
- रेखा चन्द / अर्थ सरोकार डटकम
काठमाडौँ – तपाईं-हामीले धेरै प्रयोग गर्ने सामाजिक संजाल हो फेसबुक । पछिल्लो समय नेपाल सरकारले डोमेन ब्लक गरिदिएपनि त्यसअघि पोर्न डटकमदेखि सेक्स डटकम पनि नेपालमा धेरै हेरिने साइटहरुमा पर्ने गरेका थिए । यसो त अहिले पनि भीपीएन प्रयोग गरेर नेपालमा यो साइट हेर्नेको संख्या सानो छैन । विश्वभरकै तथ्यांक हेर्ने हो भने पनि फेसबुकजस्ता सामाजिक सञ्जाल र अन्य यस्तै चर्चित वेवसाइटहरु राम्रो मूल्यमा बीमा गरिएका छन् । यतिसम्मकि कुनै डोमेन नेम त लाखौँ डलरमा बीमा गरिएका छन् ।
विश्व चर्चित कुन डोमेनको बीमा कति ? यी हुन् क्रमश: टप १० डोमेन !
फेसबुकको डोमेन नेम फेसबुक डटकम सन् २०१० मा ८.५ मिलियन अमेरिकी डलरको बीमा गराएको थियो । यस्तै विश्वचर्चित पोर्न साइट पोर्न डटकम सन् २००७ मा ९.५ मिलियन अमेरिकी डलरको बीमा गरिएको छ । फण्ड डट कम सन् २००८मा ९.९ मिलियन डलरको बीमा भएको थियो भने विश्वका ट्राभलरहरुले धेरै प्रयोग गर्ने वेवसाइट होटेल्स डट कम सन् २००१ मा ११ मिलियन अमेरिकी डलरमा बीमा गरिएको थियो । यस्तै सेक्स डट कम १३ मिलियन अमेरिकी डलरको बीमा भएको डोमेन हो भने इन्स्योर डट कम सन् २००९मा १६ मिलियनको बीमा भएको डोमेन हो । यस्तै इन्टरनेट डट कम २००९ मा १८ मिलियन डलरको बीमा भएको डोमेन हो भने प्राइभेटजेट डट कम २०१२ मा ३०.१ लख डलरको बीमा भएको डोमेन हो । यस्तै भ्याकेशनरेन्टल डट कम सन् २००७ मा ३५ मिलियन डलरको बीमा भएको छ भने इन्स्योरेन्स डट कम २०१० मा ३५.६ मिलियन अमेरिकी डलरको बीमा भएको डोमेन हो ।
नेपालमा अवस्था के छ ?
नेपालमा भने यस्तो बीमा गर्नेहरु छैनन् । यद्यपी नेपालमै सञ्चालित एक डोमेन पनि भारतीय एक कम्पनीले बीमा गरेको भन्ने जानकारी भएपनि कुन डोमेन कुन कम्पनीले कतिमा बीमा गर्यो भन्ने खुलेको छैन । पछिल्लो समय नेपालमा पनि डोमेन नेमहरुको व्यापार खुब चलेको छ तर नेपालमा यस्तो बीमा गराउने कम्पनीहरु नहुँदा नेपालमा यो खालको बीमा खासै चलेको छैन ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्