एजेन्सी – उरी हमला र सर्जिकल हड्तालपछि भारत र पाकिस्तानबीच सीमा रेखामा अशान्ति आतंक सिर्जना भएको छ । त्यसपछि जम्मु, कश्मिरमा पनि दुई राष्ट्रबीच आतंकका श्रृखंला देखिरहेको छ । आतंकमा दुवै पक्षका सेनाहरु मारिएका पनि छन् । तर यस आतंकले उग्र रुप लियो भने दुई देशको लडाईले के असर गर्न सक्छ भन्ने बारे आज चर्चा गर्दै छौँ । जसलाई सोच्दा मात्र पनि निकै भयानक देखिन्छ ।
यो दुवै देशसँग आणविक हतियारको भंडारगृह छ । त्यसैले यदि यो अशान्तिले सीमापार गरे दुवै देशको आम्नेसाम्ने आणविकबाट हुन पुग्छ, त्यसपछि यी दुई देशमात्र होइन तर सारा संसारले यसको खराब र आमूल अवस्थाको प्रतिफल भाग्नु पर्ने छ । संयुक्त राष्ट्र संघले समस्याको हल छलफल गरेर निकाल्न चाहन्छ तर यी देशहरु एक अर्कालाई आफ्नै तरिकाले उत्तर दिन चाहन्छन् । भारतसँग १९७० देखि नै आणविक मिसाइल रहेपनि कार्गिल युद्धमा प्रयोग भने गरेको थिएन ।
तर पाकिस्तानसँग भने १९९९ सालमा कार्गिल युद्धपछि मात्र आणविक हतियारहरु रह्यो । त्यसैले पाकिस्तानले भारतमा आणविक मिसाइलको विस्फोट गराउन सक्छ । पाकिस्तानका एक राजनीतिक नेताले भनेका छन्,‘हामीले आणविक हतियारहरु प्रदर्शनको लागि मात्र राखेका होइनौँ, समयआए यसको प्रयोग गर्ने छौँ ।’ यी शब्दहरूले इन्धनमा आगो थपेको जस्तो भएको छ जसले भारत र पाकिस्तानबीच आणविक युद्ध निम्त्याउन सक्छ ।
आणविक हतियारमा कुन राष्ट्र शक्तिशाली छ रु भारत वा पाकिस्तान :-
भारतसँग लगभग ११०–१२० आणविक हतियार छ र पाकिस्तानसँग लगभग १३० आणविक हतियार छ । यस्तै पाकिस्तानसँग १७० किलो प्लुटोनियम र ३।५ टन शुद्ध युरानियम छ भने भारतसँग ६०० किलोग्राम प्लुटोनियम र १ टन शुद्ध युरेनियम रहेकोछ । यस्तै पाकिस्तानसँग ४ वटा आणविक रिएक्ट्र्स छ भने भारतसँग मात्र एक रिएक्टर छ । यदि यी दुई राष्ट्रबीच युद्ध भइहालेमा पाकिस्तानले २४० वटा आणविक मिसाइल तयार पार्न सक्छ भने भारतले केवल १४० वटा तयार पार्न सक्छ । यसमा तुलना गर्ने हो भने भारतभन्दा पाकिस्तान निकै शक्तिशाली देखिन्छ ।
अर्को दृष्टिकोणबाट हेर्ने हो भने भारत ठूलो राष्ट्र भएका कारण यी मिसाइलका आक्रमणको सामना गर्न सक्छ तर पाकिस्तान सानो राष्ट्र भएकाले छोटो समयमा यसलाई ध्वस्त गर्न सकिन्छ । यसका साथै भारतसँग पाकिस्तान भन्दा बढी लडाकु र वायुसेना रहेको छ । त्यसैले आणविक हतियारलाई छोडेर हेर्दा भने भारत पाकिस्तान भन्दा शक्तिशाली देखिन्छ ।
दुवै देशहरूको आर्थिक संकुचन हुने :-
