प्यारा गाउँलेहरु जसले ममाथि ठूलो आशा राखेका छन् !
प्यारो बा जसले मलाइ नियमन गर्नुहुन्छ !
प्यारा काकाहरु, जसले मलाइ राम्रो बनाउने जिम्मामा मान्छे पठाउनुहुन्छ,!
आज सबैका अगाडी मेरो अन्तर मनबाट आएको पीडा पोख्दैछु,
किन कि म धेरै पछी परिसके । धेरै जुठी भइसकें । धेरै पींडा भोगीसकें !
प्यारा काकाहरु,
तपाईंहरुले केहि समय अगाडी मलाई राम्रो बनाउने भनेर मेरो जिम्मा लिन एक जना मान्छे पठाउनुभएको थियो नि थाहा छ ? सुनेको छु, आफ्नी छोरीलाई राम्रो बनाउने जिम्मा दिनुको सट्टा पैसामा बिकेर आफ्नो स्वार्थका लागि प्रयोग हुने मान्छे पठाउनुभएको थियो रे ! सुनेको थिएँ आफ्नै काकाह्रौले छोरी बेचेको, आज मैले बर्षौं भोगेको अनुभव गरिरहेको छु । थाहा छैन किन पैसामा विक्छन् मेरा काकाहरु ! सायद राजनीति गर्ने मेरा काकाहरुलाई आफ्नी छोरीको माया छैन, बस् पैसाको चिन्ता छ । म छोरी राम्रो हुँदा मेरा गाउँलेहरुलाई कति फाइदा हुन्छ भन्ने थाहा छैन । मलाई नबुझेका मेरा काकाहरु प्लीज अव त बुझिदिनुहोस् मेरो पीडा ! म राम्रो भएपछि मैले सबैलाई राम्रो गर्छु भन्ने आशामा बसेका मेरा गाउँले हरुलाईपनि हेर्नुहोस् !
सुन्दैछु, जसले मलाइ बर्षौंसम्म जिम्मा लिने बहानामा मलाइ जवर्जस्ती गरिरह्यो, उ फेरी आउंदैछ । कहिले ब्रोकरकाकाका लागि प्रयोग गर्यो, कहिले आफ्नो तिर्खा मेटायो । आज फेरी पैसाको पावरमा मेरो जिम्मा लिन उनै आउंदैछ रे ! प्लीज काकाहरु अव म सक्दिन । धेरै खोक्रो भैसकेकी छु ! धेरै रित्तो भइसकेकी छु ! थाकीसकेकी छु ! मर्ने आँटेकि छु ! प्लीज काकाहरु यसपाली मलाइ नाबेच्नू !
प्यारो बा !
मलाइ थाहा छ म तिम्रै छोरी हुँ ! र देशको कानुनअनुसार मलाइ कसैले जिम्मा लिनुपर्छ । तर मलाई राम्रो बनाउने जिम्मा पाएको त्यो ‘हराम’ले मलाइ धेरै सतायो बा ! तिमीलाई त थाहा नै होला ! तिमि बा बलियो कि म छोरी बलियो भनेर उसले धेरै निहुँ खोजीको छ ! बर्षौसम्म तिमीलाई सम्म पिरोलीरहेको छ । हुन त तिमीले के गर्न सक्छौं मलाइ थाहा छैन, तर यसपाली मेरो जिम्मा लिन त्यो हरामलाई सकेसम्म नपठाउन पहल गर्नु है ! प्लीज बा ! अव म धेरै टोकसो साहन सक्दिन । मेरो आशामा बसेका मेरा गाउँले हरुलाई मैले खुसी दिनुछ ।
अनि मेरो अप्रिय ‘हराम’
केहि दिनअघि तिम्रो र मेरो बिछोडले मलाइ अचाक्ली खुसी लागेको छ । खुसी ? अचम्म भयौ सुनेर ? हो ! मलाई निकै खुसी लागेको छ तिम्रो बिछोडमा ! किन ? तिम्रो मनमा यहि प्रश्न होला होइन ? हो जरुर होला ! तर म त निकै खुसी भएको थिएँ केहि दिन अघि तिमीलाई विदा गर्दा । सानी थिएँ, कोपिलाजस्तै । मेरा गाउँलेहरुले म राम्रो भयो भने सबैलाई फाइदा हुन्छ भनेर तिमीलाई केहि बर्षका लागि जिम्मा लगाएका थिए । मलाईपनि तिमिमाथि ठुलो आशा थियो । तर, तिमीले त मलाइ राम्रो बनाउनुभन्दा पनि मलाइ टेकेर आफ्नो स्वार्थ पूरा गर्न खोज्यौ । माया खोजीकि थिएँ मैले, तर मायाहिन समन्धमा डुबेर तिमीले मलाई खोक्रो- खोक्रो बनाइरहयौ । मलाइ जिम्मा लगाएर हेरदेख गर्ने मेरो धीतोबा लाई समेत नटेरेर तिमीले मलाइ जवर्जस्ती गराईरहयौ । म राम्रो हुने आशामा बसेका मेरा गाउँले हरुलाई चिन्तित बनाइरहयों । मेरा बासँग निहुँ खोजीरह्यौ ।
बर्षौंसम्म तिमीले दिएको पीडाबाट उन्मुक्ति मिलेको छ । पिंजडाबाट छुटेको चराजस्तै आफुलाई स्वतन्त्र ठानीरहेको छु । सायद तिमीले गरेको व्यवहारको नतिजा हो यो । तरपनि किन-किन आज यो मुटुको धड्कन झन् बढेको छ । किनकि मलाइ जिम्मा लिएका बखत मलाइ बेचेर कमाएको धनको पावरमा फेरी मेरो जिम्मा लिन आउंदैछौ रे ! प्लीज अव म सक्दिन ! धेरै भइसक्यो ! तिमी आफ्नो बाटो लाग !
मेरा गाउँलेहरु,
मलाइ थाहा छ, त्यो हरामले मलाई दुख दिंदा तपाईंहरुलाई कति घाटा भएको छ, तपाईंलाई कति दुख भएको छ। यतै गाउँका केहि दलालहरुको भरमा त्यो हरामलाई फेरी मेरो जिम्मा लगाउने खेल हुँदैछ रे ! प्लीज गाउँलेहरु हो, उचाल मसाल, बन चट्टान तर त्यो पापीलाई मेरो जिम्मामा फेरी नपठाउनुहोस् । प्लीजमलाइ त्यो ‘हराम’बाट बचाउनुहोस् !
उही पीडीत
नेप्सेमाया नेपाली
(पाठकहरुलाई भ्रम नपरोस्, यहाँ ‘हराम’ कसैको नाम होइन, एउटा विम्व हो । -लेखक )