
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले द्वन्द्वकालमा भएको गम्भीर प्रकृतिको घटनामा दोषी पाइएकाहरुलाई कारबाही गरिन् बताएका छन्। द्वन्द्वको फाइदा लिँदै गरिएको जघन्य प्रकारको अपराधको छुट नहुने भन्दै गुरुङले ढिलो चाँडो अपराधीहरु कारबाहीको दायरामा आउने बताए।
स्थानीय शान्ति समिति हेटौंडाले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष गुरुङले राज्य पक्षबाट भएका घटना छानबिन गर्न सहज भएपनि बिद्रोही पक्षबाट भएका घटनाहरु छानबिन गर्न समस्या भएको बताए। आफूहरु घटनाको भित्री पाटोसम्म प्रवेश गरि मेलमिलाप गर्ने पक्षमा भएको बताउँदै उनले यो काममा दलका नेताहरुको सहयोग आवश्यक पर्ने बताए।
हाल सबै दलका नेताहरु गम्भीर प्रकृतिका दोषीहरुलाई कारवाही गर्नुपर्छ भन्ने विषयमा सकारात्मक रहेको बताउँदै गुरुङले आवश्यक्ता पर्दा तत्कालिन सरकार पक्षका नेता तथा विद्रोही नेताले नेपाली नागरिकसँग माफी माग्नुपर्ने बताए। आफूहरु कारबाही गर्ने निकाय नभएकोले घटनाको निष्पक्ष छानबिन गर्ने र सरकारलाई प्रतिवेदन बुझाउने काममा क्रियाशील रहने उनको भनाई छ।
कार्यक्रमको अवसरमा आयोगले हालसम्म सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा ५८ हजार २५ उजुरी परेको जानकारी गराइएको थियो। आयोगले अबको केही दिन भित्रमा सातै वटा प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गर्ने र प्रदेश नम्बर ३ को कार्यालय हेटौँडामा रहने समेत जानकारी दिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्