×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली पूँजी बजारको प्रवृति : बाख्राले विराउंछ, भेडाको कान काट्ने ?

  • नवराज घिमिरे : लगानीकर्ता / विश्लेषक 

नेपालको मात्र नभनौ दुनियाभरको पूँजी बजार ‘बुलिस ट्रेन्डमा रहँदा कारोबार बढ्न पुग्छ भने, वियरिस ट्रेन्डमा रहदा कारोबार रकमपनि घट्न पुग्छ । पूँजी बजार बढ्दा लगानीकर्ताले बढी लगानी गर्दा धेरै फाइदा कमाउन सकिने रहेछ भन्दै खोजीखोजीपूँजी बजारमा लगानी गर्न पुग्छन् ।
पूँजी बजार तलमाथि भइरहने भएकाले जसले माथि गएको बेलामा बेच्छ, उसले कमाउँछ, झरेका बेला बेच्नेले गुमाउँछ । साना लगानीकर्ता लगानी गर्न डराइरहेको बेला ठूला लगानीकर्ताहरुले खरिद गर्ने र साना लगानीकर्ता हौसियका बेला ठूला लगानीकर्ताले बेच्ने गर्छन् । बजार बढ्नेमा ठूला लगानीकताहरू आशावादी छन् । केही समयमै नेप्सेले पुरानो उचाइ छुने बुझाइ उनीहरूको छ । नेप्से बढे कारोबार रकमपनि भारी वृद्धि हुने गर्दछ । आखिर सत्य पनि त्यही हो । 
नेप्से नबढेको करिव ७ महिना भएकाले अब गति लिने आशामा आम लगानीकर्ता छन् । पूँजी वजार  घट्ने सिजन यो वर्ष सकिएकाले पनि पुँजी बजारमा लगानीकर्ता भित्रिन थालेका छन् । बैंकमा लगानी योग्य पूँजीको अभावको समस्या बिस्तारै सहज हुन थालेकालेपनि पुँजी बजार बढने अनुमान लगाउन सकिन्छ । आगामी फाल्गुण २२ गतेभित्र नेपाल लाईफ ईन्स्योरेन्सको FPO पनि allotment हुनुको साथै फरवार्ड कम्युनिटीको पनि IPO allotment हुने हुँदा ति दुईमा लगानी भएको झण्डै ५६ अर्व रकम मध्य ३५/४० अर्व रुपैयाँ आउने भनेकै दोस्रो बजारमा हो । 
अन्यत्र लगानीको क्षेत्र खुम्चिरहेको अवस्था छ । घर जग्गामा लगानी गर्ने जमात अहिले हातमा पैसा वोकेर पुँजी वजारमा पस्ने तरखरमा छन । विगतमा म स्वयं पनि घर जग्गाको Planner भएको कारणबाट मलाई अव लगानी केमा र कसरी गर्ने ? भनेर सोध्ने जमातको कमि छैन । मैले केही समय पहिला टेलिभिजनका विभिन्न अन्तरवार्ता  तथा अनलाईन मिडिया हरुमा भन्दै आएको कुरा अहिले मिल्दै गएको छ । पूँजी बजार भनेको एउटा यस्तो ठाऊ हो जहाँ सानो- सानो पूँजी पनि लगानी गरेर प्रतिफल लिन सकिन्छ । 
जस्तो आजको दिनमा मैले १० हजार मात्रकुनै राम्रो कम्पनी हेरेर लगानी गर्ने हो भने आजको ५ महिनामा मनग्य नाफ लिन सकिने अवस्था छ । अहिले बैंकहरुले हामी यति प्रतिशत र उति प्रतिशत व्याज दिन्छौ भन्दै पूँजी बजारका लगानीकर्ता हरुलाई उल्लु वनाउने कोशिस गरिरहेका छन् । बैंकले कुनैपनि हलतमा वढी व्याज निरन्तर दिइनै रहने होइन । जव  पूँजी बजार  बढ्न थाल्छ, बैंकले पनि व्याज दर धटाउन थाल्छन् । अनि हामी लगानीकर्ता ओल्लो घाट न पल्लो तिरका हुने छौ । सधै भरि यो अवस्था आइरहने पनि होइन । पूँजी बजार धेरै घटिसक्यो, अवका दिनमा बढ्नेनै हो । 
अन्तमा: केहि समय पहिला एकाध व्रोकरले गल्ती गरेकापनि हुन् ।  केहि व्रोकर कम्पनीहरु परिवन्दमा  समेत पर्ने गरेका नजिरहरु कैयन छन । व्रोकर हरुले T+3 Day मा राफसाफ गर्न नसके ७ दिन लाई कारोवारबाट वन्चित हुने व्यवस्था थियो । अहिले आएर त्यसलाई धितो पत्रले ३ दिनमा सिमित पारेको छ यो आफैंमा राम्रो कार्य हो । यसरी कुनै व्रोकरले जानाजान गल्ती गर्छन र तिनलाई कारवाही गर्ने नाममा तीनवाट कारोवार गर्दै आएका आम लगानीकर्ता लाई कुनै वैकल्पिक व्यवस्था नगरी कारोवारबाट वन्चित गर्नु भनेको ‘ वाख्राले विराउंछ भेडाको कान काटने जस्तो भएनर ? सम्वन्धित निकायको ध्यान आओस्जा ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: