×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्ततः ‘दुर्गाप्रसाद’ नै हुने भयो बजार, नेप्से १२०० को लाइनमा, अव के हुन्छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अन्ततः ‘दुर्गाप्रसाद’ नै हुने भयो बजार, नेप्से १२०० को लाइनमा, अव के हुन्छ ?

१८ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाली पूँजी बजारमा फेरी पहिरो जाने क्रम जारी छ । आज पनि पुन: बजारमा पहिरो गएर नेपाली पूँजी बजार १२०० को लाइनमा आएको छ । एक पटक ओरालो लागेको बजार पुन उकालो लागेको छ भने फेरी ओरालो लागेको छ ।  पछिल्लो समय तरलता अभाव लगायतका विभिन्न कारणहरुले बजार घट्ने क्रम जारी छ । यसैबीच लगानीकर्ताहरु झरेको बजारबाट निकै चिन्तित भएका छन् ।   

केहि समयअघि नेपाली बजार १२०० को हाराहारीमा आउने भविष्यवाणी कहिले गरेका थिए । अन्तत : बजारले पनि त्यस्तै संकेत देखाएको छ । बजारमा निरन्तर पहिरो गइरहेको छ भने बजार यसरी घट्नु नियोजित भएको आरोप समेत लागिरहेको छ ।  
बजारमा आएको यो पहिरोसंगै लागीकर्ताहरु चिन्तित बनीरहेका बेला केहि लगानीकर्ताहरु भने अझै बजार घट्ने दावी गरिरहेका छन् । यसअघि बजार १२०० मा आउँछ भन्ने भनाइका कारण विवादमा आएका दुर्गा प्रसाद काफ्ले बजार अझै घट्ने दावी गर्छन् ।
यता केहि लगानीकर्ताहरु भने यसरी धेरै दिन बजार नघट्ने र अवको केहि समयमा बजार बढ्ने दावी गर्छन् । अधिकांस लगानीकर्ता भने नियामक निकायलाई दोष दिइरहेका छन् । नेप्से र धीतोपत्र बोर्डको आन्तरीक झगडाका कारण बजारमा असर परेको समेत उनीहरुको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: