- डी.आर नेपाल
हुन त देश अनुसारको भेष । जसले जेभनेपनि सहने जनता छंदैछन् । स्वार्थ्यभन्दा बढी के चाहिएको छ र नेतालाई । यस्तै भयो केहिदिन अगाडी । चितवनको भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र माओवादी नेताहरुकै बीचमा जय नेपाल भनेर भाषण सिध्याए । भाषणका क्रममा उनले पटक पटक कांग्रेसहरुलाई फकाउने प्रयास गरे । उनले कांग्रेसका तर्फवाट मेयरको उम्मेदवारी दर्ता गरेका दिनेश कोइरालालाई माओवादी उम्मेदवारालाई समर्थन गर्न आग्रह गरे ।
‘दुइपार्टीको रणनीतिक साझेदारीका लागि तपाइले गरेको त्याग खेर जाँदैन, त्यागको सम्मान गर्नेछु । रेणु दाहाललाई प्रचण्डपुत्री भनेर मिडियामा आएको मिठो लागेको छैन्। उनी प्रचण्डपुत्री भएका कारण उम्मेदवार भएको होइन । त्यसो भन्दा उनीमाथि अन्याय हुन्छ ।’ उनले छाती फुलाएर भने ।
अन्त्यमा उनले जय नेपालभन्दा सबैले ताली ठोके । तर म कहिलेकाहीं सोच्छु, ‘उनले छोरी जिताउन जय नेपाल’ भन्दा माओवादीले तत्कालीन रुपमा संचालन गरेको युद्धमा ज्यान गुमाएकाहरुको आत्मा कति रुँदै होला । त्यहि सेर बहादुर देउवाले तोकेको टाउकोको मूल्यका प्रति आफु बलिदान हुन तयार भएर प्रचण्डलको निर्देशनमा युद्ध लडेका र मरेका आत्माहरुले के सोच्दै होलान् ? तीनका परिवारले के सोच्दै होलान् ?’
तर पनि कसले बुझ्ने यो कुरा ? कसले मनन गर्ने यो कुरा ? सहिदको आत्मा रोएकै होला । परिवारको मन भक्कानिएकै होला । प्रचण्डपुत्रीको जीत वा हारलाई उनीहरुले कसरी लेलान् ? खै ! को नै नैतिकतामा चल्दो रहेछ र ? राजनीतिमा पनि माया र युद्द्मा सबथोक जायज हुन्छ भनेजस्तै जायज हुने रहेछ ।