
काठमाडौं – बजारमा बिक्री हुने अधिकांश खाद्य तथा पेयपदार्थमा उच्च मिसावट हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुसन्धानले खाद्यान्न, पानी, तेल, घिउ र दुग्धजन्य पदार्थमा मिसावट बढी हुने गरेको देखाएको हो ।बजारमा व्यवसायीले नाफा कमाउने नाममा उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पर्ने दूषित उत्पादन बिक्री गरेको अध्यनले देखाएको छ ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मदन चापागार्इंले खानेपानी, दुग्धजन्य पदार्थ, तेल, घिउ, खाद्यान्नमा बढी मिसावट पाइएको जानकारी दिए । “बजारमा बढीमात्रामा खाद्यान्न तथा पेयपदार्थमा मिसावट हुन्छ,” उनले भने, “चार महिनामा दूषित उत्पादन गर्ने २२ उद्योगलाई कारबाही गरिएको छ ।” दूषित खाद्यान्न तथा पेयपदार्थको उपभोगले स्वास्थ्यमा झाडापखाला, आउ, जन्डिस, अल्सरदेखि क्यान्सरसमेत हुन सक्ने उनको भनाइ छ ।
विभागका अनुसार प्रशोधित खानेपानीमा पीएच९अम्लियपन०को मात्रा घटबढ, हानिकारक सूक्ष्म जीवाणु, प्रशोधन नगरिकन वितरण गर्ने जस्ता समस्या देखिने गरेको छ । पानीमा पीएचको मात्रा ०।५ देखि ०।८ भन्दा घटबढ हुन नहुने मापदण्ड भए पनि बजारमा वितरण हुने अधिकांश ब्रान्डको पानी धेरै समस्या देखिएको छ ।
विभागको अनुसन्धानले शुद्ध दूधमा कोलिफर्मको मात्रा धेरै, कास्टिक सोडा प्रयोग र एसएनएफको मात्रा कम देखाएको छ ।विभागका अनुसारमा दूधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत र एसएनएफ ९चिल्लो बाहेकको दूधमा ठोस पदार्थ०कोमात्र आठ प्रतिशत हुनुपर्ने मापदण्डअनुरूप नभएको विभागको अनुसन्धानले देखाएको छ । दूधमा कोलिफर्म फोहोर, दिसा–पिसाब गाईवस्तुको मलमुत्र, फोहोर पानीको प्रयोगले देखिन्छ ।
दूधमा कोलिफर्मको मात्रा शून्य हुनुपर्ने मापदण्ड भए पनि २५ प्रतिशतसम्म पाइएको छ । कास्टिक सोडा मिसाएको दूध उपभोग गर्दा अल्सरदेखि क्यान्सरसम्म हुने गरेको खाद्य विज्ञको भनाइ छ ।विभागका अनुसार खानेतोरीको तेलमा अन्य कमसल तेल मिसाउने, पुरानो कच्चा पदार्थको प्रयोगले एसिड भ्यालु बढी हुन्छ ।
यस्तै, गाईभैंसीको घिउमा वनस्पति र पाम ओइल मिसाइने गरेको छ । दालमा हानिकारक रंग मिसाउने, चामलमा ढुंगा, खुर्सानीको धुलोमा काठको धुलो, बेसारमा पिठो, मसलाको धुलोमा काठको धुलोसँगै तेल निकालेर न्यून गुणस्तर बनाएर व्यापारीले वितरण गर्ने गरेका छन् । यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्