
- अर्थ सरोकार सम्बाददाता
इलाम – इलामको माइखोलामा यात्रुबाहक डुंगा दुर्घटना हुँदा पनि प्रशाशनले खास काम कारवाही अगाडी नबढाएको गुनासो आएको छ । यति ठूलो दूर्घटना हुँदा पनि इलामको जिल्ला प्रशासनलाई थाहा नभएको र सीडीओ लगायत अन्य कर्मचारीहरु दशैं मनाउनमै व्यस्त भएको भन्दै व्यापक जना गुनासो आएको छ ।
यता इलामका प्रमुख जिल्ला अधिकारीले भने बर्षाका कारण पुरै जिल्लाको जनजीवन अस्तव्यस्त भएको र घटनास्थलसम्म पुग्न समस्या भएको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘हालसम्म ५ जनाको मृत्यु भएको प्रहरीको प्सुष्टि छ भने करिव ८ जनाको मृत्यु भएको भन्ने कुरा बाहिर आएको छ । म पनि दुर्घटनास्थल पुग्दैछु । उनले प्रशाशनले हेल्चेक्र्याइं नगरेको र आफुहरुले सक्दो गरिरहेको बताएका छन् ।’
इलामको सदरमुकामबाट महमाई वा दानाबारीतिर आउन भौगोलिकरुपमा कठिन छ । त्यो ठाउँमा पुग्न इलाम सदरमुकामभन्दा झापाबाट छिटो र सहज हुन्छ ।
केहि समययता इलाममा भएको भारी बर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।
यो पनि पढ्नुहोस् :
इलामको माइधारमा डुङ्गा डुब्यो, ८ को शव फेला, ३०को जिवीतै उद्धार (अपडेट)