×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मञ्जुश्रीमा ‘मनपरी’-४ : कहीं नभएको जात्रा ‘मञ्जुश्री’मा, कर्जा चुक्ता नै नगरी धीतो-बन्धक फुकुवा ! लाखौँको चलखेल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कर्जा चुक्ता नै नगरी धितो बन्धक फुकुवा हुन्छ ? अलिकति पनि बैंकिङ ज्ञान भएकाहरुको उत्तर हो, ‘हुँदै हुँदैन ।’ तर यहाँ पैसा र पावरको सेटिङमा जे पनि हुने रहेछ । पछिल्लो समय फाइनान्स कम्पनीमध्येकै सबैभन्दा विवादित भएको कम्पनी मञ्जुश्री फाइनान्समा यस्तै भएको छ । एक निर्माण कम्पनीले संस्थाबाट धितो राखेको सम्पत्ति कर्जा नै चुक्ता नगरी फुकुवा भएको छ । अहिले मञ्जुश्री फाइनान्स कम्पनीको यो प्रकरण एक कान दुई कान हुँदै मैदान भनेजस्तै गरी नेपाली बैंकिङ क्षेत्रमा निकै चर्चाको विषय बन्न थालेको छ । तर कसरी भयो यस्तो ? घटनाको विवरण के हो ? अर्थ सरोकार डटकमले यसको विस्तृत विवरण फेला पारेको छ ।
यस्तो छ घटनाको नालीबेली !
पीआर कन्स्ट्रक्सन नामक कम्पनीले मञ्जुश्री फाइनान्समा सम्पत्ति धीतो राखेर ६९ लाख रुपैयाँ कर्जा लिएको थियो । कम्पनीले केहि किस्ता पनि तिरीरहेको थियो तर कर्जा चुक्ता भएको थिएन । एक दिन न्यूरोड ब्रान्चमा रहेका मनोज गौतम, जो अहिले हेडअफिसमै कार्यरत छन्, उनको फोनका भरमा नारायणघाटका ब्रान्च मेनेजर अभय मुडभरीको निर्देशनमा सम्पत्ति फुकुवा भएको थियो । गौतमले उनले पैसा तिरिसकेको भन्दै नारायणघाटमा रहेका अभय मुडभरीलाई सम्पत्ति फुकुवा गर्न आदेश दिएका थिए । सोहि अनुरुप नारायणघाटमा रहेका आभय मुडभरीको निर्देशनमा सम्पत्ति फुकुवा भएको थियो । तर उक्त कर्जा चुक्ता नै नगरी धीतो बन्धक फुकुवा भएको खुलासा भएपछी कम्पनीमा कतिसम्म बदमासी हुँदो रहेछ भन्ने खुलासा भएको हो । 
अचम्मको कुरा त के छ भने उक्त धीतो बन्धक फुकुवा गर्दा सीइओकोअप्रुभलसमेत लिइएको छैन । अहिले यो केस मुद्धा मामिलामा समेत पुगेको फाइनान्स स्रोतको दावी छ । यो त प्रतिनिधि घटनामात्र हो । पछिल्लो समयमा मञ्जुश्री फाइनान्स कम्पनीमा थुप्रै यस्ता घटनाहरु घटेको र केहि बाहिर आउने क्रममा रहेको फाइनान्समा कार्यरत कर्मचारीहरु बताउँछन् । पैसाको लोभमा यस्तो काम हुने गरेको आरोप त्यहाँ काम गर्ने कर्मचारीहरुकै छ । यसअघि पनि करोडौंको घोटाला गरेर कम्पनीका पूर्व सीइओ नवराज थापा फरार छन् । उनी पक्राउ परेका छन् भन्ने चर्चा चलेको भएपनि सीआइबीले भने यस विषयमा अनुसन्धान भइरहेकाले केहि पनि बोल्न नमिल्ने बताईरहेको छ ।
सीइओ सन्तोष निरौलाको व्यवहार नै शंकास्पद !
यता पछिल्लो समय कम्पनीका सीइओ सन्तोष निरौलाको व्यवहारपनि शंकास्पद देखिन थालेको छ । आफ्ना र आफु सीइओ भएको कम्पनीका एक एक कर्तुतहरु बाहिरिन थालेपछि उनले पत्रकारको फोन नै उठाउन छाडेका छन् । हामीले मञ्जुश्रीको यो र अन्य केहि घटनाबारे उनको भनाइ राखेर समाचारलाई सन्तुलन गर्न खोजेका थियौं । तर उनले हामीले १३ पटक फोन गर्दा पनि फोन उठाएनन् भने हाम्रो एसएमएस पनि रिप्लाई गरेनन् । यसले उनी गलत छन् र आफु समाचारबाट भाग्न खोजीरहेको प्रष्ट हुन्छ । अझ उक्त कम्पनीका प्रमोटरसमेत रहेका उनी संस्थालाई अरुकसैको जिम्मा लगाएर आफु नवराज थापाजस्तै भाग्न खोजीरहेको र उक्त प्रक्रियामै उनी व्यस्त भएको चर्चा समेत चल्न थालेको छ । 
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: