×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उसँग भूकम्पको त्यो रात : म आमाको खोक्रो जवानी सम्झेर रोहिरहें…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उसँग भूकम्पको त्यो रात : म आमाको खोक्रो जवानी सम्झेर रोहिरहें…!

Artha Sarokar

२० कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: ८ मिनेटभन्दा कम

‘र त उसलाई बिर्सिन सक्दिन आज पनि । त्यो मध्यान्ह, ठिक ११ बजेर ५६ मिनेट । जव भूकम्पको ठूलो धक्काले देश हान्यो, स्वाभाविक रुपमा म पनि अत्तालिएं ।’
‘जीवनमा सबैभन्दा बढी कसको माया लाग्दो रहेछ भनेर बुझें त्यो दिन । भूकम्पको धक्कासँगै मनले पहिला उही प्रतिकलाई सम्झ्यो । फोन गर्न मन गरें, लागेन । त्यसपछि मामुलाई सम्झें । फोन गरें, फेरी लागेन । भाइ काकासँगै छ, पक्कै सुरक्षित छ होला भन्ने ठानें । तर पनि के सोच्दो हो भाइले भनेर फोन गर्न खोजें, लागेन ।’
‘एकासी उहि प्रतिकको फोन आयो ।
‘कता हो ? छिटो भेट मलाइ । ठिक त छौ नि ?’
उसले बोलेको यहि शब्द लाख थियो मेरा लागि । मनले कता- कता सोच्यो, ‘यहि शहरमा बसेको मेरो काका र काकासँगै भएको मेरो भाइले पहिलो पटक यहि कुरा सोधीदिएको भए कति जाति हुन्थ्यो । आफ्नोपनको थोरै महसुसपनि हुन्थ्यो । तर औपचारिक नाताको काका र त्यहि काकाले दिमाग भुटेको कठै मेरो भाइ, म अल्पमतमै थिएँ उनीहरुका लागि ।’
‘साथी मन्जुले फोन गरी । 
‘कता होस् तँ ?’ 
मन फेरी अमिलो भयो । 
मैले बेलाबेला जति नराम्रो सोचेपनि मलाइ दुखमा साथ दिने मन्जुनै हो । उसका पनि त परिवार छन्, माइती छ, अरु आफन्तहरु होलान्, काठमाडौँमै बसेको उसले र मैले मानेका दादाहरु छन्, र पनि मलाइ सम्झी खुसीको सीमा रहेन ।’ 
‘आखिर आमाको मन कहाँपो मान्थ्यो होला र ? फोन नलागेर तनावमा रहिछिन् मेरी मामु ! अत्तालिंदै सोध्नुभो, ‘बाबा… ठिक छेस् ?’ 
‘ठिक छु मामु ! अनि भाइलाइ फोननै लागेन हेर्नुन !’ मैले पनि अत्तालिएझैं गरेर सोधें ।
‘भाइ ठिक छ रे ! कुरा भएको थियो । तँ त्यहाँ नबस, कि काकाकोमा जानु कि घर आइजो !’
‘मेरो खुसीसँग शरीर जोडेको सानो बहानामा मलाई घरबाट निकालिदिने त्यो काकाकहाँ कसरी जाउँ ? अझ यता प्रतिकले बोलाएको छ । सबैजना सँगै बस्ने बहाना पनि हो त यो । म घर जान्न ।’ यहि सोचें ।
‘मामु !  म मन्जुकोमा हुन्छु । मेरो केहि चिन्ता लिनुपर्दैन । पर्यो भने म आउँछुनि घर ।’ मामुले ‘हुन्छ’ भन्नुभो ! पीडाको बेला आफ्ना सन्तान आफुसँग नहुनुको नमीठो ब्यथा लिएर मेरी मामु मलीन स्वरमा भन्दैहुनुहुन्थ्यो, ‘ख्याल गरेस् बाबा ।’
