
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – केहि समयअघि छानविन गर्ने भनिएपनि पछी लगानीकर्ताको चर्को दवावपछी फिर्ता लिइएको कालो धन छानविन गर्ने विषय फेरी बल्झिने संकेत देखिएको छ । नेपाल धीतोपत्र बोर्ड स्रोतले दिएको जानकारी अनुसार कालो धनको पुन: छानविन गर्ने तयारीमा नेपाल धीतोपत्र बोर्ड लागि परेको छ । केहि समयअघि कालो धनको छानविन गरीछाड्ने भनी कस्सीएको धितोपत्र बोर्ड पछी लगानीकर्ताको चर्को दवावपछी पछी हटेको थियो । यसले धीतोपत्र बोर्डमाथि नै औंला उठेको भन्दै बोर्डले आन्तरिक रुपमा यसको तयारी गरिरहेको स्रोतको दावी छ ।
धीतोपत्र बोर्ड स्रोतबाटै यस्तो सुचना चुहिएपछी यस्तो सुचना सहि ठहरिएको खण्डमा यसले बजारलाइ सीधा असर गर्ने देखिएको छ । धीतोपत्र बोर्डको यस्तो तयारीबारे सुइँको पाएपछि केहि लगानीकर्ताहरु अर्थमंत्रीसम्मलाई गुहार्न पुगेको बुझिएको छ भने, केहि लगानीकर्ताहरु सेवोनमा दवाव दिन थालेको बुझिएको छ । यसबारे नेपाल धीतोपत्र बोर्डका जिम्मेवार व्यक्तिहरु भने मौन छन् ।
बजार घटिरहेका बेला चुहिएको यस्तो सुचनाले बजार अझै घटाउने संकेत देखिएको छ भने, पूँजी बजारलाइ घटाउन कुन हदसम्मको भित्री तयारी छ र को-को लागेका छन् भन्ने पनि छताछुल्ल भएको केहि लगानीकर्ताहरुको आरोप छ भने केहि लगानीकर्ताहरु भने धीतोपत्र बोर्डले कालो धनको छानविन गरे बजार झन् बलियो हुने प्रतिक्रिया दिइरहेका छन् । यसैबीच केहि समयअघि धीतोपत्र बोर्डको क्षेत्राधिकारभित्र कालो धन छानविन गर्ने विषय नपर्ने भन्दै यसको विरोध भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्