
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पछिल्लो समय कहिले कर नतिरेको विवाद त कहिले नक्कली इन्सुरेन्स दावी सम्बन्धि विवाद, गर्दै निकै विवादित बन्दै आएको व्यापारिक घराना विनोध चौधरीको लगानी रहेको युनाइटेड इन्सुरेन्समा कर्मचारीमाथि चरम शोषण हुँदै आएको खुलासा भएको छ । कम्पनीले राजीनामा दिएका कर्मचारीलाई ब्रखास्त गर्दै र तीनैलाई जरिवाना तिराउँदै गरेर कर्मचारीमाथि चरम शोषण गरेको खुलासा भएको हो ।
कम्पनीको झुर प्रदर्शन, सधैंजसो आइरहने विवाद र कर्मचारीलाई व्यवस्थापनले गर्ने तल्लो स्तरको व्यवहारका कारण कर्मचारीहरुले भकाभक राजीनामा दिन थालेपछि कम्पनीको व्यवस्थापन यस्तो दकममा उत्रिएको हो । कम्पनीले यति सम्म नीच काम गरेको छ कि कम्पनीले राजीनामा दिएका कर्मचारीको राजीनामा स्वीकृतचाहिं नगर्ने, अनि राजीनामा दिएर काम नै छोडीसकेका कर्मचारीहरुलाई तीन महिनापछि कार्यालय हाजिर नहुने कर्मचारीहरुलाई ब्रखास्त गरिएको सूचना प्रकाशित गर्ने र ४ महिनाको तलव बराबर क्षतिपूर्ति तिराउने काम भएको छ । यसरी आफ्नो बेइज्जत गरेको भन्दै केहि पीडीत कर्मचारीहरुले कम्पनीको कर्तुत बाहिर ल्याउन विभिन्न सञ्चारमाध्यमहरुमा अनुरोध गरेका छन् ।
पछिल्लो समय कम्पनीको मुख्यालयको व्यापार शाखा प्रमुख बद्री अधिकारी, पोखराका शाखा प्रबन्धक शिव सुवेदी, नारायणगाढको शाखा प्रबन्धक रामबहादुर गुरुङ, बजार अधिकृत तिर्थबहादुर गुरुङ, सर्लाही शाखा प्रबन्धक दिनेश कार्की, जनकपुर शाखा प्रबन्धक मुकेश कुमार, केन्द्रीय कार्यालयका लेखा अधिृकत रविरञ्जन सराफ, धनगढीका शंकर कुमार भण्डारी, बनेपाका राधाकृष्ण श्रेष्ठ, इटहरीका पूजा निरौलाले राजीनामा दिएका छन् भने यसअघि केन्द्रीय कार्यालय तथा विभिन्न शाखाबाट राकेश कर्माचार्य, प्रकाश गैरे, धिरेन्द्र जोशी, हरि चौधरी, प्रविण कोइराला, टंक रेग्मी, प्रकाश पन्त, ईश्वार भट्टराईले राजीनामा दिएका थिए ।
काम गर्ने वातावरण पनि नमिलाउने, अनि राजीनामा दियो भने पहिला राजीनामा नदिन आग्रह गर्ने, दोश्रो थर्काउने र पछी केहि सीप नलागेपछि राजीनामा स्वीकृत नगरी निकालेको बहाना गराएर कर्मचारीको बेइज्जत गराउने काममा कम्पनी लागेको पीडीतहरुको गुनासो छ । यता जनकपुरको श्रम कार्यालय र काठमाडौंको श्रम कार्यलायले श्रम ऐन २०७४ को दफा १४१ (३) अनुसार श्रमिकको राजीनामा स्वीकृत नगरिएको भन्दै कम्पनीसँग प्रष्टिकरण मागेको छ । तर कम्पनी भने श्रम कार्यालयविरुद्ध पुनरावेदनमा जाने तयारीमा रहेको छ ।
यसअघि नक्कली इन्सुरेन्स प्रकरणमा पनि कम्पनीले सर्वोच्च गुहारेको थियो । यसो त चौधरीले लगानी गरेका अधिकांस ठाउँमा कर्मचारीहरुलाई चरम शोषण गर्ने गरेको तथ्य बाहिर आएको छ । चौधरीको लगानी रहेको सीजी कम्पनीमा कतिपय कर्मचारीले बर्षौंसम्म तलव पाएका छैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्