केहिछिनको त्यो त्रास थियो । तर जव पटक-पटक त्यहि भूकम्पका धक्काहरुले पिरोल्न थाले, तव आफ्नो भन्नु उही प्रतिकसँग भेटें । दु:ख लागेको थियो कता-कता, सोचेको थियो मनले कता-कता, ‘भाइको फोन आइदिए हुन्थ्यो । म सन्चै छु, तँ पनि राम्रोसँग बस् भनेर भन्न पाए हुन्थ्यो । काकाले खोसेको मेरो एउटा भएको भाइरुपी खुसी पनि मेरो भएन भन्ने पीर थियो कता-कता । मन यसै बसमा थिएन ।’
मन एक्कासी भक्कानियो । ‘मेरो भाइ जो बिरामी भएर काकाकहाँ गएको छ । कठै उसलाई थाहा छैन, भएकी आफ्नी एउटी दिदिलाइ त्यो काकाले कतिसम्म गरेको छ भनेर । यो संसारमा पहिलोपटक म नराम्रो छु भनेर भन्ने मेरो पहिलो आफन्त हो उ । हुन त म सहि पनि थिइन, तर जीवनमा खोजेको थोरै खुसीका लागि भौतारिएको म, अन्जानमा बिग्रिएं होला, बाबुको नाताले एक झापड मलाइ हिर्काएर सम्झाएको भए सायद आज म यसरी पनि बिग्रन्न थिएँ होला । खै किन हो किन मन अत्तालिएको छ ।’
‘मेरो भाइ बिरामी हुँदा ख्याल राख्ने थोरै अधिकार पनि पाइन मैले । उसलाई काकाकाकीको त्यो ठाउँ नै ठूलो लाग्यो । मेरो भाइ बिरामी छ भनेर तातोपानी खुवाउने सौभाग्य पनि पाइन मैले ।’ मन रुन थाल्यो कता कता ।
‘प्रतिकले फेरि फोन गर्यो । आखिर आफ्नो भन्ने उ न थियो जीवनमा ।’ भेट्ने बाचा गरेर उतिरै लम्कियो शरीर, भाइकै फोनको प्रतीक्षामा ।
‘किन हो किन आज आफ़्नो भाइको खुब याद आइरहेछ । भाइले फोन गरेन भन्दा पनि कतै काकाले नगर पो भन्यो कि भन्ने पाप पलायो मनमा । केहिछिन पछी अरु केहिले फोन गरे । मसँग बिगतमा रात बिताएका, केहि पल बिताएका फेसबुकमा च्याट गरेकादेखि सबैले फोन गरे, तर अहँ…भाइको फोन आउने आश आशमै सिमित भयो ।’
प्रतिककहाँ गएँ । उसलाई केहिबेर निरन्तर अँगालो मारिरहें । त्यो फगत बाहाना थियो । उसलाई फेरिपनि म तेरै हुँ भनेर विश्वाश दिलाउनु थियो । मेरो बिगतबारे केहि थाहा पो पायो कि भन्ने डर भएको मन, अनि त्यहि मनबाट सञ्चालित यो तन, उसलाई सार्है मीठोसँग अँगालो मारें । चुम्बन गरें । उसले आत्मियता दियो । साथ पनि ।
सबै बाहिर थिए । घरभित्र जाने आँट कसैको पनि थिएन । भूकम्पका धक्काहरु निरन्तर आइनै रहेका थिए ।
बल्लबल्ल फोन आयो मेरो भाइको । उनीहरु मलाइ खोज्न आएका छन् रे !’ काका र भाइले मलाइ खुब खोजेरे, फोन लागेन रे ! यस्तै यस्तै सबै बहानाहरु फिक्का लाग्दै थिए ।
काकाकहाँ जानुपर्ने भयो । मन मानेकै थिएन । त्यहि काका जोसँग ठूलो बदला लिन्छु भनेर हिंडेको छु, मलाइ चितवन सरुवा भयो भनेर सरेको त्यो घर, अनि मेरै भएको एउटा भाइरुपी खुसी खोसिएको त्यो ठाउँ कसरी बसुँ !
