×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सोझा नेपालीहरुलाई प्रचलित ऐन विपरित गाडी बेचेर ठग्न पल्किएको हुन्डाईले ठगीको अर्को एपिसोड सुरु गरेको छ । हुन्डाई गाडी विक्री वितरणका लागि नेपालको अधिकृत कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ २०१७ ग्राण्ड आर्इ -१० सार्वजनिक गर्दै ठगीको अर्को एपिसोड सुरु गरेको हो । 
एउटै टक्सन गाडीमा २५ लाखभन्दा बढी कुम्ल्याउने गरेको र अन्य गाडीमा पनि कालोबजारी ऐनलाई मिचेर एउटै गाडीमा १० लाख भन्दा बढी ‘प्रोफिट-मार्जिन’ राख्ने गरेको हुन्डाईले सोझा नेपालीलाई ठगीको नयाँ चारो छरेको छ । यसअघि हुन्डाईको ठगीबारे समाचार आउँदा कम्पनीका प्रतिनिधिले आफुहरु जनता लुट्ने काम जारी राख्ने आशयको अभिव्यक्ति दिएका थिए ।

मिस नेपाललाई प्रयोग गरेर ठगीधन्दा सुरु 
अझ खास कुरा त के छ भने जनता ठग्ने कम्पनीले मिस नेपाल अश्मी श्रेष्ठलाई प्रयोग गरी ठगी सुरु गरेको छ । विहिबार नयाँ फेस लिफ्ट ग्राण्ड आर्इ -१० सार्वजनिक गर्ने बहानामा जनता लुटिरहेको कम्पनीको काममा मिस नेपाल सरिक भएकी थिइन् । कम्पनीले भने यो गाडीमा रिडिफाइन्ड एक्सटेरियर स्टाइलिङ ,हार्इ टेक फिचर र फ्युल इफिसियन्सी रहेको कम्पनीले दाबी समेत गरेको छ । तर हुन्डाईको गाडीबाट आफु ठगिएको भन्दै केहि उपभोक्ताहरु कम्पनीका विरुद्धमा मुद्धाको तयारीमा छन् 
यस्तो छ मूल्य,  लक्ष्मी इन्टरकन्टिनेन्टलको दादागिरी कायमै  
कम्पनीले ग्राण्ड आर्इ १० म्याग्नाको मूल्य २६ लाख ९६ हजार तोकेको छ । यता म्याग्ना एटीको ३० लाख ५६ हजार, स्पोर्टसको २८ लाख ९६ हजार, स्पोर्टस ओएटीको ३४ लाख ५६ हजार, स्पोर्टस ओको ३० लाख ५६ हजार र आस्थाको ३२ लाख ५६ हजार रुपैयाँ मूल्य कम्पनीले तोकेको छ । यि सबैजसो गाडीमा कम्पनीले प्रचलित नियमको उल्लङ्घन गरेको छ । 
कालोबजारी ऐनले भन्सार मूल्यलाई आधार बनाएर २० % भन्दा बढी नाफा राख्न नपाउने  स्पष्ट रुपमा उल्लेख गरेपनि कम्पनीले राजनीतिक आडका भरमा आफुलाई कसैले छुन नसक्ने भन्दै दादागिरी देखाईरहेको छ ।  यसअघि पनि हुन्डाईको दादागिरीबारे बुझ्न खोज्दा कम्पनीका प्रतिनिधिले, ‘पत्रकारको काम लेख्ने हो लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटीरहन्छौं’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि उनी सम्पर्कमा आउनै चाहेका छैनन् ।  
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: