×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीमा क्षेत्रका नेपाली भन्छन्, ‘नेपालका त प्रहरी हाम्रा साथी होइनन्, छिमेकीको साथी रहेछन्’

अर्थ सरोकार

प्रकाशित मिति : २७ फाल्गुन २०७३, शुक्रबार

PRIME CA

सीमा क्षेत्रका नेपाली भन्छन्, ‘नेपालका त प्रहरी हाम्रा साथी होइनन्, छिमेकीको साथी रहेछन्’

  • अर्थ सरोकार सम्बाददाता 

कन्चनपुर – सीमा क्षेत्रमा भारतीय प्रहरीका तर्फबाट गोली चल्दापनि नेपाल प्रहरी मुखदर्शक बनेको देखेपछि सीमामा खटिएका प्रहरीविरुद्ध नेपालीहरु रुष्ट भएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनीहरुले नेपालका प्रहरी पनि नेपालका नभई छिमेकीको साथी भएको आरोप लगाएका छन् ।

‘नेपाली मर्दासमेत टुलुटुलु हेर्ने कसरी नेपालीको साथी ? भारतीय पक्षबाट ४ राउण्ड फायर हुँदापनि गोली नचलाउने प्रहरी कसरी हाम्रो साथी ? हाम्रा नेपाली दाजु गोली लागेर ढल्दा पनि लिन नआउने प्रहरी कसरी हाम्रो साथी ? घाइतेलाई अस्पतालसम्म पुर्याउन समेत सकेको सहयोग नगर्ने प्रहरी कसरी हाम्रो साथी ?’ स्थानीयले अर्थ सरोकार डटकमसँग भने । उनी अगाडी भन्छन्, ‘नेपालीलाई गोली लाग्दा पनि नेपालका प्रहरी ‘ढलेको मात्र हो’ भन्दै उल्टै कराईरहेका थिए । यस्ता प्रहरी कसरी हाम्रा साथी ?’

स्थानीय नेपालका प्रहरीसँग यति रुष्ट छन् कि उनीहरु प्रहरीसँग बोलचालसमेत गर्दैनन् । ‘यसले नेपाली- नेपाली भिडाउने’ भारतीयहरुको चाल पूरा हुने भएको छ । नेपालीका घरमा भारतीयले लुटपाट गरेका छन् । तर लुटपाट गर्दापनि केहि नबोल्ने प्रहरी कसरी हाम्रो साथी ? नेपालका प्रहरी त हाम्रा होइनन छिमेकीका साथी रहेछन् ।’ स्थानीयको भनाइ छ ।  

कंचनपुर घटनाका यी खबरहरु पनि पढ्नुहोस् :

एक्सक्लुसिभ भिडियो : ४ राउण्ड गोली चल्दापनि नेपाल प्रहरी रमिते बन्यो, गौतम ढल्दापनि प्रहरीले वास्ता गरेन’


कञ्चनपुर घटनामा भारतीय दूतावासको दाबी – ‘एसएसबीले गोली चलाएको होइन’

सीमा क्षेत्रमा एसएसबीले नेपाली मारेपछी विप्लवको आयो ‘कडा’ विज्ञप्ति

एक्स्क्लुसिभ भिडियो : जव एसएसबीको गोली लागेर गोबिन्द गौतम ढले…!

‘सीमाका लागि लड्दा लड्दै ज्यान गुमाउने गोविन्द गौतमलाई सहित घोषणा गरियोस् सरकार !

सलाम ! गोबिन्द गौतमलाई जसले देशको सिमानाका लागि ज्यान गुमायो

भारतीय सीमा सुरक्षा बलले हानेको गोली गोली लागेर एक नेपालीको मृत्यु, सीमा क्षेत्र तनावग्रस्त !
     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: