
- अर्थ सरोकार सम्बाददाता
भरतपुर – भरतपुर महानगरपालिकामा मेयर भिडन्त रोमाञ्चक मोडमा पुगेको छ । अहिलेसम्म एक हजार १ सय ४५ मतले मेयर पदमा नेकपा (एमाले) का उम्मेद्वार देवी ज्ञवाली काग्रेस माअेवादी गठबन्धनकी माओवादी उम्मेद्वार रेणु दाहालभन्दा अगाडि छन् । वडा नम्बर १८ मा वडाध्यक्ष कांग्रेसले जितेको हो । कांग्रेसले जितेसँगै रेणुले ज्ञवालीसँगको मतान्तर घटाइन् । हालसम्म मेयरमा एमालेका उम्मेद्वार देवि ज्ञवालीको मत संख्या ३९ हजार ७५० पुगेको छ । गठबन्दनकी उम्मेद्वार रेणु दाहाललाई ३८ हजार ६०५ मत आएको छ ।
यसकारण जित्छिन् रेणु !
अव करिव ७ हजार मत गन्न बाँकी छ । अब गन्न बाँकी रहेका वडाहरुमा १९, २०, र २१ वडाहरु हुन् भने २६ वटा वडाको मत गणना सकिएको छ । कुल एक लाख १२ हजार ७४१ मत खसेको भरतपुरमा अब करिब ११ हजार मात्रै गन्न बाँकी छ। अहिलेसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बर वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्ष पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेद्वारहरु १, ३, ६, ८, १४, १५, १७,१८ र २७ नम्बर गरेर कुल ९ वटा वडामा वडाध्यक्षमा विजयी भएका छन् । माओवादीका उम्मेद्वारहरु १३, २५ र २६ नम्बर गरेर तीन वटा वडामा वडाध्यक्षमा विजयी भएका छन्।
बाँकी रहेका वडाहरुमा कांग्रेसको-माओवादीको पक्कड बलियो छ । अव गन्न बाँकी रहेका मतहरुमा करिव ६० प्रतिशत मत रेणुको र बाँकी ४० प्रतिशत मत देवीको हुने आंकडा छ । यसकारणले झिनो मतान्तरले भएपनि रेणुले चुनाव जित्ने पक्कापक्की जस्तै छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्