपालको कानुन अनुसार सेन्ट्रल बैंक भनेको नेपाल राष्ट्र बैंक मात्र हो । नेपाल राष्ट्र बैंकमा रकम बस्छ भन्ने जस्तो भ्रमपूर्ण जानकारी दिएर इसेवाले एकातर्फ जनतालाई भ्रममा राखीरहेको छ भने नेपाली जनता केहि बुझ्दैनन् भन्ने शैलीमा जनतालाई ‘बेवकुफ’ बनाउने प्रयास समेत गरेको छ ।
ईसेवाको पैसा राष्ट्र बैंकमा छैन 
यसबारे अर्थ सरोकार डटकमले नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीसँग सोध्दा उनले इसेवाको पैसा नेपाल राष्ट्र बैंकसँग नभएको स्पष्ट परेका छन् । ‘इसेवाको पैसा नेपाल राष्ट्र बैंकले राखेको छैन’ उनले स्पष्ट पारे ।   नेपाल राष्ट्र बैंक ऐन २०५८ ले पनि सेन्ट्रल बैंक भन्नाले नेपाल राष्ट्र बैंकनै भएको स्पष्ट पारेको छ । ऐनले नेपाल राष्ट्र बैंकको स्थापना नै सेन्ट्रल बैंकको भूमिका निर्वाह गर्न भएको स्पष्ट पारेको छ ।
के भन्छ इसेवा ?
यसबारे प्रश्न गर्दा इसेवाका प्रमुख कार्यकारी अधिकृत अग्सर अलीले आफुहरुले कुनै एक बैंक भन्न खोजेको बताएका छन् । ‘तपाईंहरुले त पैसा कुनै सेन्ट्रल बैंकमा जम्मा हुन्छ भन्नुभएको छ । जवकी सेन्ट्रल बैंक भनेको एउटा छ र त्यो नेपाल राष्ट्र बैंक हो । यो त जनतालाई झुक्काएको भएन र ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘हामीले कुनै एक कमर्सियल बैंक’ भन्न खोजेका हौँ । अनि कुन बैंकमा जनताको पैसा छ भनेर जनतालाई किन थाहा नदिएको ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘पैसा नबिल बैंकमा छ । हामीलाई जनताको पैसा होल्ड गर्ने अनुमति छैन । ‘   
यो पनि पढ्नुहोस् :
यो पनि पढ्नुहोस् :

  



`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: