- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- शेखर गोल्छाले ‘ठगीधन्दा’ चलाएर जनताको पसीना चुस्ने गरेको खुलासा भएको छ । कालोबजारी सम्बन्धि नेपालमा प्रचलित कानुनले २० प्रतिशत भन्दा बढी नाफा राखेर सामान बेच्न नपाइने भनेपनि कानुनलाई मुट्ठीमा लिएर गोल्छाले ‘ठगीधन्दा’ चलाईरहेको खुलासा भएको छ ।
अर्थ सरोकार डटकमको अनुसन्धानले गोल्छाको हंशराज–हुलाश चन्द्र गोल्छा एन्ड कम्पनीले बजाजका विभिन्न मोटरसाइकल बेच्न्दा कानुनविपरित नाफा कुम्ल्याउने गरेको फेला पारेको छ । बजाज मोटरसाइकलको नेपालमा आधिकारिक विक्रेता रहेको यो कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजारभन्दा बढी नाफा लिने गरेको पाइएको छ । तर ठुला बढालाई कानुन नलाग्ने यो मुलुकमा उनले निरन्तर ठगी धन्दा चलाईरहेका छन् । नेपालमा राजनीतिक आड लिएर नेतालाई नै मुट्ठीमा लिने हैसियत भएका यी ठग व्यापारीलाई अहिलेसम्म कसैले कारवाही गर्न सकेको छैन । यिनका अगाडी दरबारमार्गमा अनुगमन गरेर चर्चामा आएका आपूर्तिमन्त्री पनि निरिह देखिएका छन् ।
कुन बाइकमा कति लुट्छ कम्पनीले ?
कम्पनीले जनतालाई यति सम्म लुटेको छ कि आधिकारिक विक्रेताका नाममा उसले आफुखुसी मूल्य तोकेर जनताको पसीना चुस्ने गरेको छ । यतिसम्मकि कम्पनीले ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याएको मोटरसाइकललाई ४ लाखमा बेचेको पाइएको छ । कम्पनीले डिस्कभर १२५ ड्रम मोडलको बाइक करसहित १ लाख २२ हजार ५ सय १० रुपैयाँमा ल्याउने गरेको छ भने त्यसलाई १ लाख ७२ हजार ९ सयमा बेच्ने गरेको छ । यो भनेको ४१ प्रतिशत नाफा हो । मूल्यमा कुल ५० हजार ३ सय ८९ रुपैयाँ नाफा कम्पनीले खाएको देखिन्छ । जुन सरासर गैरकानुनी हो ।
यस्तै डिस्कभर १२५ डिस्कलाई कम्पनीले एक लाख २७ हजार २ सय २६ रुपैयाँ ६० पैसामा किन्ने गरेको छ भने १७८९०० रुपैयाँमा बेच्ने गरेको छ । यो भनेको ५१६७३.४३ रुपैयाँ नाफा अर्थात ४०.६१५ प्रतिशत नाफा हो । यस्तै एभेन्जर स्ट्रीट १५० सीसीको बाइक कम्पनीले १८५४०५ रुपैयाँमा ल्याउँछ भने २५४९०० रुपैयाँमा बेच्ने गरेको छ । यो भनेको ६९४९५ रुपैयाँ अर्थात ३७.४८२ प्रतिशत नाफा हो । यस्तै कम्पनीले एभेन्जर् स्ट्रीट २२० सीसीको बाइक २११२९६ रुपैयाँमा ल्याउँछ भने २८९९०० रुपैयाँम बेच्छ । अर्थात एउटा बाइकमा कम्पनीले ७८६०४ रुपैयाँ नाफा खानेको गरेको छ । यस्तै कम्पनीले प्ल्याटीना १०० इएस मोडलको बाइकमा ३९४६२.१२ रुपैयाँ नाफा खाने गरेको छ ।जुन बाइक उसले १०९४३७.९ रुपैयाँमा ल्याएर १४८९०० रुपैयाँमा बेच्ने गरेको छ । यो नाफा ३६.०५८ प्रतिशत हुन आउँछ ।
यस्तै कम्पनीले डिस्कभर १५० एस १४५४६८.९ रुपैयाँमा ल्याएर १९७९०० रुपैयाँमा विक्री गरी ५२४३१.११ अर्थात ३६.०४ रुपैयाँमा बेच्ने गरेको छ । कम्पनीले पल्सर १८० सीसी १८१२८७.५ रुपैयाँमा किनेर २४४९०० मा बेच्छ अर्थात एउटा पल्सरमा उसले ६३६१२।४८ रुपैयाँ नाफा खान्छ । यस्तै एभेन्जर क्रुज २२० सिसि बाइकमा उसले ७१७६४.७६ नाफा अर्थात ३१.४५ प्रतिशत नाफा खाने गरेको छ । यो बाइकलाई उसले २२८१३५.२ मा किनेर २९९९०० रुपैयाँमा बेच्ने गरेको छ ।
यस्तै पल्सर २२० फ्रेमलाई उसले २१५२२६.१ मा किनेर २७९९०० मा बेची कुल ६४६७३.८८ रुपैयाँ अर्थात ३०.०४ प्रतिशत नाफा खाने गरेको छ । यस्तै पल्सर एएस १५०मा उसले ५५०६६.२२ रुपैयाँ अर्थात २७.९७ प्रतिशत नाफा खाने गरेको छ । यो बाइक १९६८३३.८ रुपैयाँमा किनेर कम्पनीले २५१९०० रुपैयाँमा बेच्ने गरेको छ । यस्तै कम्पनीले पल्सर २०० एनएस २२४३००.१ रुपैयाँमा किनेर २८६९०० रुपैयाँमा बेची कुल ६२५९९.९५ अर्थात २७.९० प्रतिशत नाफा खाने गरेको छ । यस्तै कम्पनीले पल्सर एएस बेच्दा ५८१०३.०९ रुपैयाँ अर्थात २५.६१ प्रतिशत नाफा खाने गरेको छ । कम्पनीले यो बाइक २२६७९६.९ रुपैयाँमा किनेर २८४९०० रुपैयाँमा बेच्ने गरेको छ । यस्तै पल्सर आरएस २००लाई कम्पनीले ३२३६५५ रुपैयाँमा किनेर ३९९९०० रुपैयाँमा बेची कुल ७६२४४.९६ रुपैयाँ २३.५६ प्रतिशत नाफा खाने गरेको छ ।
यस्तै कम्पनीले पल्सर २०० आरएस बाइकमा २३ प्रतिशत नाफा देखिएको छ । पल्सर, पलाटिना र डिस्कभर वाइकलगायतका अन्य मोटरसाईकलमा २० प्रतिशत भन्दा बढी नाफा देखिन्छ । प्रज्ञापन पत्रमा उल्लेखित मुल्यमा भन्सार महशुल जोड्दा करसहितको मूल्य हुन्छ । बिक्री मूल्यबाट करसहितको मूल्य घटाउँदा कम्पनीको नाफा निस्किन्छ । मोटरसाईकलमा सरकारले १०३ प्रतिशत भन्सार महशुल कायम गरेको छ । यसरी हिसाब गर्दा, पल्सर २२० स्ट्रीट फाइटरमा ७६ हजार दुई सय ४४ रुपैयाँ र डिस्कोभर १५० ड्रममा ४१ प्रतिशत अर्थात पचास हजार तीन सय उनानब्बे रुपैयाँ नाफा देखिन्छ ।
के भन्छ कम्पनी ?
यसो त कम्पनीका कोहि पनि प्रतिनिधि यसबारे बोल्न मान्दैनन् । विभिन्न कार्यक्रममा अनौपचारिक कुराकानीमा कम्पनीका अध्यक्ष शेखर गोल्छाले हामीले गरेको हिसाव नै नमिल्ने जिकिर गर्ने गरेका छन् । उनले बाइकमा अन्य खर्च पनि हुने दावी गरेका छन् । तर नेपालको प्रचलित कानुनले सबै खर्च गरेर पनि खरिद मूल्य र विक्री मूल्यको फरक २० प्रतिशत भन्दा माथि हुन नहुने स्पष्ट रुपमा उल्लेख गरेको छ ।