×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेबोनभित्रै यस्तो ‘खतरनाक’ तयारी ! बजार घट्नुको अर्को भित्री कारण यस्तो पनि पो रहेछ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेबोनभित्रै यस्तो ‘खतरनाक’ तयारी ! बजार घट्नुको अर्को भित्री कारण यस्तो पनि पो रहेछ

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – केहि समयअघि छानविन गर्ने भनिएपनि पछी लगानीकर्ताको चर्को दवावपछी फिर्ता लिइएको कालो धन छानविन गर्ने विषय फेरी बल्झिने संकेत देखिएको छ । नेपाल धीतोपत्र बोर्ड स्रोतले दिएको जानकारी अनुसार कालो धनको पुन: छानविन गर्ने तयारीमा नेपाल धीतोपत्र बोर्ड लागि परेको छ । केहि समयअघि कालो धनको छानविन गरीछाड्ने भनी कस्सीएको धितोपत्र बोर्ड पछी लगानीकर्ताको चर्को दवावपछी पछी हटेको थियो । यसले धीतोपत्र बोर्डमाथि नै औंला उठेको भन्दै बोर्डले आन्तरिक रुपमा यसको तयारी गरिरहेको स्रोतको दावी छ ।  
धीतोपत्र बोर्ड स्रोतबाटै यस्तो सुचना चुहिएपछी यस्तो सुचना सहि ठहरिएको खण्डमा यसले बजारलाइ सीधा असर गर्ने देखिएको छ । धीतोपत्र बोर्डको यस्तो तयारीबारे सुइँको पाएपछि केहि लगानीकर्ताहरु अर्थमंत्रीसम्मलाई गुहार्न पुगेको बुझिएको छ भने, केहि लगानीकर्ताहरु सेवोनमा दवाव दिन थालेको बुझिएको छ । यसबारे नेपाल धीतोपत्र बोर्डका जिम्मेवार व्यक्तिहरु भने मौन छन् । 
बजार घटिरहेका बेला चुहिएको यस्तो सुचनाले बजार अझै घटाउने संकेत देखिएको छ भने, पूँजी बजारलाइ घटाउन कुन हदसम्मको भित्री तयारी छ र को-को लागेका छन् भन्ने पनि छताछुल्ल भएको केहि लगानीकर्ताहरुको आरोप छ भने केहि लगानीकर्ताहरु भने धीतोपत्र बोर्डले कालो धनको छानविन गरे बजार झन् बलियो हुने प्रतिक्रिया दिइरहेका छन् । यसैबीच केहि समयअघि धीतोपत्र बोर्डको क्षेत्राधिकारभित्र कालो धन छानविन गर्ने विषय नपर्ने भन्दै यसको विरोध भएको थियो ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: