Skip to content
LAXMI SUNRISE BANK

नेपाल सरकार अन्तर्गत गठित कार्यदलमा चार्टड एकाउन्टेन्ट दीपक पाण्डे नियुक्त !

अर्थ सरोकार


  • अर्थ सिए सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल सरकार अन्तर्गत गठित कार्यदलमा  चार्टड एकाउन्टेन्ट नियुक्त भएका छन्  । उक्त कार्यदलमा  सिए दीपक पाण्डे नियुक्त भएका हुन्  ।

विद्यमान खानी अन्वेषण विकास एवं भौगर्विक अद्ययायन अनुसन्धान कार्यलाई समसामयिक सुधार गरी थप व्यवस्थित एवम् नतिजामूलक रुपमा सन्चालन गर्न गराउन अवलम्बन गरिनु पर्ने प्रक्रियाका सम्बन्धमा स्थलगत अध्ययन र अनुगमन गरी प्रचलित खानी सम्बन्धि ऐन नियम एवं नीतिमा समसामयिक सुधार गर्न राय सुझाव पेश गर्नेगरी मन्त्रीस्तरीय नेपाल सरकारको २०७२-६-१४ को निर्णय अनुसार गठन गरिएको कार्यदलमा सिए दीपक पाण्डे नियुक्त भएका हुन्  ।
नियुक्त भएका तीन सदश्यमध्ये एक दीपक पाण्डे हुन् । नेपाल सरकार अन्तर्गत खानी तथा भुगर्व विभागद्वारा गठित यो कार्यदलमा पहिलो पटक चार्टड एकाउन्टेन्ट नियुक्त भएका हुन्  ।
सिए पाण्डेका अनुसार उक्त कार्यदल विद्यमान खानी अन्वेषण विकास एवं भौगर्विक अद्ययायन अनुसन्धान कार्यलाई समसामयिक सुधार गरी थप व्यवस्थित एवम् नतिजामूलक रुपमा सन्चालन गर्न गराउन अवलम्बन गरिनु पर्ने प्रक्रियाका सम्बन्धमा स्थलगत अध्ययन र अनुगमन गरी प्रचलित खानी सम्बन्धि ऐन नियम एवं नीतिमा समसामयिक सुधार गर्न राय सुझाव पेश गर्नेगरी गठन भएको हो ।

खानी तथा भुगर्व सम्बन्धि आवश्यक कानुनको सुधार लगायतका प्रतिवेदन तथा सुझाव उद्योगमन्त्रीलाइ दिने कार्यदलमा नियुक्त भएका सिए दीपक पाण्डेलाई सफल कार्यकालको शुभकामना !
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK