Skip to content
LAXMI SUNRISE BANK

समाचार प्रभाव : सानिमा बैंकको कर्तुत पर्दाफास भएपछि टहराका विद्यार्थी पक्की भवनमा फर्काइए, ४-२ कोठा बाँडीए !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- दोलखाको मेलुङ गाउँपालिकामाको एक विद्यालयमा विद्यार्थीहरु टहरामा पठाएर सानिमा बैंकले विद्यालय भवनमा सानिमा बैंकको कार्यालय राखेको खबर सार्वजनिक भएपछि सानिमा बैंकले सबैको सल्लाहमा आफ्नो कर्तुत सच्याएको छ । सरकारी खर्चमा पुनर्निर्माण भएको भवनमा विद्यार्थीहरुलाई टहरामा पठाएर भवनमा बैंक राखेको खबर सार्वजनिक भएपछि भूकम्पपछि पुननिमार्णका लागि बनेको शिक्षा कार्यालय अन्तर्गतका आयोजना कार्यन्वयन ईकाई (शिक्षा) का प्रमुख गोविन्द सेडाईको ठाडो निर्देशनमा भवनमा विद्यार्थीहरु फर्काइएका हुन् ।
सानिमा बैंकले गरेको गलत कामको फर्दाफास भएपछि वडाअध्यक्ष, विद्यालयका प्रधानध्यापक सानिमा बैंकका प्रतिनिधि लगायतको बैठकले कुल ६ कोठा मध्ये ४ -२ कोठा बाँड्ने सहमति भएको हो । जसमध्ये २ कोठा बैंकले प्रयोग गर्ने र ४ कोठा विद्यालयले नै प्रयोग गर्ने सहमति भएको हो । यस विषयमा बैंकको प्रधान कार्यालयले समेत विशेष चासो दिएको थियो । पछिल्लो समय एक-पछी अर्को विवादमा बैंक फस्दै गएपछी प्रधान कार्यालयले पनि यस विषयमा विशेष चासो दिएको थियो । यता नेपाली काङ्ग्रेस निकट विद्यार्थी संठगन नेपाल विद्यार्थी संघले बैंकले बिद्यालय भवनको दुई कोठा प्रयोग गरेको बिषयलाई राजनीतिक मुद्दा बनाउँदै एक प्रेस बिज्ञप्ति जारी गरी १ हप्ताभित्र त्यहाँबाट बैंक नहटे आन्दोलन गर्ने चेतावनी दिएको थियो । यसलेसमेत बैंक र विद्यालय व्यवस्थापनलाई थप ‘प्रेसर’ परेको थियो । 
यता बैंकले पटक पटक लुकाउन खोजेको तथ्य विद्यालयका प्रधानाध्यापक सचिन थोकरले भने खोलिदिएका छन् । उनले विद्यालय भवनको बिकल्पमा अन्य घर नभएकाले बैंकलाई भाडामा दिने सम्झौता गरेको स्वीकार गरेका छन् । यता वडाअध्यक्षले समेत आफुलाई अल्पमतमा पारेर सानिमा बैंकलाइ विद्यालयको भवन भाडामा दिईएको बताएका थिए ।
स्मरण रहोस पछिल्लो समय सानिमा बैंकको खाताबाट नै ग्राहकको रकम हराउँदा पनि बैंकले जिम्मा लिएको थिएन । पछिल्लो समय सानिमा बैंक विवादमा मुछिंदै आएको बैंक हो ।  
सानीमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK