×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सलाम ! गोबिन्द गौतमलाई जसले देशको सिमानाका लागि ज्यान गुमायो

अर्थ सरोकार

प्रकाशित मिति : २६ फाल्गुन २०७३, बिहीबार

PRIME CA

सलाम ! गोबिन्द गौतमलाई जसले देशको सिमानाका लागि ज्यान गुमायो

  • रेखा ग्वायामरु 
सर्वप्रथम त कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गोली लागेरनिधन भएका गोविन्द गौतमलाइ हार्दिक श्रद्धान्जली ! सोख सन्तप्त परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना पनि । सँगै उनको निधनमा आफ्ना आँखालाई थाम्न नसकेका हरेक नेपालीहरुप्रति सद्भाव प्रकट गर्दछु ।
देश जति के दुख्छ होला र ? त्यस्तै भयो गोविन्द गौतमको हकमा पनि । कुनै पार्टीको झण्डा ओढेर होइन, देशका लागि ज्यान गुमाए उनले । बर्षौंदेखि हामी नेपालीले भोग्दै आएको सीमाको समस्यामा अल्झिएर त्यसका विरुद्ध लड्दा लड्दै बीरगति प्राप्त गरे उनले । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा त पुर्‍याइयो, तर चिकित्सकले मृत घोषणा गरेपछी उनी वीर सपुत बनेका छन्, जो भौतिक रुपमा त हामीसँग रहने छैनन्, तर सधैं सधैं सीमाको लागि लड्ने बहादुर योद्धाको रुपमा रहीरहनेछन् ।

देश दुखिरहेका बेला एसएसबीको ‘अति’ खेप्न नसकेर विद्रोह सुरु भएको थियो । एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई अनाहकमा कुटपिट गरेपछी त्यसको स्वाभाविक विरोध गरेका थिए स्थानीयबासीले । त्यसैले प्रतिरोधमा उत्रिएका थिए उनीहरु । त्यहि निहुँमा गौतमले ज्यान गुमाए । 
अचम्म छ देशको कानून पनि ! सीमामा समस्या हुँदा यो देशका ठुला भनिएका नेताहरु कोहि बोल्दैनन् । नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको थियो । तर न यसमा स्थानीय प्रशासनले चासो देखायो, न सरकारले । चासो देखाए त स्थानीयले र लडे पनि स्थानीय । त्यहि बेला गौतमको ज्यान गयो भारतीय प्रहरीको गोलीबाट । 
भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् । गौतमले ज्यान गुमाएपछि स्थिति झन् बिग्रिएको छ । बिग्रियोस्, यो अन्तिम लडाई हुनुपर्छ सीमाका निम्ति । आउनुहोस्, सबै मिलेर बिरोध गरौँ सीमा मिच्नेहरुलाई । देशको हाम्रो स्वाभिमानमाथि धावा बोल्नेहरुलाई । अनाहकमा हाम्रा दाजुलाइ गोली ठोक्नेहरुलाई !

कंचनपुर घटनाका यी खबरहरु पनि पढ्नुहोस् :
     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: