×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

द्वन्द्वकालमा गम्भीर अपराधिक कृयाकलापमा संलग्नलाई छुट हुँदैन अध्यक्ष गुरुङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

द्वन्द्वकालमा गम्भीर अपराधिक कृयाकलापमा संलग्नलाई छुट हुँदैन अध्यक्ष गुरुङ

४ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ  – सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले द्वन्द्वकालमा भएको गम्भीर प्रकृतिको घटनामा दोषी पाइएकाहरुलाई कारबाही गरिन् बताएका छन्। द्वन्द्वको फाइदा लिँदै गरिएको जघन्य प्रकारको अपराधको छुट नहुने भन्दै गुरुङले ढिलो चाँडो अपराधीहरु कारबाहीको दायरामा आउने बताए। 
स्थानीय शान्ति समिति हेटौंडाले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष गुरुङले राज्य पक्षबाट भएका घटना छानबिन गर्न सहज भएपनि बिद्रोही पक्षबाट भएका घटनाहरु छानबिन गर्न समस्या भएको बताए। आफूहरु घटनाको भित्री पाटोसम्म प्रवेश गरि मेलमिलाप गर्ने पक्षमा भएको बताउँदै उनले यो काममा दलका नेताहरुको सहयोग आवश्यक पर्ने बताए। 
हाल सबै दलका नेताहरु गम्भीर प्रकृतिका दोषीहरुलाई कारवाही गर्नुपर्छ भन्ने विषयमा सकारात्मक रहेको बताउँदै गुरुङले आवश्यक्ता पर्दा तत्कालिन सरकार पक्षका नेता तथा विद्रोही नेताले नेपाली नागरिकसँग माफी माग्नुपर्ने बताए। आफूहरु कारबाही गर्ने निकाय नभएकोले घटनाको निष्पक्ष छानबिन गर्ने र सरकारलाई प्रतिवेदन बुझाउने काममा क्रियाशील रहने उनको भनाई छ।
कार्यक्रमको अवसरमा आयोगले हालसम्म सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा ५८ हजार २५ उजुरी परेको जानकारी गराइएको थियो। आयोगले अबको केही दिन भित्रमा सातै वटा प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गर्ने र प्रदेश नम्बर ३ को कार्यालय हेटौँडामा रहने समेत जानकारी दिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी