Skip to content
LAXMI SUNRISE BANK

वाणिज्य बैंकहरुमध्ये सिभिल बैंक सबैभन्दा ‘थर्ड-क्लास’, यस्तो छ बैंकको ‘बिजोग’ वित्तीय अवस्था !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
नेपाली बैंकिङ क्षेत्रमा निरन्तर ‘ब्याड ट्रयाक रेकर्ड’ रहेका गोबिन्द गुरुङ सीईओ बनेका सिभिल बैंकको कमजोर व्यवस्थापनबारे धेरै जना जानकार छन्। यसको प्रतिफल स्वरूप बैंक नाफा बढाउने मामलामापनि असफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसा मात्र छ ।
गत आर्थिक बर्षमा बैंकले ७० लाख रुपैयाँ मात्र नाफा बढाएको छ । गत आर्थिक बर्षमा बैंकले ३३ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा उसको खुदनाफा ३३ करोड १४ लाख रुपैयाँ थियो । यस्तै कर्जा लगानी २९ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कर्जा लगानी २५ अर्ब ७० करोड ४० लाख रुपैयाँ थियो ।
यस्तै बैंकको खराव कर्जा ४ प्रतिशत छ । यो झन्डै अघिल्लो वर्षको तुलनामा दोब्बर हो । अघिल्लो वर्ष खराव कर्जा २.७ प्रतिशत मात्र थियो । यता बैंकको लागत बढेर ६.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो लागत ५.३ प्रतिशत थियो । बैंकको आधार ब्याज दर ११.५९ प्रतिशत छ । सीडी रेसियो ७६ प्रतिशत छ भने स्प्रेड दर ३.४ प्रतिशत छ ।

यो पनि पढ्नुहोस् : 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK