
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा पछिल्लो समय दैनिक जसो धेरै संख्यामा पत्रकारहरु आँउदै, फर्कँदै गर्न थालेका छन् । उनीहरु अरु कामका लागि नभएर आफुले आवेदन दिएको महासंघको सदस्यता के भयो भनेर बुझ्न आइरहेका हुन् । तर शाखाले यसबारे कुनै ठोस निर्णय गर्न सकेको छैन ।
वर्षौदेखि पत्रकारिता गरिरहेका तर विभिन्न कारणले महासंघको सदस्यता लिन चासो नलिएका थुप्रै अग्रजका साथै पत्रकारिता क्षेत्रमा उत्साहपूर्ण तवरले काम गरिरहेका नवआगन्तुकहरुले समेत शाखामा आवेदन दिएकोमा ति कसैलाई पनि सदस्यताबाट बञ्चित गर्ने षड्यन्त्र शाखाकै केही पदाधिकारीहरुले गर्न थालेपछि नयाँ आवेदकहरु स्वतस्फुर्त रुपमा आक्रोशित बन्ने अवस्था आएको बताइन्छ ।
अध्यक्षकै असहयोग !
महासंघमा कुल ५ सय ५३ आवेदन परेकामा चरण चरणको छलफल र पदाधिकारीहरुको सहमतिपछि जम्मा ४ सय ४० जनलाई सदस्यता दिने कुरा टुङ्गिएको थियो । तर पछिल्लो पटक विभिन्न बहाना गर्दै कसैलाईपनि यो कार्यकालमा सदस्यता दिनुहुन्न भन्दै अध्यक्ष गोबिन्द चौलागाँइलाई असहयोग गर्दै हिँडेको पत्रकार महासंघकै कतिपय पदाधिकारीहरुको आरोप छ ।
अहिले विवाद भएकाले सदस्यता रोक्ने भन्दै केन्द्रदेखि विभिन्न व्यत्तिहरुसंग लबिङ गर्दै हिँडेका उनी आफु निर्वाचनमा उठ्ने र जितेपछि मनखुसी ढंगले एकतर्फी सदस्यता बाँड्न पाइन्छ भन्ने दाउले ‘पछिल्लो कार्यसमितिले दिनुपर्छ, अहिले रोक्नुपर्छ’ भन्दै हिँड्न थालेका छन् ।
अध्यक्ष चौलागाँइ बंंगलादेश जाँदा प्राप्त आवेदनहरु एकसरो अध्ययन गरेर ‘आफु आएपछि रिपोर्ट बुझाउन’ निर्देशन दिएकामा उनले मनपरि ढंगले हरेक फाइलमा पूर्वाग्रही हस्तक्षेप गर्दै अध्ययन गर्ने नाममा कागजपत्र गायव पारेको चर्चा छ । आफ्ना पक्षकाहरुको फाइलमा कागजात केही नभएपनि पूर्ण र अन्यत्रका अपूर्ण भन्दै मनोमानी भएपछि त्यतीबेलै विवाद भएको थियो ।
अरुको फाइल फालिदिने, आफ्नाचाहिं गैर-पत्रकार पनि हालीदिने गरेको आरोप
उपाध्यक्ष सिर्जन झाले दर्ता गराएको फाइल फालिदिने तर आफ्ना तर्फका सिमेन्ट कारखानाका मजदुर, औषधी विक्रेता, आयुर्वेदीक पसले, राजनीतिकर्मी, गृहणी लगायतको गैर तथा विवादास्पद फाइलहरु भने कागजात पुगेको भन्दै ‘पूण’ मा राखेको अवस्था भएको आरोप उनलाई लाग्न थालेको छ ।
अहिले नयाँ आवेदकहरुका तर्फबाट आफुहरुको कागजात गायव पार्नेजस्तो जघन्य अपराध गर्नेमाथि हदैसम्मको कारवाही गनुपर्ने माग राख्दै अध्यक्ष चौलागाँइमाथी दिनदिनै नयाँ आवेदकहरुले दवाव दिने गरेका छन् । त्यही तनावका कारण पदाधिकारीहरु शाखामा आउनुको सट्टा मुसो दुलो पसेझैं लुक्न थालेका छन् ।
निर्धारित समयमा नै चुनाव हुने कुरामा शंका बढ्यो :
यही तनावका कारण देशैभरीका शाखाहरुमा निर्वाचनका लागि मिति तोकिसक्दा पनि काठमाडौं शाखामा भने यसको कुनै सुनिश्चितता हुन सकेको छैन । उपत्यकाको ३ वटै जिल्लामा आगामी फागुन २६ गतेका लागि निर्वाचन मिति निर्धारण गरिएपनि शाखाले अहिलेसम्म नयाँ सदस्यता प्रदान गर्नेहरुको नामावली टुङ्ग्याउन नसकेकाले निर्वाचन निर्धारित मितीमै हुनेमा आशंका बढेको हो ।
शाखाको यो अन्यौलपूर्ण अवस्थाका कारण क्रियाशील पत्रकारहरु समेत अन्यायमा परेका छन् । शाखाले प्रतिव्यक्ति दुई सय रुपैंयाका दरमा दर्ता शुल्क संकलन गर्दै करिव पाँच सय पचास भन्दा बढीको फारम संकलन गरेको थियो । तर केन्द्रले दिएको पटक पटकको मितिमा पनि शाखाका पदाधिकारीहरु सहमतिमा पुग्न नसकेपछि अब के हुने भन्ने विषय अन्यौलमा परेको छ ।
अनेक बखेडा झिक्दै महासंघलाई अनिर्णयको बन्दी बनाइयो : महासंघका सदस्यहरु
अध्यक्ष चौंलागाँइ बंगलादेशबा नेपाल फर्किएपछि सचिवले गरेको एकतर्फी कार्यका बारेमा विश्वसनियताको चौतर्फी प्रश्न उठ्यो । त्यसपछि अध्यक्ष चौलागाँइले पुनः सबै फाइलहरु एकमुष्ट अध्ययन गरी एउटा रोष्टर तयार गरे । त्यसमा उपाध्यक्ष सिर्जन झाले फेरी पुनारावलोकन गरी एउटा सहमतिमा पुगेपछि पुनः अनेक बखेडा झिकेर शाखालाई अनिर्णयको बन्दी पारिएको बताइएको छ ।
विशेषगरी गैरपत्रकारलाई सदस्यता दिने र महासंघलाई राजनीतिक कार्यकर्ताको भर्तिकेन्द्र बनाउने अभिप्रायले पछिल्ला दिनमा यस्तो हर्कत गरिएको बुझिएको छ । यो बुझेका नयाँ सदस्यहरुले कुनैपनि दिन कुनै पनि बेला शाखाका पदाधिकारीमाथी कालोमोशो दल्ने र आक्रमण गर्ने काम गरेमा पनि अन्यथा नहुने एक नयाँ आवेदकले नाम नबताउने शर्तमा बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्