
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ठग सिमेन्टको उपमा पाएको शिवम् सिमेन्टले राष्ट्रिय गान नै बिगारेर विद्यार्थीहरुमाथि भ्रम छरेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि कम्पनीले उक्त काम सच्याएको छ । विदेशी एजेन्सीबाट पैसा लिएर ‘सामान्य त्रुटीजस्तो देखाएर’ क्रमिक रुपमा राष्ट्रिय गान बिगार्ने षड्यन्त्रको प्रायोजित खेलमा आरोप लागेपछि सिमेन्टले रातारात गलत राष्ट्रगान हटाएर उक्त सहि ठाउँमा राष्ट्रिय गान राखेको छ ।
स्कुल भने कमिसनमा चुर्लुम्म !
यता विद्यालय हाताभित्र प्रचारात्मक सामाग्री राख्नु गलत भएपनि श्री जनता माध्यमिक विद्यालयले भने कमिसन लिएर शिवम् सिमेन्टको प्रचारात्मक सामाग्री राखेको खुलेको छ । यसरी राष्ट्रगान नै गलत राख्ने कम्पनीलाई निरुत्साहित गर्नुपर्नेमा विद्यालयले पाउने थोरै कमिसनको लोभमा अर्को बोर्ड लगेर विद्यालयमा झुन्ड्याईएको छ ।यति मात्र कहाँ हो र ? सिमेन्टले विभिन्न कुराहरु लेखेका बोर्ड विद्यालयमा झुन्ड्याएर विद्यालयले शैक्षिक मन्दिरभन्दा पनि विद्यालयलाई शिवम् सिमेन्टको विज्ञापन गर्ने र कमिसन खाने थलो बनाएको छ । यस विषयमा हामीले बुझ्न खोज्दा विद्यालय नेतृत्व हामीसंग बोल्न चाहेन । विद्यालयका एक तल्लो तहका कर्मचारीले बताए अनुसार शिवम् सिमेन्टका कर्मचारीले विद्यालयमा कमिसन दिंदा नै अर्थ सरोकार भन्ने ठाउँबाट फोन आयो भने कुरा नगर्नु भनेका थिए ।
राष्ट्रिय अभिवावक संघका अध्यक्ष भन्छन्,’ यो त सरासर अनैतिक काम हो’
यस विषयमा हामीले राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्म दत्त देवकोटासँग कुराकानी गरेका थियौं । उनले उक्त कदम निकै नै अनैतिक र गैरकानुनी भएको बताएका छन् । ‘विद्यालयमा कुनै पनि बहानामा कुनै सामाग्रीको विज्ञापन गर्नु शिक्षा नियमावली विपरित हो ।’ उनले भने । उनीसंग गरिएको कुराकानीको भिडियो हामी आगामी अंकमा प्रकाशित गर्नेछौं ।
सिमेन्ट उद्योगको दावी, ‘कमिसन दिएका छैनौं, राष्ट्रगानको विषयमा गल्ती भएकै हो’
यता पटक पटक फोन गर्दासमेत शिवम् सिमेन्ट यस विषयमा बोल्न नाचाहेपपछी हामी केहि दिन अघि शिवम् सिमेन्टको कार्यालयमा नै पुगेका थियौं । हामी आउने बितिकै बैठकको बहानामा केशव अर्याल लुकेपछि हामीले शिवम् सिमेन्टका असिष्टेन्ट ब्राण्ड मेनेजर अनुज महतसँग कुराकानी गरेका थियौं । उनले स्कुलहरुलाई कमिसन नदिएको दावी गर्दै राष्ट्र गानको विषयमा भने आफ्नो गल्ती भएको स्वीकारेका छन् । ‘राष्ट्र गानको विषयमा गल्ती भएकै हो । हामीले सच्याउन लगाएका छौं । हामीले पनि अर्थ सरोकारको समाचार पढेपछि मात्र यो जानकारी पायौं ।’ यता कमिसन खुवाएर मिडियामा समाचार रोकाएको, सिमेन्टको तौल कम भएको लगायतका विषयमा प्रश्न गर्दा बहने उनले केहि पनि प्रतिक्रिया दिन चाहेनन् । उनले फोन गरेर समय मिलाउनुस् अनि केशव जीलाई नै भेट्ने गरी आउनुहोस् भन्दै टारेका थिए ।
यो छुटाउनु भयो कि ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्