![](https://1.bp.blogspot.com/-86y1obPGA68/Whg3rn8KrSI/AAAAAAAAjj8/G3o6raNkALAB51dFEPiufD_ft40d5WUmwCLcBGAs/s640/shivam.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- शिवम् सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारु विरुद्ध ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबीसहित मुद्धा दायर भएको छ । शिवम् सिमेन्टले सञ्चालन गर्दै आएको साविकको सुकौरा गाविस वडा नम्बर ६ को चपकी खानी र ठिंगन गाविसको वडा नम्बर ९ मा रहेको चुनढुंगा खानी अवैधरुपमा उत्खनन् गरेको भन्दै उद्योगका प्रमुख मारुलाई पक्राउ गरिएको थियो । जिल्ला वन कार्यालय मकवानपुरले स्वीकृति लिएभन्दा बढी खानी उत्खनन् गरेकाले पक्राउ गरेको जनाएको छ । यसबारेमा नेपाली मिडियामै पहिलो पटक अर्थ सरोकार डटकमले समाचार ब्रेक गरेको थियो ।
पक्राउ गरिएपछि उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको जिल्ला वन कार्यालय मकवानपुरमा जानकारी गराएको छ । यसो त मारु एक गोटीमात्र भएको र शिवम् सिमेन्टका मालिककै निर्देशनमा यस्तो गैरकानुनी काम भएको जानकारहरुको आरोप छ । सिमेन्ट उद्योगले चरम दादागिरी देखाउंदै देशको खानीमाथि धावा बोलेको भन्दै पटक पटक शिवम् सिमेन्ट विरुद्ध जनगुनासो आएको थियो । यता वन कार्यालयले समेत पटक पटक सचेत गराउँदासमेत, ‘म लुटेर खाने नै हो, तिमीहरुले जेजे सक्छौ गर’ भन्दै सिमेन्ट उद्योगका मालिकले वन कार्यालयलाई नै थर्काएपछी उद्योगका प्रबन्ध निर्देशकलाई पक्राउ गरिएको स्रोतको दावी छ ।
शिवम् सिमेन्ट नेपालको सबैभन्दा विवादित सिमेन्ट हो । पटक पटक कम तौल र कमसल सिमेन्ट भेटिएपनि कम्पनीले वाणिज्य विभागकै कर्मचारीहरुलाई प्रभावमा राख्दा कारवाही हुन नसकेको आरोप लाग्ने गरेको छ ।
यो छुटाउनु भयो कि ?