कुनै पनि राष्ट्रले युद्धको तयारी गर्दा करोडौँको लगानी गर्नुपर्छ विशेष गरी आणविक युद्धको लागि । भारतको आर्थिक एजेन्डा पाँचौ आर्थिकले शक्तिशाली राष्ट्र भएर अघि बढिरहेको छ । जबकि, पाकिस्तान पहिले नै करोडौँको ऋणमा छ तर पहिलेको दिनभन्दा अहिले निकै राम्रो गरीरहेको छ । तर यी दुई राष्ट्र युद्ध मैदानमा आए भने दुवैलाई आर्थिक क्षेत्रमा ठूलो धक्का लाग्ने छ ।
४.५ करोड मानिसको मृत्यु :-
दुई राष्ट्रबीच युद्ध शुुरु भए पाकिस्तान र भारतको निशाना कुन क्षेत्रमा पर्ला रु पाकिस्तानले पक्कै पनि भारतको जईपुर, लखनउ, अहम्मदाबाद, पुणे, नागपुर जस्ता सहरहरुलाई निशानामा राख्ने छ जुन भारतको सबैभन्दा बढी जनसंख्या भएको ठाउँ हो । त्यस्तै भारतले भने इस्लामाबाद, लाहोर, कराँची र राभलपिन्दी जस्ता पाकिस्तानको सहरलाई निशाना बनाउने छ । त्यसैले यदी भारत र पाकिस्तान आणविक युद्धमा आए भने लगभग ४।५ करोड मानिसको मृत्यु हुने अनुमान गरिएको छ ।
संसारको आधा ओजोन तह हराउने :-
आणविक हतियारले सबैभन्दा ठूलो क्षति गर्दैन । क्षति त आणविक हतियारको विष्फोट भइसके पछि देखिन्छ । विस्फोट पछि आएको विकिरणले ओजोनको तहलाई पगालिदिनेछ र संसारलाई ढाकेको मध्ये आधा आजोन हराएर जाने अनुसन्धानले देखाएको छ । जसका कारण संसारका २५० करोड मानिसहरुले यसको प्रत्यक्ष असर भोग्नु पर्ने छ । जसमा अति बैंगनी किरण ९अल्ट्रा भायोलेट रेज्० ले गर्दा छालाको क्यान्सर देखि अन्य विभिन्न रोगहरु देखा पर्ने छ ।
मनसुन प्रभावित हुने र २०० करोड मान्छे भोकै हुने :-
आणविक हतियारको प्रभाव जलवायुमा ठूलो परिवर्तन ल्याइदिनेछ । जसका कारण कि त पानी पर्नै छोडिदिन्छ कि त पानी परेर हैरान बनाउँछ । यसका कारण कृषि क्षेत्रमा प्रत्यक्ष असर पर्नेछ जसका कारण बालीहरुमा उब्जनी हुने छैन र २०० करोड मानिस भोकमरी र कुपोषणमा पर्नेछन् ।
यी कुराहरु युद्ध भएमा हुन सक्ने तथ्यहरु हुन् । यससँगै उत्तरी ध्रुवका बरफ पग्लिने छ र समुद्रस्तर बढ्नेछ । यसका साथै पृथ्वीको तापमान १ डिग्रीले वृद्धि हुनेछ जसका कारण गम्भीर चुनौतीहरु आउने छन् ।
जापानलाई आणविक आक्रमणबाट पुनः स्थिरतामा आउन वर्षौँ लाग्यो । अझै पनि हिरोसिमा र नागासाकिका मानिसहरुले किरणबाट भएको समस्याहरु झेलिरहेका छन् । त्यसैले यी दुई राष्ट्रबीच आणविक युद्ध भए संसारले डरलाग्दो रुप लिने देखिन्छ । तर पनि दुई राष्ट्रबीचको समस्या सामान्य रुपमा सकियोस् र आणविक युद्धसम्म नजाओस् भनेर आशा राख्न बाहेक केही गर्न सकिन्न ।