×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीमा क्षेत्रमा एसएसबीले नेपाली मारेपछी विप्लवको आयो ‘कडा’ विज्ञप्ति

अर्थ सरोकार

प्रकाशित मिति : २६ फाल्गुन २०७३, बिहीबार

PRIME CA

सीमा क्षेत्रमा एसएसबीले नेपाली मारेपछी विप्लवको आयो ‘कडा’ विज्ञप्ति


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको आनन्द बजार क्षेत्रमा गोलि हानेर स्थानीयको हत्या गरेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र विक्रम चन्द ‘विप्लव’ले कडा आपत्ति जनाएका छन् । भारतीय हस्क्षेप, हत्या र आतंकको विरोधमा पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै नेपाली नागरिकहरुमाथि एसएसबीले गरेको ज्यादतीको कडा आपत्ति जनाएका हुन् । 
घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन त्यस्तैे नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर घटनाको विरुद्धमा काठमाडौँको शान्तीबाटिकामा बिहिबार साँझ ५ बजे बिरोध प्रदर्शनको तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयले विरोध प्रदर्शनमा सहभागीताको लागि सबैलाई अाग्रह समेत गरेको छ ।भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर कञ्चनपुरको पुनर्वास- ८ माछापुच्छ्रे टोलका गोबिन्द गौतमको मृत्यु भएको थियो । विरोधमा उत्रेका स्थानीयमाथि एसएसबीले अन्धाधुन्ध गोली चलाउँदा सशस्त्र प्रहरीका जवानसहित अाधा दर्जन घाइते भएका थिए।

कंचनपुर घटनाका यी खबरहरु पनि पढ्नुहोस् :
     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: