
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ग्राहकको पैसा खाताबाट नै गायब बनाएर पछिल्लो समय बदनाम बन्दै गएको सानिमा बैंकले कर छल्ने बदनियतका साथ अवैध क्षेत्रमा लगानी गरेको भन्दै राजश्व अनुसन्धान विभागमा उजुरी परेपछि विभागले यस विषयमा अनुसन्धान सुरु गरेको छ । मिति २०७४। ०८। ०२ गते जुम्ला घर भएका र हाल सितापाइला बस्ने अंगराज भारतीले बैंकविरुद्ध उजुरी गरेपछि विभागले यसको अनुसन्धान सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका विपरित सानिमा बैंकले आर्थिक बर्ष २०७२/७३ मा विपन्न वर्गमा गरेको प्रत्यक्ष लगानी ५४ करोड २० लाख र विभिन्न लघुवित्तलाइ दिएको थोक कर्जा एक अर्व १३ करोड ३० लाख तोकिएकै क्षेत्रमा नभई अवैध क्षेत्रमा लगानी भएको दावीसहित राजश्व विभागमा उजुरी परेपछि अनुसन्धान सुरु भएको हो । साथै बैंकले विभिन्न गैरकानुनी काम गरेको, नियम विपरित काम गरेको, प्रक्रिया मिचेर काम गरेको लगायतका प्रमाणहरुसहित राजश्व अनुसन्धानमा उजुरी परेको थियो ।
प्रक्रिया समेत मिचेछ सानिमा बैंकले !
यता सानिमा बैंकले प्रचलित नियमहरुको धज्जी उडाएर प्रक्रिया मिचेको समेत फेला परेको छ । विपन्न वा गरिव भनी तथ्यांक विभागको ‘नेपाल जीवनस्तर सर्वेक्षण २०६६/६७’ ले गरिव भनी परिभाषित गरीसकेको अवस्थामा सोहि रर्वेक्षणलाइ आधार मानेर सेवा सुविधा पाउने व्यक्ति वा गरिव समूह भनी स्थानीय निकायबाट सिफारिस लिनुपर्ने भएपनि सानिमा बैंकले उक्त सिफारिस नै नलिइ प्रक्रिया मिचेर काम गरेको आरोप पनि उजुरीमा लगाइएको छ । सानिमा बैंकले विपन्न बर्गमा गरेको भनी गरेको लगानी समेत विपन्न वर्गमा नपरेको उजुरीकर्ताको दावी छ । यता बैंकले केहि लघुवित्त मार्फत गरेको लगानी पनि गलत ठाउँमा परेको भएपनि सम्बन्धित निकायले यस विषयमा ध्यान नदिएका कारण अनुसन्धान गरी बैंकमाथि कारवाहीको प्रक्रिया चलाउन आग्रहसमेत उजुरीमा गरिएको छ ।
मिलेमतोमा भयो गढबढी !
यता उजुरीकर्ता अंगराज भारतीले नेपाल राष्ट्र बैंकको मिलेमतोमा सानिमा बैंकले कर छल्ने बदनियतका साथ यस्तो गलत काम गरेको समेत आरोप लगाएका छन् । ७ करोड ६१ लाख ६ हजार ४ सय ५४ रुपैयाँ ५० पैसा कर छली भएको हिसाब सहितको विवरण उजुरीमा उल्लेख गरिएको छ । साथै राजश्व अनुसन्धान विभागलाइ यस विषयमा अनुसन्धान गरी गलत धन्दा गर्ने सानिमा बैंकलाई कारवाहीको प्रक्रियामा ल्याउन आग्रह समेत उजुरीकर्ताले गरेका छन् । ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २ र ४ आकर्षित हुने गरी सानिमा बैंकले गलत काम गरेको भन्दै विभागमा अनुसन्धान सुरु गर्नका लागि आग्रह सहितको उजुरी पेश गरिएको हो । उक्त उजुरीको बोधार्थ सानिमा बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लगायतकहाँ पनि पठाइएको छ ।
प्रतिक्रिया दिन मान्दैनन् सानिमा बैंकका सुचना अधिकारी ! के भन्छ राजश्व अनुसन्धान विभाग ?
यस विषयमा हामीले बैंकका सूचना अधिकारी तेज बहादुर चन्दलाई बुझ्ने प्रयास गरेका थियौं । तर सानिमा बैंकबाट ग्राहक विमला दुलालको पैसा हराएको प्रकरणदेखि नै हामीसँग प्रतिक्रिया दिन नखोजेका उनी यस विषयमा पनि हामीसँग सम्पर्कमा आउन चाहेनन् । यता उजुरीबारे बैंकका सीइओले भने उजुरीकर्तालाई ‘बेष्ट अफ लक्’ भनेर एसएमएस पठाएका छन् । यता राजश्व अनुसन्धान विभागले भने सानिमा बैंकको प्रकरणमा अनुसन्धान जारी रहेको बताएको छ । पछिल्लो समय एकाएक विभिन्न बहानामा विवादमा आइरहेको सानिमा बैंक यो प्रकरणले झन् विवादमा तानिने देखिएको छ ।
हेर्नुहोस् उजुरीको कागज जस्ताको त्यस्तै :


पत्रमा उल्लेखित कागजातका थप विवरण हामी आगामी अंकमा प्रस्तुत गर्नेछौं :
सानीमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्