‘म घर जान्छु । यहि नै ठिक सोचें ।’ 
‘भाइ म घर जान्छु, मलाइ भाडा दे न ! मसँग पैसा भएन ।’ भाइलाई भनें ।
‘मसँग पनि छैन !’ उसले जवाफ दियो ।
मन फेरी कुंडियो । कारण भाइसँग पैसा थिएन होइन, भाइ काकाकहाँनै काम गर्ने, आज भूकम्पको त्रासले घर जान लागेकी दिदीका लागि खर्च छैन । र उ त्यहि ठाउँलाइ सर्वस्व ठानेर बसेको छ । आखीर अभावले न हो सबैथोक बिग्रिने । रक्सीले सबैकुरा सक्काउने भो जस्तो नलागेको भए मेरी आमा बाबालाई छोडेर काठमाडौँ आउने थिइन, मामु यता नआएको भए बाबा झन् रक्सीमा डुब्ने थिएनन्, घर भाँडीने थिएन,  सबै कुरा ठिक हुने थियो । आज पनि बाबा हुन्थे । र यो पल हामी बाबासँगै हुन्थ्यौं । काकाले मेरा भाइलाइ पनि बिगार्ने भए ।’ मनमा चसक्क चीसो पस्यो ।
‘काकीसँग त्यस्तो रिस थिएन । मलाइ मायानै गर्थिन् उनी पनि । काकाले जस्तो व्यवहार देखाएपनि,  घरमा कुनै पूजा हुँदा, चाडबाडमा मलाइ फोन गर्ने उही काकी नै मात्र हुन्थिन् । उनी काकीसँग पैसा मागें ।’
पैसा लिएर डेरा फर्कंदै के थिएँ प्रतिकले फोन गर्यो ।
‘कता हो ?’ उसले सोध्यो ।
‘घर जान लागेको ।’
‘स्वार्थी छ है यो शहर ! यस्तो त्रासका बेला तँसँग थोरै पलहरु बिताउने मन मेरो पनि थियो होला नि !’ उसले कति मायालु पाराले भन्यो त्यो दिन ।
म पग्लिएं, जसरी पग्लिन्थें जहिलेपनि उसँग । 
त्यसपछि साथी मन्जुकहाँ बसेको छु भनेर मेरै प्रतिकसँग बस्न थालें ।
‘बाहिर बस्यो, फोटो खिच्यो, फेसबुकमा काका, भाइ वा आफन्तले हेर्न नमिल्ने बनाएर हाल्यो । भूकम्पको त्रासदी रमाइलोमै बित्दै थियो ।’
जवानको उ र जवानीकि म, त्यसमाथि लत लागेको म र मौका खोजिरहेको उ, भूकम्पको त्रास भन्दापनि हामी दुबैलाई अरु केहि चाहिएको थियो ।
उसले कोठाभित्रै बस्ने अफर गर्यो । हुन्न भन्ने कारण नै थिएन । मर्नुछ भने मरिनै हालिन्छ । के भयो र ?’
आज एकाएक बल्झिएका पीडाहरु शान्त बनाउनु थियो । काकासँग रिस उठेको छ, भाइको माया त लागेको छ तर किन हो किन उ खोसीएको भान भएको छ ।  आज नै बाबाको यादले सताएको छ । अनि आफ्नो भन्ने त यो संसारमा मेरी आमा र उही प्रतिक त रहेछ नि !’ भन्ने आभास भएको छ ।’
रात पर्यो । मैले खाना बनाएँ उसँगै मिलेर । ठ्याक्कै बुडाबुडी जस्तै ! मैले खोजेको एउटा संसार, एउटा खुसी, भूकम्पको बहानामा उसलाई  झन् नजिक बनाएको थियो ।’
त्यो रात हामी सँगै बस्यौं ! उ खुब जिस्किरहेको थियो, ‘अव अर्को भूकम्प आउनै आट्यो है ! मिलेर ल्याउनुपर्छ ।’
‘लु भूकम्पलाइचाहिं नाजितेस्’ उसको जिस्काईमा मैले रस भरिदिएं र सुरु भयो हाम्रो शरिरको भूकम्प खेल।
थोरै मदिरा र उ, सब भूकम्पले मिलाइदिएको समय र बहाना… । अनि उसको मीठो चुम्बनसँगै उसको भूकम्प नचाखेको केहि दिनको कठोर प्रतीक्षा  । उ मातिएर अघि सर्यो, म मातिएरै साथ दिएँ ।
खुब पावरफूल थियो उ । अझ थोरै रेडबुल र रक्सी मिसाएर खाएपछि उसले जवानी यसरी पोख्थ्यो, त्यो ६ रेक्टरको भूकम्पभन्दा कम थिएन, हुन्नथियो । र उ रोकिन्नथियो त्यसैगरी ।
‘आयो… आयो !’ कोलाहल मच्चियो । त्यो उसको धक्कासँगै भूकम्पको अर्को धक्काले पलङ हल्लायो । म डराएँ । तर उसको धक्का रोकिएन । मैले उसलाई इसारा गरें, उठ्न खोजें ।अहँ उ मन्द मदिरामा मातिएर अघि बढिरह्यो ।  मामुलाई फोन गर्न खोजें, उ रोकिएन, मामुको खुब याद आयो ! आज आफ्नो भन्नु को नै छ र ? उहि मामु भाइ र प्रतिक न हो । प्रतिक मसँगैछ, भाइ मेरो खुसी खोस्ने मान्छेहरुसँग सुरक्षित छ सायद ।
‘छोड त एक पटक मामुलाई फोन गर्छु ।’ मैले भनें ।
‘एकछिनमा गरे हुन्न ।’ ? उसले मातिएकै सुरमा भन्यो ।
‘तँ बोकालाई ठोक्न पाए हुन्छ होइन ? मैले उठ्ने प्रयास गरें उसले दिक्क मानेरै छोड्यो ।
मामुलाई फोन गरें लागेन । पटक पटक गरें, तर लागेन ।
‘अहिले ठ्याक्कै फोन लाग्दैन । म छु नि ! किन चिन्ता लिएको ?’ मेरा स्तनहरु खेलाउंदै उसले खुब मायालु पाराले भन्यो ।’
‘हुन्छ ! एकछिनमा गरौंला ! ल गर ! मैले इसारा गरें ।
उसको धक्कासंगै आमाको याद झनै बल्झियो । किन हो किन थाहा छैन । आँखाबाट आँसु बग्न थाले अनायासै । मधुर प्रकाशमा मेरो र उसको अनुहार अलिअलि देखिन्थ्यो ।
‘ओइ, आशुनै पो आयो त ! दुख्यो हो ?’ उसले सोध्यो ।
‘अलिअलि… मैले जवाफ दिएँ ।’
‘साला…यी बोकाहरू बुझ्दैनन्,  शरीर होइन मन दुखेको छ बेस्सरी !’ एक्कासी रिस उठेपनि केहि बोलिन ।
फोनको घन्टी बज्यो, अचानक !
