×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हजुरबुबाको मार्मिक पत्र, ‘नातिबाबु, क्रान्तिका पछि नलाग, धोखा दिन्छन्, माओवादी सर्वहाराको पार्टी रहेन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हजुरबुबाको मार्मिक पत्र, ‘नातिबाबु, क्रान्तिका पछि नलाग, धोखा दिन्छन्, माओवादी सर्वहाराको पार्टी रहेन’

Artha Sarokar

२५ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

  • प्रताप शर्मा
उमेरले ८४ बर्ष नाघेका ती वृद्ध बा ,लौरीको साहारामा हिंड्न वाध्य छन्, भोली आफ्नो श्राध कसले गर्ला भन्दै पिरैपीरमा बचेँका उनका दुइटा छोरा जनयुद्धमा शहीद भए । पार्टीले पनि त्यती बेला शाहनुभुति दिन्थ्यो ,कार्यक्रममा आशन ग्रहण गराउथ्यो, हाम्रा शाहीदको अपमान गर्दैनौ भन्दै बिजयको गीतसँगै उनीहरुको सपना पूरा गर्ने अठोट र प्रतिबद्धता जाहेर गर्थ्यो । हिजो आफुसँग बल थियो अझै केही गर्ने उमेर थियो तर आफुले सोचेको पुरा कहाँ हुन्छ र ? श्रीमती थिइन्, उनी पनि छोराको शोकमा डुब्दै गइन् । 
भाग्यको करीमा शोकै शोकले कहिलै छाडेन । समय बदलियो र जंगलका राजाहरु सिंहदरबार पुगे तर उनको ब्यबस्था बद्लिएन । उनको घर बद्लियो तर देश बद्लिएन । हिजो सँगै ढिंडो मकै खएका नेताहरुको जीवनस्तर बद्लियो तर उनको पिडा बदलिएन । हिजो उनीलाई चिनेर सम्मान गर्ने नेताहरुबाट आज उनीलाई चिन्नै गार्हो भो । हिजो उनकै छोरासँग लडेको त्यो पल्ला घरको सेतेको छोरो मन्त्री भएछ ,अब त गाउकै केटो मन्त्री भो सजिलो हुने भो सोचेका थिए तर बिचरा उनको सपना फेरी भत्कियो । जब त्यो बिर्खे आर्को पल्ट गाउँका कार्यक्रममा आउँदा बुवा सञ्चै हुनुहुन्छ सम्म भन्न सकेन ? कठै बरा , मेरो छोरो जालमा परेछ भन्दै रुन्छन र आज उनीसँग रुने भन्दा अर्को बिकल्प छैन किनकि यो राजनीति सत्ताका निम्ती थियो, मुक्तिको कुरा त जनतालाई बेबकूफ बनाउनका लागि थियो भन्ने कुरा स्पस्ट भईसकेको छ ।
टाठा बाठाले राजनीतिको तिक्डममा नराम्ररी परेछन आफ्नो स्वार्थका लागि मेरा बाबुहरु सिध्याए भनी ब्यथा सँगाली कराईरहेछन । कयौ आशा थिए , एउटा सुन्दर सुख दुख बाच्ने एउटा सपना थियो तर आज घायल छन ,मुटु भरी पिडा राख्दै अन्तिम सास कुर्रिरहेछन । जनताको सत्ता आउछ भन्थे ,गरिबका दिन आउछन भन्थे तर सबै धोका रहेछ । नाती अब क्रान्ति नगरे , अनाबश्यक बलिदानी नगरे भनी सम्झाईरेहेछन । उनी घायल छन् । कहिले कही सपना देख्छन , एक्लै बर्बराउदै हिड्छन् । जनताको सत्ता स्थापनाका निम्ती आफ्ना मोतीका टुक्रा बली चढएका उनी आज भोली बेचैइन छन । पार्टी फुट्दै गए ,सहिदहरु भाग लगाउन थाले । त्यसैले आज भोली उनी एक्लै रुन्छन । बिचरा उनी ,मनको पिडा पोखुन पनि को सँग ? एक्लो साहारा नाती सम्झाउदै भन्छन् :
गुमाएं छोरा 
लाग्या छ चोट 
नगर बाबु क्रान्तिको कुरा । 
दुख्छ नि मुटु 
आतिन्छ मन 
नगर बाबु क्रान्तिको कुरा । 
बल्झिन्छ घाऊ 
उल्टिन्छ पिडा 
नगर बाबु क्रान्तिको कुरा । 
फेरिए नेता 
फेरियो व्यवस्था 
नगर बाबु क्रान्तिको कुरा । 
सम्झना आउँछ 
सकस हुन्छ 
नगर बाबु क्रान्तिको कुरा । 
आज उमेर ढल्दै गयो बिपत्तीले च्याप्दै गयो ,न आफ्ना छन न आफ्ना मानेकाले चिन्छन । केबल उनी सँग एउटा नाती छ । आज समय बद्लियो बाचा बद्लियो तर बद्लिएन ती हजारौ घरहरुको रुप रेखा , बिचरा ती मेरा छोराहरु ,मजदूरको राज्य , दुखीको ब्यबस्था फर्कन्छ भन्थे तर उनी त्यही छन् । हिजो भन्दा आज पीडित छन् । बिचरा उनी दुई छाक खानका निम्ती संघर्श गर्दै छन् । हिजो क्रान्तिका कुरा गर्नेहरु आज कोइ दक्षिणपन्थी बने ,कोहि पुरानै बाटोमा फर्के त्यसैले आज उनी बोल्नै नसक्ने भएका छन । विश्वाश गरुन पनि कसलाई, आखिर धोका त पाए । आज कसले बुझ्ने उनको पिडा ? आज सबै जान्ने सुन्ने भएका छन् । 
‘मेरो मन रुन्छ बाबु ,सपनाले मेरा छोराहरु खायो अब म गुमाउन चाहन्न । जे छ त्यसैमा चित्त बुझाउछु मेरो टुक्रा ,म अब तलाई गुमाउदिन’ ती बुढा बाबुले यसो भन्दा कता कता यो सम्बाद सुनिरहेको मलाई चिसो पस्यो र म सोच्न वाध्य भएँ, शायद यहाँका क्रान्तिकारीहरुको जनता ठग्ने र आत्मसमर्पण गर्ने नयाँ ईतिहास होइन । हिजो कांग्रेसले नि क्रान्ति र्गयो , भिम दत्त पन्त र के आइ सिंहहरु बिद्रोहमै सामेल भए तर दबाईयो र तहस नहस पारीयो । बिचरा ती बाबाले आज बुझ्दै छन त्यसैले अब नाती गुमाउन नपरोस भनी सम्झाई रहेछन । त्यो नातीले नी आजका ती क्रान्तिकारी नेताका छोरा छोरी जस्तै स्कुल पढ्न खोज्दो हो , मिठो मसिनो खान खोज्दो हो । 
बाबा बाबा भन्दै दुख पोख्न खोज्दो हो तर बिचरा अब के गर्नु ? नेताले आत्मसमर्पण गरे , हिजोलाई बिर्सेंर नयाँ बाटोमा लागे । पाँच तारे होटलमा बसेर रक्सीको चुस्की चडाउँदै बेला मौका कुर्लन्छन तर ती सोझा बाबाहरुलाई के थाहा ? बिचरा उनी २००७ सालमा पनि ठगिय त्यो पिडा भुल्न नपाउदै आज जीबनको अन्तिम घडीमा पनि ठगियका छन । सुन्छु ,आज भोली उनी कार्यक्रममा जादैनन रे ? डाँकाहरु भन्दै सराप्छन रे ? बन्दूक बोकेर थकेका उनी एकदिन शोकमा डुबेर ,जनताका छोरालाई मानब ढाल बनाउने भनेर नेतालाई झापड हनेछन् । बिचरा बाबा जस्ले त्यत्राो बलिदान गरे ,आज उनी नै आत्मघाती बन्दैछन । त्यो हिजोको माओवादी सानो कांग्रेस बनेर भेट्न गयो रे , बुढाले जुत्ता ठोकेछन् । तलाई भारतीय दलाल भन्दै सराप्नु सरापेछन् । आज भोली साना कांग्रेसहरु गाउ नै जादैनन रे , बुढाले आफुलाई जनसरकार प्रमुख घोषणा गरेछन् । 
बुढाले अन्तत नातीलाई आफन्तको जिम्मा लगाउदै अन्तिम चिट्ठी लेखेछन्, जुन यस प्रकार छ :
धेरै गुमाएं अब गुमाउनु केही बचेको छैन , मेरो छोरा सोचेको के पुरा हुदोरहेछ ? तिमिले ठुला ठुला सपना देख्थ्यौ र त्यै ठुलो सपनामा नेपालीको खुशी हेर्न चाहन्थेउ तर बाबु आज आफ्नो घर खरानी बनाएर तिमीले राम्रो गरेका रहेनछौ त्यो मलाई अनुभव भाईरहेछ । तिमीले सामन्त भनेर कारबाही गरेकाहरु आज तिम्रो पार्टीका बरिस्ठ र ठालु भएछन , कार्यक्रममा आशन ग्रहण गराउदा कहिले कही मलाई अफ्ट्यरो महसुस हुन्थ्यो । 
तिमीले गरेका कामहरु आज भोली उल्टि रहेका छन । हिजोका पुजिपतीहरु कै आज हालीमुहाली छ । बाबु अब यो सर्बहराबादी पार्टी रहेन । परिवर्तन त ल्याए तर सिमित आफुहरुका लागि मात्र । जनताले कहिले पनि राहतको अनुभव गर्न पाएनन । सत्तामा पुगिरहेकै छन । कहिले काले मन्त्री हुन्छ कहिले गोरे तर जनतालाई के पो हुनु र बाबु ? सत्ताकै लागि हान्थाप गरेर पार्टी टुक्रा टुक्रा पारे बाबु । अब उनिहरुलाई काठमाडौं को मात लागि सकेको छ बाबु । 
बाबुले समाज परिवर्तनको लागि हिंडेको बाबा , छिट्टै यहाँ गरीबको राज्य आउछ भन्थेउ तर आज बाबु म ढुक्क सँग बाच्ने ,स्वतन्त्र भएर आफ्ना कुरा राख्ने मेरा मौलिक अधिकारको माग दाबी गर्न सक्ने राज्य खोजी रहेछु । मलाई गुण्डा राज होएन बाबु मलाई कनुनी राज नै चहियो । त्यो कनुनी राज जहाँ मेरो परीश्रमको मुल्य होस् , फटहा सामन्तहरुको सपना हरम हुने एउटा नयाँ सुन्दर राज्य निर्माण होस् । 
हिजोको क्रान्तिमा लागेका नौजबानहरु कोइ बिदेशिय , कोइ मनशिक रोगी भएका छन र कोही जिबित नै रहे पनि पलपल मरि रहेको अनुभव गरिरहेका छन । बाबु सबैले जित्ने राज्य भन्थेउ तर आज हामी शाहीद परिवार ,बेपत्ता परिवार हारी रहेका छौ । जीत त यहाँ उनिहरुको भयको छ जो हिजोपनि जितेका थिए । बाबु तिमी त निमुखाका निम्ती बलिदानी गर्यौ , मलाई पछुतो छैन तर बाबु आज भोली मन आतिन्छ । 
तिमी सँगै हिंडेकाहरु आज कोहि खोक्रो बिकासबाद भन्दै सर्बाहाराको अजेन्डा नै त्यगे ,कोइ फेरी संसदबादी राजनीतिमा छन र कोइ जनताकै सत्ताको लागि हिंडेका छन । म आज भोली सोचिरहन्छु बाबु मैले कसलाई राम्रो भनु ,त्यो सानो कांग्रेसको त कुरै छोड । मैले संसदबादीलाई रोजौ या ति बाबुहरु जो आज भोली बाबा हामी छौ न आतिनुस् भन्छन तिनीहरुलाई रोजौ ,मैले बुझ्नै सकिन मेरो छोरा ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी