
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कहिले ग्राहकको खाताबाट लाखौँ रकम हराउने त कहिले विपन्न वर्गलाइ दिनुपर्ने कर्जा सम्बन्धित ठाउँमा नदिएको भन्दै राजश्वको अनुसन्धानमा परेको बैंक सानिमा बैंकको अर्को कर्तुत सार्वजनिक भएको छ । यसै पनि गरिवहरुको पैसा खाताबाट नै गायब हुने र धनीमानीका लागि मात्र काम गर्ने बैंकका रुपमा पछिल्लो समय बदनामी कमाएको सानिमा बैंकले विद्यालय भवनमा शाखा खोल्दा त्यहाँका विद्यार्थी टहरामा पढ्न बाध्य भएको खबर सार्वजनिक भएको छ ।
बैंकले मेलुङ गाउँपालिका-४ स्थित रहेको भिम माध्यमिक विद्यालयको पक्की भवन भाडामा लिई आफ्नो शाखा संचालनमा ल्याएपछी त्यहाँ अध्ययनरत विद्यार्थी भने टहरामा पढ्न बाध्य भएका छन् । भूकम्पपछी केहि क्षति पुगेको उक्त भवन नेपाल सरकारको समेत सहयोगमा पुनर्निर्माण भएको थियो । विद्यार्थीहरुलाई पढ्न गाह्रो भएको भन्दै बजेट ल्याएर बनाइएको घरमा अहिले सानिमा बैंकले आफ्नो कार्यालय खोलेको छ । प्रधानध्यापकको विशेष पहलमा विद्यालय व्यवस्थापन समितिले ६ कोठे भवन मासिक पन्द्र हजार रुपैयाँ पाउने-तिर्ने सर्तमा बैंकलाई दिएपछी विद्यार्थीहरु बिचल्लीमा परेका हुन् ।
उक्त भवन १० वर्षका लागि सानिमा बैंकले भाडामा लिएको छ । विद्यार्थीहरुलाइ अलपत्र पारेर बैंकले यस्तो घृणित कार्य गरेको हो । कतिपय ठाउँमा विद्यार्थीहरुलाई पढ्न सहयोग गर्ने भन्दै विभिन्न सामाग्री बाड्ने गरेको बैंकले यस्तो घृणित कार्य गरेपछि उक्त ठाउँका स्थानीयले सानिमा बैंक बहिस्कार अभियान नै सुरु गर्ने तयारीमा रहेको स्थानीयले बताएका छन् ।
यता भूकम्पपछि पुननिमार्णका लागि बनेको शिक्षा कार्यालय अन्तर्गतका आयोजना कार्यन्वयन ईकाई (शिक्षा) का प्रमुख गोविन्द सेडाईले सरकारले बैंकलाई भाडामा दिन विद्यालय भवन निर्माण नगरेको बताउँदै भवन भाडामा दिने व्यक्तिहरुलाई कारबाही हुनुपर्ने बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । विद्यालयका प्रधानध्यापक सचिन थोकरले भने विद्यालय भवनको बिकल्पमा अन्य घर नभएकाले बैंकलाई दिने सम्झौता गरेको दावी गरेका छन् । ‘अरु विकल्प नै भएन । बैंक गाउँमा आउनु पनि राम्रो हो । हामीलाई आम्दानी पनि हुन्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । यता यस विषयमा वडाध्यक्ष छत्र बहादुर तामाङले भने आफुलाइ समेत अल्पमतमा पारी यस्तो काम गरिएको र यो काम गलत नै भएको बताएका छन् ।
यता बैंकका ब्रान्च मेनेजर अर्जुन सापकोटाले बैंकको केन्द्रीय कार्यालय र स्कुल व्यवस्थापनले गरेको सम्झौता अनुसार नै कार्यालय राखेको दावी गरेका छन् । ‘ स्कुलमा बैंक राख्न हुन्छ कि हुँदैन भन्ने बारेमा मलाइ केहि पनि थाहा छैन । बैंक र स्कुलबीच जे जस्तो सम्झौता भएको हो, त्यहि अनुसार नै बैंक यहाँ स्थापना भएको हो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘अरु त मलाइ केहि पनि थाहा छैन ।’
यता बैंकले यस्तो गलत काम गरेपछि बैंकको ब्राण्ड एम्बेसडरका रुपमा मह जोडीलाई पनि गाउँलेहरुले सराप्त्न थालेका छन् । ‘यो बैंक त हरिबंश र मदनकृष्णको पनि हो भन्ने सुनेको हो । तीनीहरु पनि फटाहा नै रहेछन् । विद्यार्थीको बिचल्ली पारेर यस्तो काम गर्ने हो त ?’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग गुनासो पोखे ।
सानीमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्