×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करले फसाए धुर्मुस सुन्तलीलाई !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुन तस्करले फसाए धुर्मुस सुन्तलीलाई !

२४ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – तस्कारी र दुई नम्बर धन्दामा संलग्नहरुले आफुहरुलाई समाजसेवीका रुपमा बढी नै प्रचार गर्ने गर्दछन् । हालै सिआईवीले बाहिर ल्याएका सुन तस्कारहरुले पनि समाजसेवी अवरण बनाइसकेका थिए । उनीहरुले चर्चित कलकारहरु धुर्मुस सुन्तली (सिताराम कट्टेल–कुञ्जना) घिमिरेलाई समेत फसाएको खुलेको छ ।
दृष्टि साप्ताहिकमा खबर छ– गत २१ डिसेम्बमा धुर्मुस सुन्तलीले दुबाईस्थित बाग्मति जनरल टे«डिङ नामक पसलको उद्घाटन गरेका थिए । नेपाली व्यावसयी दुबाईमा पुगेर यस्तो प्रगाति गरेका भन्दै धुर्मुस सुन्तलले पसलका सञ्चालकको प्रशंसा गरेका थिए । यसरी प्रशंसा पाउने व्यक्तिहरु कुख्यात सुन तस्कार हरि खड्का रोशन भुषाल थिए । उनीहरुले आफ्नो पसलको उद्घाटनका लागि चर्चित कलाकारलाई दुबाई लागेका थिए । पसल उद्घाटन मात्र होइन् उनीहरुको एकीकृत बस्ती निर्माणका लागि भनेर खड्काले ५ लाख रुपैयाँ सहयोग गरेका थिए ।
सुन तस्कारीबाट एक महिनामा उनले ५ करोड भन्दा धेरै कमाउँदै आएका थिए । उनको समुहले पछिल्लो एक वर्षमा १५ सय केजी भन्दा धेरै सुन तस्करी गरेका थिए । उनै खड्का प्रहरीले बरामद गरेको साढे ३३ किलो सुन तस्कारीका नाईके सिआईबीले जनाएको छ । जसले विगत दुई वर्षदेखि सुन तस्कारी गर्दै आएका थिए । १२ वर्षअघि सामान्य कामदारका रुपमा दुबई छिरेका उनी अहिले करोडौका मालिक भइसकेका छन् । वर्षौंदेखि सुन तस्कारीमा किसन अग्रवालको समुहसँग मिलेर उनी यस्तो धन्दामा लागेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी