Skip to content
LAXMI SUNRISE BANK

आरएसडीसी लघुवित्तको खुद नाफा ४७.३२% वृद्धि हुनुमा यस्तो छ कारण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २ करोड ३० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा ४७.३२% धेरै हो । गत वर्ष १ करोड ५६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीले खुद ब्याज आम्दानी ६७.१८% ले वृद्धि गरेर ४ करोड ५९ लाख १८ हजार रुपैयाँ कमाएको छ।  गत वर्ष खुद ब्याज आम्दानी २ करोड ७४ लाख ६५ हजार रुपैयाँ कमाएको थियो । साथै कम्पनीले सञ्चालन नाफा पनि ६३.१३% बढाएर ३ करोड ६२ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यो कम्पनीको सञ्चालन नाफा  २ करोड २२ लाख थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढाउन सफल भएकोले गर्द यो कम्पनीको खुद नाफामा पनि वृद्धि भएको हो ।
 चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ६६ लाख ४३ हजार रुपैयाँ रहेको छ । आरएसडीसीको खराब कर्जा ०.०९% छ । कस्ट अफ फन्ड पनि ८.५५% बाट बढेर ११.०५% भएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ २४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४१ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK