×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सीमाका लागि लड्दा लड्दै ज्यान गुमाउने गोविन्द गौतमलाई सहित घोषणा गरियोस् सरकार !

अर्थ सरोकार

प्रकाशित मिति : २६ फाल्गुन २०७३, बिहीबार

PRIME CA

‘सीमाका लागि लड्दा लड्दै ज्यान गुमाउने गोविन्द गौतमलाई सहित घोषणा गरियोस् सरकार !

  • रेखा ग्वायामरु 
देशका लागि लड्नेहरु र लडेर मर्नेहरु कहिले मर्दैनन । बाँचीरहन्छन् जनताका मनमा युग युगसम्म । तर फोहोरी राजनीतिले रुमल्लिएको देशमा पछिल्लो समय सहिदको यदि अवमूल्यन भएको छ कि, मानौं पैसाका बिटोको भरमा चलेको राजनीतिभित्र एउटा त्यस्तो फोहोरी खेल भएको छ, जहाँ पहुँचका आधारमा सहिद घोषणा गरिन्छ । तर एउटा बीर योद्धा साच्चै सहिद भएको छ आज । सीमाका लागि लड्दा लड्दै एउटा बीर योद्धाले वीरगति प्राप्त गरेको छ । भारतीय सुरक्षा बलको गोली लागेर घाइते भएका गौतमको शरीर ढलेर मरेको छ । उनी त बाचीरहन्छन् सधैं सधैं ।

देशको लागि अन्तिम समयसम्म लडिरहे गौतम । लडीरहे सीमाका लागि । अन्तिम स्वास रहुन्जेल अहँ हारेनन् उनी । भारतीय बल मिचाईका विरुद्ध बोले, र लडे । जति सके लडे । सीमाका लागि लडेर निधन भएका पछिल्ला वीर योद्धा तिनै हुन् । सीमाकै लागि लडेर आफ्नो ज्यान गुमाएका गणतान्त्रिक देशका वीर योद्धा पनि तीनै हुन् सायद । र त नेपाली क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गोली लागेरनिधन भएका गोविन्द गौतमलाइ सहिद घोषणा गरिनुपर्छ ।
कति भाइ- भाइ लड्ने ? अव लड्ने सीमाका लागि हो । आफ्नो अस्तित्वका लागि लड्ने हो । आन्दोलनमा ज्यान गुमाउनेहरुलाई क्षतिपूर्ति दिने सरकारले बुझ्नुपर्छ, गोबिन्द गौतम साच्चै सहिद हुन् । हुन सक्छ, भारतसँग झुकेर फेरी उनको मरणलाइ सामान्य रुपमा लिइनेछ । तर हामी सबै उठ्नुपर्छ यसका लागि । जुट्नुपर्छ यसका लागि । कुरा स्वाभिमानको छ । राष्ट्र र राष्ट्रियताको छ । त्यसैले सबैले आ- आफ्नो ठाउँबाट दवाव दिउँ । सीमाका लागि लडेर बीर गति प्राप्त गर्ने गोबिन्द गौतमलाई शहिद घोषणा गरोस् सरकारले ।

कंचनपुर घटनाका यी खबरहरु पनि पढ्नुहोस् :
     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: