Skip to content

‘अत्याचार’ भएपछि शिवम् सिमेन्ट विरुद्ध जागे जनता, उद्योग बन्द गराउने चेतावनीसहित आयो यस्तो बिज्ञप्ति !

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
हेटौंडा – जनतालाई ठगी गर्ने, ठगी गरेको प्रमाणित भएपछि आएका समाचारहरु रोक्न लगाउने, स्थानीयलाई तँ मु*लाई मार्छु भन्दै मेनेजर साप हिड्ने, र सबैजसो काममा ‘सेटीङ’ मिलाएर जनता ठग्न पल्किएको नेपालमा सबैभन्दा बदनाम सिमेन्ट उद्योगले अत्याचार गरेपछि आफुहरु शिवम सिमेन्ट पिडीत भएको भन्दै मकवानपुर गढी गाउपालिका बसाेवास संरक्षण समितिले शीवम् सिमेण्टलाई उधाेग बन्द गराउने चेतावनी दिएकाे छ । 
समितिका अध्यक्ष कृष्ण प्रसाद चाैलागाईका अनुसार शिवम सिमेन्ट उद्योगले अत्याचार गरेपछि यसरी बिज्ञप्ति नै निकाल्नुपरेको हो । उनका अनुसार एक हप्ताभित्रै अाफुसंग भएकाे संझाैता कार्यान्वयन नगरिए उधाेगले सञ्चालनमा ल्याएकाे खानी, उधाेग र खानीबीचकाे माेटरबाटाे तथा खानी समेत बन्द गराउने तयारी भएको छ ।
शिवम् सिमेन्टले सञ्चालनमा ल्याएकाे ढुङ्गाखानीबाट मकवानपुर गढी गाउपालिकाकाे अधिकाशं बस्तीहरु प्रभावित भई जाेखिममा परेपछि गठन भएकाे बसाेवास संरक्षण समिति र उधाेगबीच यसअघि विभिन्न १३ बुदे सहमति भएकाे र उक्त सहमति सिमेन्ट उद्योगले पालना नगरेर खाली दादागिरी मात्र देखाएकाले संघर्षका थप कार्यारमहरु अगाडी ल्याउनुपरेको गाउपालिका वडा नं ६ का अध्यक्ष टीका प्रसाद दहालले जानकारी दिए ।
शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको खानीबाट प्रभावित भएका बाढि पीडितलाई राहत बितरण गर्नुपर्ने, विषयगत प्राविधिकले तयार पारेकाे डि पि अार बमाजिम प्रभावितहरुलाई समस्या समाधान गरनुपर्ने, खानी उत्खननका क्रममा निस्किएकाे ग्रेवल लाई सुरक्षित तरिकाले डम्पिङ गर्नुपर्ने, खानी प्रभावित क्षेत्रका कृषकहरुलाई उचित मुअाब्जा सहित स्थानान्तरण गर्नुपर्ने, जाेखिममा परेका बस्तिलाई बिज्ञ प्राविधिककाे डिपिअार बमाेजिम सरक्षण गर्नुपर्ने, खानी र उधाेग सञ्चालन गर्दा उत्पादित धुवा तथा धुलाेलाई उचित ब्यवस्थापन गर्नुपर्ने लगायतका १३ बुदे संझाैता भएपनि उधाेगले संझाैता कार्यान्वयन गर्न अटेर गरेपछि यस्ताे चेावनी दिईकाे सचिव नर बहादुर स्याङ्तानले बताए । 
एकहप्ते अल्टिमेटम पत्र बुझाउने निर्णय गर्दै समितिले उद्याेग र वनका कर्मचारी समेतकाे मिलेमताेमा खानी उत्खनन् गर्दा सरकारी जग्गा समेत जवर्जस्ति कब्जा गरेकाेले तत्काल सम्वन्धित निकायकाे ध्यानाकर्षण गराएकाे छ । अाफ्ना सकरात्मक मागहरु पूरा गर्न अटेर गर्दै उधाेगले प्रभावित क्षेत्रमा गुण्डा प्रयाेग गर्ने गरेकाले त्यसाे गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण दुर्घटनाकाे जिम्मा उधाेगले लिनुपर्ने समितिकाे चतावनी पत्रमा उल्लेख छ ।
यस्तो छ पत्र :
यो छुटाउनु भयो कि ?
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्