- प्रताप शर्मा
राष्ट्रपति कार्यालयले गाडी किन्न १६ करोड रुपैयाँ माग गरेको खबर यतिबेला चर्चामा छ । चियापसलदेखि पाँचतारे होटलसम्मका चियागफ, व्हिस्की बहस, वा अनौपचारिक कार्यक्रममा यो विषयले ठुलै चर्चा पाएको छ । मिडियाहरु १६ करोडको गाडी कस्तो हुन्छ भन्नेतर्फ केन्द्रित छन् । राज्यको ढुकुटी सिध्याउने खेलमा राष्ट्रपति कार्यालय लागको भन्ने आरोप लगाउनेहरु पनि छन् ।
तर विरोधका लागि विरोध गर्ने बानी बसेका हामी नेपालीले राष्ट्रपति कार्यालयको समस्या, वा आवश्यकता बुझ्नै खोजीरहेका छैनौं । सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराए पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँको माग गरेको खबर बाहिरिएपछी यसको चर्चा झन् बढेको हो । तर आम मानिसले नबुझेको वा बुझ्न नचाहेका तथ्यहरु पनि छन् ।
आवश्यकता रास्ट्रपतिको होइन राष्ट्रपति कार्यालयको हो
पदिय गरिमाको लागि १६ करोडको गाडी किन्ने निर्णय जायज हो । पदमा रहुन्जेल प्रयोग गर्न पाउने त होला नि ? आज त्यो पदमा एउटा व्यक्ति छ , भोलि आर्को हुन सक्छ । एउटा राजनैतीक सन्स्कार र राष्ट्र प्रति जिम्मेबारपनि त्यो पद र सुबिधाले गराउने गर्दछ । खोक्रो आदर्शले केही हुने वाला छैन । राष्ट्रपतिलाई के अब साइकलमा हिंड्नु भन्ने अलिकती बिबेक संगत कुरा गर्नु पर्छ कि नाइ ? राष्ट्रको झल्को दिने पदको गरिमा पनि जोगाउनु पर्यो कि नाइ ? हिजो सगरमाथा चडदा करोडौ छुट्टाउनेहरु फेरी आज रोइलो गाउछन । भोली तपाईं त्यो पदमा पुग्दा पनि त्यै गाडी हो नि चड्ने होइन र ? सामाजिक उत्तरदायित्व बहन गर्ने सुबिधा उपभोग गर्यो भनेर किन रुनु ?
यो पनि सोच्ने कि !
तुलना गर्ने पनि हामी नै होइनौं र ? फलानो देशको राष्ट्रपतिले यति करोडको गाडी चढ्छन् वा फलानो देशका मन्त्रीले यति करोडको गाडी चढ़छन् भनेर तुलना गर्ने पनि हामी नेपाली नै हौँ । अनि अहिले के को रोइकराई ? के का लागि रोइ कराई ? अझ बुझ्नुपर्ने कुरा त के हो भने राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो । सेनाको प्रारम्भिक अनुमान अनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिन्छ । सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारिम्भक छलफलका आधारमा यो निष्कर्ष निकालेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन खुसी काम गरेको पनि त होइन नि ! देशलाई दरिद्र देखाउँदा हामी कसैलाई फाइदा हुँदैन ।
हो, जरुर भूकम्पपीडीतहरुले राहत राम्रोसँग पाएका छैनन्, देशमा विकासको गति सुस्त छ, नागरिकहरु पीडामा छ्न् । तर के राष्ट्रपतिले गाडी नाकिनेर यी सब कुरा समाधान हुने हो र ? राष्ट्रपति भनेको विद्या देवी भण्डारी भन्दापनि देशको इज्जत हो । त्यसैले मन फराकिलो बनाएको सोचौं । राष्ट्रपति कार्यालयको माग एकदम सहि छ। अनावश्यक रोइकराई नगरौं ।
बेतुकको रोइलो किन ?
राष्ट्रपतिले १६ करोडको गाडी चढछिन कि भनेर रुनेहरुलाई आज म प्रश्न गर्दै छु । एउटा पदमा सधैं एउटै व्यक्ति रहन्छ र ? राष्ट्रको प्रतिनिधित्व गर्ने त्यो पदलाई सुसज्जित गर्दा हाम्रै लुगा फाट्टो खोसिए झै बच्चाले सिगान निकाल्दै सुइक्क सुइक्क गरेर रुनुको पनि अर्थ हुन्छ र ? राजनीतिक चेतना अभ्ब्रिद्दी भो भन्ने लाग्थ्यो तर यहाँ अहिले हुर्केको राजनैतीक सन्स्कार हेर्दा , शरीर बढ्यो तर लुगा पोहोर साल कै भने झै भो हुन्छ ? अब त्यो लुगा न मिनीस्कर्ट न फुल स्कर्ट ? भजनबादमै रहनुभएका राजनैतीक चेलाहरुको चेतना हेर्छु : आफ्नाले त्यही छोटो जामा लाउदा हिपपप अनि आर्काले त्यही लाउदा लाज नै देखियो रे ? हे प्रभु , चेतना र बस्तु सँगै हुर्कान्छ कि बस्तुले चेतनाको निर्माण गर्छ ? बुझेर मात्र विरोध गरौँ । विरोधका लागि गरिएको विरोधको कुनै तुक छैन ।