×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जात ढाँटेर जव मैले दलित साथीलाई घर भित्र्याएँ…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जात ढाँटेर जव मैले दलित साथीलाई घर भित्र्याएँ…!

Artha Sarokar

१ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • सिमा बस्नेत 
आज दलितको बारेमा लेख्न मन लाग्यो । कसले कस्ले बनायो मान्छेलाई दलित ? को हो दलित ? किन हेपिन्छ दलितलाई ? सानो जाती, दलित जातीको अस्तित्व ,पहिचान त प्राचीन शास्त्रीहरुले राखेर गए ।यसमा कसको के दोष छ र ? कामको आधारमा मान्छेको पहिचान सानो जातीले गर्नुपर्ने भनेर बाड्फाड गरिदिए । के यसमा न्याय भयो र ? 
ठूला जाती कस्तो हुन्छ ? ठुला जातीको अस्तित्व र पहिचान कस्तो हुन्छ ? बुज्न बाँकी रहेछ अझै । अझै ठूला जातीको रंग कस्तो हुन्छ ? उनीहरुको भेष कस्तो हुन्छ ? परिवेश कस्तो हुन्छ ? बुझ्न सकेकी छैन । यो २१ औं शताब्दी हो । कुनै प्राचीन समय होइन । हाम्रो समाजमा अझैपनि जनचेतनाको अभाव छ ।
काटे रगत आउँछ । निचारे आँसु आउँछ । मेरो बुझाइ मैले देखेकी सत्य- तथ्य घटनामा मेरो आँखा सामु हेपिन्थियो दलितलाई । सानो छँदा गाउँ-घरमा जस्तो सुन्थें मेरो अँखासामु त्यस्तै नमीठो व्यवहार गर्दा गर्दा म एक कुनामा बसेर रुने गर्थे । म ८-९ बर्षको हुँदा हुदा मेरा दलित भनिएका साथीहरु धेरै थिए । एउटै स्कुल पढ्ने साथीहरु । मेरा लागि सबै जातिका साथी बराबरी हुन्थे । 
मेरो स्कुल घरबाट टाढा भएकोले म खाजा खान मगर र बिक साथीको घरमा जान्थे । मलाई त्यो हरेक पलको सम्झना छ अझै । उनीहरुले मेरो हात समातेर तानातान गर्थे । म दुबैको घरमा जान्थें । ८-९ बर्षअघिको कुरा हो यो । म जब बिक साथीको घरमा जान्थें तब मेरि साथीकी ममि कति खुसी देखिनुहुन्थ्यो । मलाई खाजा पानी दिदा नछोइकन दिने गर्नुहुन्थ्यो । 
तर मलाई यो पटकै मन पर्दैनथ्यो । म साथीसँगै एउटै थालमा खाजा खान्थे । साथीकि ममिले मैले खाजा खाएको कसैले देखेको छ कि भनेर दायाँ- बायाँ हेर्नुहुन्थ्यो । म उहाँको मुखमा टुलुटुलु हेर्थें । मलाई कति नरमाइलो लाग्थ्यो । म सधै खाजा खान मेरी बिक साथीको गर जान्थें । हामीले बयर चोरेर खान्थ्यौं । 
 गाउँमा मसंगै पढ्ने साथी, बिक साथीको घरमा जाँदैथें । बयर खानचाहिं गइन्थ्यो । तर घरमा जान अलि मान्दैनथे । तर मचाहिँ हासीहासी जान्थे । मेरा अरु तामाङ र मगर्नी साथी, बिक साथथीको घरमा जान डराउँथे । किनकि उनीहरुलाई आमा-बाबाले गाली गर्नुहुन्छ भन्थे ।
मलाइ अझै पनि सम्झना छ । एक दिन म बिक साथीको घरमा गएको कुरा घरमा मेरो हजुरबुवाको आमा, अर्थात मेरो जिजुमुमाले थाहा पाउनुभयो । उहाँले मलाई बिहानको एक छाक खानै दिनुभएन । म त्यतिकै स्कुल गएँ । म सानो छँदा बिक साथीको घरमा जाँदा मलाई तिर्खा नलागे पनि म पानी मागेर पिउने गर्थे । किनकि मैले पिएको पानीमा बिक साथीको परिवार खुसी देख्थें । मेरा अरु जातीका साथीहरु बिक साथीको घरमा जान मान्दैनथे । तर म हाँसीहाँसी साथीलाई एकपलपनि तिमी सानो सातिको छैनौ भनी महसुस गराउंथें ।
उनले मलाई भन्थिन्, ‘तिमी ठूलो जातको भएपनि मलाई कति माया गर्छौ है सिमा । म ठूलो कसरी भएँ ? मलाइ नै थाहा थिएन । उनी त मेरी दिदि थिइन् । भय तिमी म भन्दा दिदी छेउ , मेरो लागि तिमी नै ठूलो हौ भन्थे। तेस्तै गरि म रुयको दिन अर्को मेरि एउटि सरिता बिक साथी सिन्धुलीबाट म र मेरो दुईवटी तामाङ साथीलाई भेटन आइन् । 
उनीहरु त डरले काम्न थाले । साथीचाहिं भन्ने तर घरमा हुल्न भने नमान्ने । त्यति टाढाबाट आएकी साथीलाई फर्केर जाउ भन्नपनि कसरी भनूँ । मैले केही उपाय नपाएपछि साथीलाई जात ढाट्न लगाएं । त्यतिखेर आमाबाबा काठमाडौ आउनुभएको थियो । म, जेठो मामा अनि कान्छी सानीमा घरमा थियौं । 
म अलपत्र परें । घरमा लैजाउ मलाईनै निकल्ने डर मैले साथीलाई तिम्रो जात ढाँट भनें । साथीले बिकलाई राइ बनाइन् । मैले मेरो घरमामा लगेर खाना खुवाएँ । संगै सुताएं पनि । त्यो पल रमाइलोनै भयो । तर गाउँमा हाम्री साथी तल्लो जाती भन्ने कुरा कहाँबाट थाहा पाएछन् कुन्नी, त्यसको २-३ दिनपछी त मेरै बेइज्जत गराइयो ।
गाउँका बुडापाका भनाउदाहरुको गाली सबै मैले खाएँ । मलाई यो सब कुरा देख्दा धेरै रुन मन लाग्यो र रोएँ पनि सानैदेखि जीवनमा दु:ख पाएको भएर होला, मान्छे सानी भएनि म अरुको दु:ख सुखमा साथ दिन्थे । मलाई सानैदेखि हरेक कुराको सहि-गलत थाहा हुने गर्थ्यो ।
मरि लानु केही छैन । मान्छे जातमा सानो ठुलो कोहि हुन्न । विचारमा सानो ठुलो हुने हो । यो दुनियाँ आज होकि भोलि टुंगो हुदैन । काटे एउटै रगत आउँछ । मरेर सबै खरानी हुने हो । यो समाजमा जनचेतना जगाउनु अति आवश्यक छ । सबैको सोचमा परिवर्तन लयाउनु आवश्यक छ । जय नेपाल, जय नेपाली ।
(अर्थ सरोकार डटकमका लागि सिमा बस्नेतको ब्लग)
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी