×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकका सेवाग्राहीको पीडा : दशैंभर अधिकांस एटिएममा समस्या !

PRIME CA

सिभिल बैंकका सेवाग्राहीको पीडा : दशैंभर अधिकांस एटिएममा समस्या !

१८ आश्विन २०७४, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पछिल्लो समय वित्तीय रुपमा ‘नेपालको सबैभन्दा थर्डक्लास बैंक’ को उपनाम पाएको सिभिल बैंकका सेवाग्राहीहरुले दशैंभरसमेत हैरानी भोग्नु परेको छ । दशैंका बेला बैंकले विभिन्न स्थानमा राखेको एटिएममा निरन्तर समस्या आएपछि सेवाग्राही मर्कामा परेका हुन् । यतिसम्मकी बैंकले विभिन्न डिपार्टमेन्ट स्टोर परिसरमा राखेका एटिएममा समेत समस्या देखिएपछी सेवाग्राही आकस्मिक किनमेलबाट समेत बन्चित भएका छन् । 
जनताको व्यापक गुनासो आएपछि हामीपनि सोमबार र मंगलबार सिभिल बैंकका विभिन्न एटिएम मेसिनमा पुग्दा भाटभटेनी लागायतका केहि ठाउँमा अझै पनि मेसिनमा समस्या नै रहेको पाएका छौं । भाटभटेनी परिसरमा राखिएको सिभिल बैंकको एटिएम सोमबार दिनभर जसो समस्याग्रस्त बन्यो । कहिले चल्ने, कहिले नचल्ने समस्या दिनभर जसो चलिरह्यो । यस्तै बैंकको प्रधान कार्यालय परिसरमा रहेको एटिएम पनि सोमबार र मंगलबार पूरै दिनभर जस्तो कहिले चल्ने र कहिले नचल्ने भइरह्यो ।
यसबारे बुझ्न खोज्दा सिभिल बैंकका कर्मचारीहरुले सबै एटीएम राम्रोसँग चलिरहेको दावी गरे । भाटभटेनीको एटिएममा बुधबार पनि समस्या देखिएपछी हामीले सिभिल बैंकमा फोन गरी बुझेका थियौं । ‘हाम्रा एटीएमहरु सबै ठाउँमा राम्रोसँग चलिरहेका छन् । कुनै पनि कम्प्लेन आएको छैन ।’ बैंककि एक कर्मचारीले झुटो दावी गरिन् । 
यसो त एटिएमको कुरामा मात्र होइन सिभिलका हरेकजसो सेवामा सेवाग्राहीले हैरानी भोगिरहेका छन् । पछिल्लो समय सबैभन्दा बढी वित्तीय अवस्था बिग्रेको, कर्मचारीको बदमासी हुने र सबैभन्दा बढी ऋणी पिरोल्ने बैंकको रुपमा सिभिल बैंकलाई लिने गरिन्छ भने काम गर्ने कर्मचारीको हकमा सिभिल बैंकलाई ‘ट्रायल बैंक’ को रुपमा लिने गरिन्छ । समस्याग्रस्त केहि अन्य संस्थाहरुलाई पनि मर्जर गरेपछि बैंकको अवस्था झन् नाजुक बनेको छ ।
यस अघि एउटा ऋणीले लिएको ऋणको विवरण अरुलाई देखाउने लगायतका बदमासी समेत बैंकका कर्मचारीबाट भएको प्रमाण अर्थ सरोकार डटकमले प्रकाशित गरेको थियो । यस अलावा लिंदै नलिएको ऋणको तागेता पठाएको, लालपूर्जा नै नक्कली बनाएको, म्याद नै नपुगी धीतो लिलामी गरेको लगायतका बैंकका कर्तुतहरु अर्थ सरोकार डटकमले प्रकाशित गरिसकेको छ ।
यो पनि पढ्नुहोस् : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: