
- कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम
काठमाडौँ- दशैंको मुखमा काठमाडौँको मित्रपार्क, जयबागेश्वरी नजिक द टेष्टी फुडल्याण्डको शुभारम्भ भएको छ । आइतबार एक विशेष कार्यक्रमका बीच उक्त फाष्ट फुडको उद्घाटन भएको हो । यसअघि पनि काठमाडौँका विभिन्न स्थानमा फाष्ट फुड व्यवसाय गरीसकेका उद्यमीहरुको समुहले उक्त फाष्ट फुड संचालनमा ल्याएको हो ।
फाष्ट फुडका प्रबन्धक रमेश कसीका अनुसार फाष्ट फुडमा नेपाली, कन्टिनेन्टल लगायतका खानाको मज्जा लिन सकिनेछ भने बारको पनि व्यवस्था छ । साथै उक्त फाष्टफुडमा सेमिनार लगायतका कार्यक्रम गर्नका लागि १५० बढी क्षमताको सेमिनार हल पनि रहेको केसीको भनाइ छ ।
‘हामी काठमाडौँका विभिन्न स्थानमा रेष्टुरेन्ट व्यवसाय गरिरहेका साथीहरुको समूह भएकाले हामी हामीले दिने गुणस्तरमा केहि पनि सम्झौता गर्दैनौं । ‘ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै प्रब न्धक केसी अगाडी भन्छन्, ‘पार्कीङको राम्रो व्यवस्था सहित ग्राहकलाइ सन्तुष्टी दिने हाम्रो प्रमुख लक्ष्य हो । ‘
उद्घाटन कार्यक्रममा आइतबार उक्त रेष्टुरेन्टमा विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।