‘ए… ए.. पख… पख…! मामु !
‘एकछिन ! पख न भन्या !’  उसले नसुनेजस्तो गरेपछि मैले बेजोडले इसारा गरें ।’
मैले उसलाई ओछ्यानको अर्को साइडमा पल्टाईदिएँ ।’ 
फोन उठाएर बोलें, ”मामु म ठिक छु है ! चिन्ता लिनु पर्दैन । मन्जु र म सँगै छौं ।’
‘ ए ल ल ! भुँइचालो त कति ठूलो आएको । त्यहि भएर सम्झें अनि कहिले आउँछेस् गाउँ !’ आमा बोलिन् ।
‘मामु म यहाँ मन्जुकहाँ सुरक्षित छु ! उसले नजा भनेकी छे । म पछी आउंछुनि है ! भाइ र काकाले सोधे केहि नभन्नु फेरी भाइले नराम्रो सोच्छ ।’ मामु बुझ्ने थिइन्, बुझिहालिन् ।’
‘सक्यो फोन ?’ उसले कर्के नजर लगाएर भन्यो ।
‘सक्यो बोका ! थाल ! मैले मायाले झापारें !
उ पनि मुस्कान सहित अगाडी बढ्यो ।
यस्तो बेला आफन्तले साथ दिने हो । किन किन मनले मामुलाईनै सम्झिरह्यो । म प्रतिकसँग भएजस्तै मामुलाई पनि त यसरी नै बाबासँग बस्ने मन हुँदो हो । शरीरको प्यास हुँदो हो । यसैगरी धक्काहरुमा रमाएर जीवन जिउने चाहाना हुँदो हो ।’ किन किन आज फेरी बाबालाई सम्झिएँ ।
आफुमाथि चढेको प्रकाशको हाउभाउ हेर्दै सोचें, ‘मैले पाएको आनन्दजस्तै मामुको पनि त चाहाना हुँदो हो । उनी पनि त एक महिला, जसलाई प्रकृतिले दिएको यो मिठो उपहारको मज्जा लिन मन लाग्दो हो ।’ आज किन किन बिरलै छोरीहरुले सोच्ने कुरा सोच आयो ।’
‘मामुको अर्को विवाह हुने कुरा पनि चलेको थियो । हाम्रै लागि उहाँले बिहे गर्नुभएन । हाम्रालागि भनेर सबथोक त्याग्नुभो ! तर आज यस्तो बेला छोरी घर आउँछे कि भनेर कुर्दापनि मलाइ प्रतिकसँगको जवानी बढी प्यारो लाग्यो । एक्कासी आफुसँग पनि रिस उठ्यो । तर विकल्प थिएन । 
एक्कासी फोन फेरी बज्यो ।
‘यी सासुमालाइ छोरीको कति पीर लागेको हो के !’ उसले मातिएकै सुरमा बोल्यो । मैले पनि मामु भनेर उठाएँ ।’
‘ओइ कता हो ?’ 
त्यो स्वर सुन्ने बितिकै मैले फोन काटें । जसको आवाज अर्को भूकम्पभन्दा कम थिएन ।
‘को हो ?’ प्रतिकले सोध्यो ।
‘भाइ ! मैले ढाँटे ।
‘होइन भाइ ! उसले केहि रिसाएर बोल्यो ।’
फोन थुत्यो र नम्बर डायल गर्यो । 
म डरले लुगलुग कामीरहेको थिएँ ।
सम्झें, प्रतिकसँग आज नै यो अन्तिम रात हुनेछ मेरो…। अव सकियो जिन्दगी… भएको एउटा खुसी’

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी