×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोलखाको लामाबगरमा : ‘सरकारले भूकम्प पिडितलाई दिएको राहत रक्सीमै सकियो’, बालबालिका मारमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दोलखाको लामाबगरमा : ‘सरकारले भूकम्प पिडितलाई दिएको राहत रक्सीमै सकियो’, बालबालिका मारमा

१८ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

दोलखा – दोलखाको उत्तरी भेग लामाबगर । उच्च भूभाग भएसंगै जाडो हुने भएका सबैभन्दा बढी खपत हुने चिज नै ’रक्सी’ हो।  के युवा के युवती, के के बुढाबुढी सबैलाई दिनहुँ चाहिने चिज हो रक्सी । 
लामाबगरका स्थानियहरु प्रायः शेर्पा र तमाङ बस्ती भएकाले परमम्परागत रुपमै सबैले रक्सी खाने गरेका हुन् । स्थानीय वासिन्दाको रक्सीमय दैनिकी यस्तो छ कि लाग्छ यहाँ रक्सी नभई मानिसको जीवन नै चल्दैन । काम गर्ने भरियादेखि व्यापार गर्ने साहुसम्म काममा हुँदा होस् वा काम सकेर फुर्सदमा होस् सबैलाई चाहिने एक मात्र  चिज हो रक्सी ।
’रक्सी नभई त ज्यानमा जाँगर नै आउंदैन’ गोंगरदेखि लामाबगरसम्म भारी बोक्दै गरेका ज्ञान बहादुर श्रेष्ठले अर्थ सरोकार डाटकामलाई बताए । त्यसमाथि  बैसाखमा गएको महाभूकम्पपछी हाइड्रोपावरमा मजदुरी गर्ने स्थानीयहरू काम बन्द भएपछी सरकारले न्यानो कपडा बापत दिएको पैसाले दिनहुँ चाहिने रक्सीको जोहो गरेका थिए । राहतमध्येको केहि पैसा मात्र होइन यसरी रक्सीले नै खाइदिएको लामाबगरका धेरैजसो स्थानीय वासिन्दाले सरकारले न्यानो कपडा किन्न भनेर दिएको १० हजार पूरै रक्सी खाएरै सके ।
’सरकारले दिएको राहत रकम पाउनु भयो त  ?’ अर्थ सरोकार डटकमकर्मीको प्रश्न भुइमा झर्न नपाउंदै ज्ञान बाहादुर श्रेष्ठले भने ’पाइयो पनि सकियो पनि !’  ’न्यानो कपडा किन्न भनेर दिएको थियो, त्यो १० हजारको कपडाले भन्दा त १० हजारको रक्सीले धेरै तातो भयो । जसरी तातो हुन्छ त्यहि गर्ने हो ।’ अव फेरी राहत आउँछ रे ! कहिले आउने हो चाहिं थाहा छैन । मर्ने बेलामा के को घर बनाउनु नि ! अव जति बाँचिन्छ यहि (रक्सी) खाने हो । ‘ 
लामाबगरमा ५१ घरधरी रहेकोमा ४५ घरधरी संख्यामा तमाङ र शेर्पाको बसोबास रहेको छ । एक सय २५५ जनसंख्या रहेकोमा २१५ जनसंख्या जनजाती जनसंख्या बसोबास रहेको प्रायःसबैले रक्सी सेवन गर्ने गरेको अप्परतामाकोशी जलविद्युत आयोजना गरेको एक अध्यायनले देखाएको हो ।
रक्सीमै राहत सक्काउनेहरुमा भूकम्पले बेरोजगार भएकाहरु बढी  
आइतबार दिउँसो २ बजे लामाबगर स्थित अपर तामाकोशी जलविद्युत आयोजनाको कार्यालय अगाडी रक्सीले मातिएका एक स्थानीयलाइ देखाउंदै उनका छिमेकी बताउने रमिता श्रेष्ठले भनिन् ’ पहिला हाइड्रोमा जागिर थियो र तलवको पैसाले रक्सी खान पाइन्थ्यो । अहिले त भूकम्पका कारण हाइड्रोको काम बन्द भएको छ ।  रक्सी त जसरी पनि खानै पर्यो । त्यहि भएर राहतको पैसा त उसले रक्सी खाएर नै सक्काउँदैछ । ’ यसरी अपर तामाकोशीमा काम बन्द भएपछी यसरी रक्सी खानकै लागि सरकारले न्यानो कपडा किन्न दिएको पैसा सक्काउनेहरुको जमात ठुलो छ लामाबगरमा ।  
लामाबगरमै रहेको एक होटलमा भेटिएका ५१ बर्षीय कृष्ण मगर भन्छन् ’पहिला सुरुङमा काम गर्दा पैसाको अभाव थिएन । केहि समय पैसा सापट गरेर पनि खाइयो।  अहिले सरकारले दिएको १० हजारमध्ये केहि सापटको पैसा तिरियो केहि पैसाले अहिले ज्यान तताईदैछ । ’ यसरी राहतको पैसाले रक्सी खानेहरुमा पुरुषमात्र होइन महिला पनि छन् । लामाबगर(२ मै भेटिएकी ६१ बर्षीय असली तामाङले पनि यसरीनै राहतको पैसा रक्सी खाएर सकिन् । उनीसँगै रहेकी उनकी छिमेकी बताउने एक महिला भन्छिन् ’ सुरुमा त उनी बुढाले कमाएको पैसाबाट रक्सी खान्थिन्।  अहिले सरकारले राहत बापत दिएको पैसा उनको हात परेपछि उक्त पैसा रक्सीमै सकियो । ’ 
रक्सीको लत नै मुख्य समस्या :
स्थानियको रस्कीको लत नै गाउँको समस्या बनेको छ । गौरीशंखर प्राविका शिक्षक तिलक आचार्य भन्छन् ’ गाउँलेहरुको रक्सी खाने बानी एक गाउँलेको होइन पूरै गाउँकै समस्या भएको छ । चिसो ठाउँको बहानामा सबै रक्सीको नसामा यसरी फसेका छन् कि विहान देखि नै रक्सीले मातिएका मानिसहरु बाटोमा भेटिन थाल्छन् ।  अझ बेलुका त सबैजसो स्थानीयको दैनिकी नै रक्सीमय हुन्छ । सरकारले पैसाको ठाउँमा कपडा नै दिएको भए हुन्थ्यो।  पैसा त सबैजसोले रक्सीनै खाएर सकेका छन् । ’ यसबारे अन्य गाउँलेको तर्क पनि उस्तै छ । लामबगर गाबिसमा भेटिएका एक सुरक्षाकर्मी भन्छन् ’ यहाँ त मानिसले रक्सी भन्दापनि रक्सीले मानिस खाइसकेको छ । यो समस्याको तत्काल समाधान देखिंदैन । ’
बालबालिका मारमा : 
सरकारले न्यानो कपडा वापत भनेर दिएको रकम होस् वा राहतका नाममा आएको कुनै पनि पैसा, आफ्ना अभिभावकहरुले जाँड रक्सीमै सक्काएपछि लामाबगरका बालबालिकाहरु भने मारमा परेका छन् । स्थानीय समाजसेवी पेम्बा छिरिङ शेर्पा भन्छन् ’ जाडोमा न्यानो कपडा नपाएर बालबालिकामाथि अन्याय भएको छ । आएको अरु रकम पनि अभिवावकले रक्सीमा सकाउंदा बालबालिकालाइ गाह्रो परेको छ ।  उनका अनुसार , त्यहाँ गाउँभर मतुवाली जातीको बस्ती भएको रक्सी खाने भनेको सामान्य जस्तै हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: