- बाबुराम भुषाल
१) नेपालमा हाल सत्तासिन वा प्रतिपक्षीय पार्टीहरु मुख्यतया, एमाले काङ्ग्रेस, माओवादी केन्द्र लगायत मधेशवादी दलहरु भारतका लम्पट अनुयायी हुन् । यिनीहरुको दलगत मनोविज्ञान दासत्वको कन्टेन्ट्ले भरिएको छ । र यी हरुले नेपालको रक्षा र नेपाली जनताको सम्वृद्धी हैन, भारतीय प्रभुको चाकडिको लागि राजनीति गर्छन । केपि ओली त झन शेर बहादुर भन्दा पनि निरीह लाचार र गैर राजनितिक जोकर हुन्, लगायतका तथ्य पुष्टि भएको छ।
२) भारतको नेपाललाइ भुटानीकरण र सिक्किमिकरण गर्ने पुरानो साम्राज्यवादी योजना कमजोर हुने होइन झन् घातक ढङ्गले आएको छ । १९५० लगायतका असमान सन्धी सम्झौता, पटक पटकका नाकाबन्दी गर्ने, नेपालको आन्तरिक मामलाको माइक्रो म्यानेजमेन्ट गर्ने, नेपालको स्वाधिनतामाथी नग्न हस्तक्षेप गर्ने उसको नियत अझै पोटिलो हुँदै गएको छ भन्ने कुराको पुष्टि भएको छ । यो पनि छर्लङ्ग भएको छ कि नेपालका संसदीय नेताहरुलाई किनेपछि जनतालाइ भारतको सत्ता पक्षले जति दमन र उत्पिडन गरे पनि भारतको विरोध गर्न सक्दैनन्भन्ने भारती पक्षको भ्रामक दृष्टोकोण पनि धरापमा परेको छ । यसले भारतले नेपालीहरुको इमोसनको व्यापार पनि गरेको छ।
३) नेपालमा बैकल्पिक शक्तिको खाचो र विप्लवको उपस्थिती : नेपालमा बैकल्पिक शक्तिको खाचो खड्किएको तथ्य मोदिको भ्रमण र उसको भ्रमणको क्रममा ओली सत्ताले देखाएको लम्पसारवादी व्यवहारले पुष्टि गरेको छ। नेपाली भुमी मा राज्यको निम्तोमा भारतिय सेनाले बुट बझार्नु, अरुण तेश्रोको चावी मोदिलाइ बुझाउनु, र नेपाली जनतामाथि नाकाबन्धी जस्तो जधन्य अपराध थोपर्ने उहीँ मोदीलाई नागरिक अभिनन्दन गर्ने राज्यको जनविरोधी कृयाकलापले अब यी सत्तासिन दलले देश बचाउन सक्दैनन भन्ने पुष्टि भएको छ । तसर्थ विप्लव नेतृत्वको नेकपाले उठाएको आन्दोलन आजको नेपालको अपरिहार्यता हो भन्ने पनि पुष्टि भएको छ ।