- अनलराज भट्टराई, बैंकर
आमा । सुन्दापनि महानलाग्ने शब्द । संसारमा देखिने भगवान । आमाको महानता र शहनसीलताको गुनगान गाएर कहिले सकिन्छ र ? तर उही ममतामयी आमा सम्झनामा मात्र छिन पूर्व बैंकर अनलराज भट्टराइको हकमा । उनकी आमा बत्सलादेवी भट्टराई ७१ वर्षको उमेरमा ०७१ सालमा यो संसारबाट विदा भइन् । क्यान्सरले लग्यो उनलाई ।
जन्मदिने आमाले संसार छोडेपनि उनले अझै आमाको माया पाएका छन् आफ्नी सासुआमाबाट । ७० वर्षीया मिथिला बास्कोटाबाट पाउँदा यथार्थमा अर्की आमा पाएको महसुस हुन्छ उनलाई । आफ्नी आमाको सम्झनामा आमाका महानताहरुलाई समेटेर उनी हरेक मातातिर्थ औंशीका दिन आमाको यादमा कविता लेख्छन् उनी । उनले यसपाली लेखेको कविता यस्तो छ :
श्रद्धाञ्जली
आऊन आमा सपनामै लुकेर
पर्खी रहेछु बोक्छौ कि भनेर ।
हुनेछु म बलबान
तिम्रो काँथमै मै वसेर ।
सानो छदा रुन्थे, कराऊथे
चुपचाप कुनामा त्यसै रहन्थे ।
आउथ्यौ छेउमा मेरै तिमी
सुमसुमाई पिडा भगाउन भनी ।
ख़ुशी हुन्थे भुलेर सबै
रम्थे तिम्रै माया मै सधै ।
भुलेर सबै मायामै हराई
अधि बड्थे हॉसी रमाई ।
हुर्कायौ तिम्ले दौडिन सके
संझायौ तिम्ले समालिन सके ।
आऊन आमा सपनामै लुकेर
पर्खी रहेछु बोक्छौ कि भनेर ।
बड्नु छ अझै सबै बाधा सहेर
हड्दिन कतै निरास भएर ।
देखाउ कठिन मार्ग म बड्छु डटेर
जिवन हो कठोर तपस्या भनेर ।
आऊन आमा सपनामै लुकेर
पर्खी रहेछु बोक्छौ कि भनेर ।
हुनेछु म बलबान
तिम्रो काँथमै मै वसेर ।