
- एसपी सुमन
एकाविहानै फेसबुकका नियाल्दै थिएँ । दुर्घटनामा परेका पर्यटन मन्त्रीको शब काठमाडौँ आयो कि आएन भनेर । एक्कासी मित्र राजु पौडेलको फेसबुक स्ट्याटसले मेरो आँखा तान्यो । मैले बुझेको राजु जी एकदम राम्रो मान्छे जस्तो लाग्थ्यो । तर आज मन निकै अमिलो भयो । राजु पौडेलले घुमाउरो पाराले मानवीय समवेदनालाई नै गिज्याईरहेको देख्दा दुख लाग्यो । फेसबुकमा चन्द्रागिरीमा हिउँ परेको फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘हामी विभागीय मन्त्रीज्यु लगायात पर्यटन क्षेत्रका दिग्गज व्यक्तिहरुको असमायीक निधनको शोकमा छौँ ।
यधपी, यहि वर्ष छैठौंपटक चन्द्रागिरिमा बाक्लो हिउँ जमेको जानकारी दिन चहान्छु ।’ अर्थात दिग्गज व्यक्तिहरुको असमायिक निधनमा हामी शोकमा परेको कुरा ठिक हो, तर चन्द्रागिरीमा हिउँ परेको छ, हिउँ खेल्न आउ’ भनेर घुमाउरो बोलावट गरे । घुमाउरो पाराले उनले गरेको बोलावटले घुमाउरो पाराले मानवीय संवेदनशीलतालाई जिग्यायो । घुमाउरो पाराले उनको मन बोल्यो ।
देशले पर्यटनमन्त्री गुमाएको छ । पर्यटन क्षेत्रका दिग्गज व्यक्ति गुमाएको छ देशले । अनि पर्यटनमा नै ठुलो योगदान दिएको छु भन्नेहरुले यसरी शोक मनाएजस्तो पनि गर्ने र हिउँ खेल्न पनि बोलाउने कामले हाम्रो मानवीय संवेदनशीलता कहाँ छ भन्ने प्रश्न उब्जाएको छ । यसो त विहानै देखि हिउँ खेलेर खुसी भएर फेसबुकमा फोटो हाल्नेहरु अरु पनि छन् । तर राष्ट्रमा शोक दिवस घोषणा भएको दिन त्यसो गर्नेहरुले एक पटक सोच्नुपर्छ ।
पात्र जस्ता थिए, त्यसको विश्लेषण भइ नै रहेको छ, तर मृत्यु आखिर मृत्यु नै हो, र मिर्त्युमा पीडा हुन्छ । अझ देशले राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाएका बेला सार्वजनिक संस्थाका एक जिम्मेवार प्रतिनिधिले यसरी घुम्न बोलाउने नियतले फेसबुकलाइ रंगीन बनाउनु पक्कै गलत हो ।
आज एक दिन त्यहाँ हिउँ नखेले के हुन्छ ? हामी शोकमा छौं, यद्यपी….’ भनेर लेख्नुले हामीले के बुझ्ने ? सरकारले झण्डा समेत आधा झुकाएर शोक मनाएको दिन, ‘यद्यपी’, ‘तर’, ‘जस्तो भएपनि’ जस्ता शब्दहरु बुनेर यसरी सार्वजनिक रुपमै हिउँ परेको जानकारी दिनुको उद्देश्य के ? अहँ ! यो सहि हुँदै भएन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्