- रमेश केसी
बिडम्बना मेरो देश को ! सिरक डस्ना बोकेर कोरिया जाने भाषा परिक्षा दिन बुझाउनुपर्ने दस्तुर बुझाउने लाइनमा बस्ने मेरो देशका युवा किन नेपालमै केहि गर्दैनन त ?
१. पूँजी छैन : ऋण लिउ, बैंकले गाउंको जग्गा धितो मान्दैन, ब्याज १५% ! भन्नुहोला कृषिमा त सस्तो छ ब्याज : कुन ?? माइक्रोफाइनान्स वालाको कि शहकारी वालाको ? ए बैंकको कुरो गर्नुभएको हो ? एकपटक आफु लिएर हेर्नुस्, अनि थाहा हुन्छ !
२. श्रमको सम्मान छैन : हेर त फलानाको छोरो त्यत्रो पढेर बाख्रा / बुंगुर पालेर बसेको छ हली भएर !! हिम्मत भए पो जागिर खाओस् / लाहुर जाओस त !
३. जिवन उपयोगी शिक्षा छैन !: पढेको त एमए पास, बाख्रा, बुंगुर कुखराले के खान्छ थाहा छैन , काउलीको बेर्ना सार्ने कि छर्ने थाहा छैन , घरमा सानो किला ठोक्न आउन्दैन !
४. सरकार चाहन्छ रेमिट्यान्स आओस ! : पास्पोर्ट बनाए ५ हजार , श्रम स्वीकृति लिए अर्को २५ सय, बिदेश उडे १२ सय एअरपोर्ट ट्याक्स, रेमिट्यान्स पठाए अर्को ट्याक्स , त्यहि रेमिट्यान्सले हो राष्ट्रपति मन्त्रीदेखि कार्यकर्ता सम्मले औषधि उपचार शहायता पाउने ,बुढाबुढिले बुड्यौली भत्ता पाउने !
५. परिवार चाहन्छ रेमिट्यान्स आओस् : बाबा / भाईबहिनीलाई मोबाइल , आमालाई नौगेडी ,श्रीमतीलाई हार अनि शहर , छोराछोरीलाई बोर्डिङ !
६. ब्यापारी चाहन्छ रेमिट्यान्स आओस ! : सुन पसल केले चल्ने ? गाउँगाउँमा बोर्डिङ स्कुल केले चल्ने ? ईन्डियाको सारी लेहेङगा केले बिक्ने ? मोबाइल केले बिक्ने एनसेल, एनटीसी, वर्ल्डलिंक, भायनेट, डीस होम, केले चल्ने ?
७. छिमेकी चाहन्छन रेमिट्यान्स आओस !: नेपाल तरकारी फलफूल मासु खाधन्नमा आत्मनिर्भर भएर धेरै उत्पादन गर्यो भने उताको किसान मरेनन ? ब्यापार घाटा बढेन ? उद्योग / प्रविधिमा प्रगति गर्यो भने परेन फसाद माथिको राउटर बिक्ला ? ज्याकेट बिक्ला ? कपडा बिक्ला ?
८. विश्व चाहन्छ नेपाल गरिब होस् !: यो जमानामा यति मेहनति बलिया ४० लाख १८ बर्ष देखी ३९ बर्ष सम्मका कामदार महिनाको न्युनतम १५० देखी १००० डलर मा कहाँ पाईन्छ ?