×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विवादित सहकारी उत्कृष्ट ठहर ? पुरस्कार छनोट समितिका संयोजक र उत्कृष्ट ठहरिएको सहकारीका संचालक उही !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेटिङकै आधारमा जे पनि हुन्छ यो देशमा भन्ने चर्चा परिचर्चा भइरहेका बेला उत्कृष्टताको पुरस्कारमा पनि ‘आफ्नै हात जग्गननाथ’ गरिएको पाइएको छ । राष्ट्रिय सहकारी महासंघले गरेको देशभरका उत्कृष्ठ सहकारी संघ/संस्थाको नाम घोषणा कार्यक्रममा उत्कृष्ट भन्दा पनि आफ्नालाई उत्कृष्ट बनाइएको पाइएको छ । गरेको छ । उक्त समारोहबाट एउटा जिल्ला संघ र सात वटा प्रदेशको प्रतिनिधित्व हुनेगरि एक/एक सहकारीको नाम घोषणा गरिएको हो ।
उक्त पुरस्कार छनोट समितिको संयोजक महासंघका सञ्चालक सुरेन्द्र भण्डारी हुन् । आफ् कार्यकारी सञ्चालक रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ठ सहकारीको रुपमा घोषणा गरेका छन् । यस अघि पनि यस संस्था पुरस्कृत भैसकेको छ । अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा यो पुरस्कार वितरण गर्ने गरिन्छ । यसअघि पनि सुरेन्द्र भण्डारीले संस्थाको विधि र प्रचलित कानुन विपरित कर्जा प्रवाह गर्ने र उक्त ऋण असुल्न नसकेको खण्डमा सहकारीलाई ‘खराव कर्जा’को भार बोकाएर मनपरी गरिरहेको खुलासा भएको थियो । यहि प्रकरणका कारण सहकारी बर्षभरी विवादमा तानिएको थियो ।
यस्तो विवादमा परेको थियो श्री लालीगुराँस सहकारी 
सहकारी संस्थाभित्र आफ्नै सहकारीलाइ उत्कृष्ट घोषणा गरेका भण्डारीले आफ्ना मानिसहरुलाई ऋणवापतको व्याज मिनाहा गरेको देखिएपछि श्री लालीगुराँस सहकारी र सुरेन्द्र भण्डारी दुवै विवादमा तानिएका थिए। आफ्नाहरुलाई ब्याज मिनाहा गर्ने र अरुलाई टोकसेर संस्थाको नाफाघाटा मिलाउने उनको रबैयाले सेयर होल्डरहरुलाई पनि ठुलो घाटा परेको भन्दै यो प्रकरण बाहिर आएको थियो । भण्डारीकै नजिककि व्यक्ति मानिएकी सब्बु सिंह भण्डारीलाई संस्थाले २०६९ मा लिएको ऋणमा पटक पटक गरी ९ पटक ब्याज मिनाहा गरेको देखिन्छ । सहकारी संस्था सम्बन्धि नियमको ठाडो बर्खीलाप गर्दै उनले संस्थामा यस्तो मनपरी गरेको प्रमाण बाहिर आएको थियो । यो प्रकरणबारे अर्थ सरोकार डटकमले तयार गरेको सामाचार यहाँ पढ्न सक्नुहुनेछ ।
यस विषयमा बुझ्न हामीले सुरेन्द्र भण्डारीलाई विहिबार १२ बजेर ३८ मिनेट जाँदा फोन गरेका थियौं । तर उनले हाम्रो फोन नै उठाएनन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: