कान्तिपुर दैनिमा छँदा रिपोर्टरका रुपमा राम्रै समाचार लेखेर परिचय बनाएका उजिर मगरले हालै प्रकाशित गरेको पुस्तक अंशमा उनको परिचय खुलाउँदै लेखिएको छ, ‘….उनी खोज पत्रकारितामा विशेष रुचि राख्छन्।’
पुस्तकमा उजिर मगरले गरेका कामहरुको फेहरिस्त छ । उनले कस्ता–कस्ता समाचार संकलन गरे र पत्रिकामा प्रकाशित भयो भन्ने आधारमा उनको खोज पत्रकारिताको मूल्यांकन गर्ने हो भने खोज पत्रकारिताको परिभाषा नै बदल्नुपर्ने हुन्छ ।
माओवादी युद्धले निमुखा जनताका जनताबाहेक धेरैलाई लाभ दिएको छ । कैयौँलाई नेता बनाएको छ, कैयौँलाई सांसद–मन्त्री बनाएको छ, कैयौँलाई सडकबाट शिखरमा पुर्याइदिएको छ । त्यसरी युद्धबाट समाचार लेखेर लाभ हासिल गर्नेमध्येका उजिर मगर एकजना रहेछन् भन्ने उनको पुस्तकबाट थाहा हुन्छ । युद्धका बेला मोहनविक्रम सिंहको मसाललाई आफ्नो सुरक्षा कवज बनाएका उजिर त्यतिबेलादेखि नै माओवादीसँग निकट रही उनीहरुको सेवामा लागेको यस पुस्तकबाट देखिन्छ । पछि शान्ति प्रक्रिया सुरु भएपछि उनी माओवादीमा प्रवेश गरे र अहिले माओवादीका तर्फबाट नेपाल पत्रकार महासंघका महासचिव छन् ।
माओवादीका पत्रकारिता क्षेत्रमा कार्यरत कार्यकर्तासँगको सम्पर्कका आधारमा समाचार लेख्ने र त्यही समाचार हाइहाइ बनाउने उजिरको प्रयत्न रहेछ भन्ने कुरा पुस्तकभरि झल्किन्छ । माओवादीका ससाना कार्यक्रममा पनि पत्रकारहरुको संयोजन गरेर लैजाने र त्यसलाई ल्याएर प्रचारप्रसार गर्नमा उनको ठूलो भूमिका देखिन्छ । आफू कार्यक्रममै नगएर गोरखा जेलब्रेक गरेर बाहिरिएका माओवादी कार्यकर्तालाई अभिनन्दन गरिएको समाचार स्थलगत रुपमा संकलन गरेको भनेर कान्तिपुरमा छपाउन सफल मगरका बारेमा तत्कालीन सम्पादक युवराज घिमिरे हाल आफू सम्बद्ध अन्नपूर्णमा सम्पादकीय नै लेखिसकेका छन् । यसबाट पनि उजिरले लेख्ने समाचारमा कति विश्वसनीयता रहेछ भन्ने बुझ्न सकिन्छ ।
माओवादी युद्धका क्रममा समाचार संकलन गर्न उजिर मगर विभिन्न ठाउँ घुमेका छन् । यस अर्थमा यस पुस्तकलाई एक पत्रकारको युद्ध डायरी भन्न सकिन्छ । कुन ठाउँ पुगेँ भनेर वर्णन गर्ने क्रममा उनले सुक्ष्म कुराहरु उल्लेख गरेर पाठकलाई पनि आफैँसँग हिँडाउनमा सफलता प्राप्त गर्दछन् ।
माओवादी युद्धका क्रममा समाचार संकलन गर्न उजिर मगर विभिन्न ठाउँ घुमेका छन् । यस अर्थमा यस पुस्तकलाई एक पत्रकारको युद्ध डायरी भन्न सकिन्छ । कुन ठाउँ पुगेँ भनेर वर्णन गर्ने क्रममा उनले सुक्ष्म कुराहरु उल्लेख गरेर पाठकलाई पनि आफैँसँग हिँडाउनमा सफलता प्राप्त गर्दछन् ।
तर समस्या यहीँनेर आउँछ । यात्रा वर्णन गर्ने क्रममा उनी यति झिनामसिना कुरा उल्लेख गर्छन्, जसको पत्रकारितासँग कुनै साइनो नै छैन । उजिर मगर जहाँ जान्छन्, सबभन्दा पहिला रक्सी छ कि छैन भनेर सोधखोज गर्छन्, लोकल भाले छ कि छैन भन्नेमा उनको मुख्य चासो हुन्छ । सुतेका, उठेका, नुहाएका, शौचालय गएका, कपडा फेरेका जस्ता प्रसंग धेरै ठाउँमा उल्लेख गरेर उनले पुस्तकलाई साह्रै हल्का र बौद्धिकताबाट धेरै टाढा बनाएका छन् ।
पुस्तकमा तथ्यहरु पनि हचुवाका भरमा लेखिएको छ । माओवादीभित्रका आन्तरिक राजनीतिका छिटाहरु यस पुस्तकमा परेका छन् । माओवादीबाट पत्रकारिता क्षेत्रमा नेतृत्व गर्ने महेश्वर दाहाललाई सकेसम्म खसालेर र उनको भूमिकालाई न्यूनीकरण गरेर प्रस्तुत गरिएको छ । आफूलाई मन परेका मानिसलाई तथ्यविपरीतका कुरा लेखेर भए पनि महत्वपूर्ण देखाउने कोसिस गरिएको छ, जुन थाहा पाउने मानिसले उजिरको बौद्धिकतामाथि मात्र होइन, इमानदारीमाथि पनि सहजै प्रश्न उठाउँछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्