×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घान्द्रुकमा पोखरा फाइनान्स लिमिटेडको एक्सटेन्सन काउन्टर सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

घान्द्रुकमा पोखरा फाइनान्स लिमिटेडको एक्सटेन्सन काउन्टर सञ्चालन

Artha Sarokar

१९ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 घान्द्रुक

काठमाडौँ – कास्कीको पर्यटकीयस्थल घान्द्रुकमा पोखरा फाइनान्स लिमिटेडले आजदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । पदयात्रा पर्यटन एवं हिमाली दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा परेको घान्द्रुकमा पर्यटक, स्थानीयवासी एवं पर्यटन व्यवसायीलाई लक्षित गरी काउन्टर सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए ।
हालसम्म १९ वटा शाखा सञ्चालनमा ल्याएको संस्थाको निक्षेप सङ्कलन पाँच अर्ब ९५ करोड रहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार चाँडै नै काठमाडौँको गोंगबु र ललितपुरको मानभवनमा दुई वटा शाखा थप गर्न लागेको सो फाइनान्सको चुक्ता पूँजी रु ८५ करोड ७२ लाख रहेको छ । फाइनान्सको कर्जा प्रवाह रु पाँच अर्ब ४५ करोड रहेको उनले जानकारी दिए ।
काउन्टर उद्घाटन कार्यक्रममा घान्द्रुक रोधी क्लबका अध्यक्ष पूर्णप्रसाद गुरुङ, अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना घान्द्रुकका कार्यालय प्रमुख विदुर कुइँकेल, मेश्रम बराह माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर सुवेदी लगायतले काउन्टर सञ्चालनसँगै स्थानीय पर्यटन व्यवसायी एवं पर्यटक लाभान्वित बन्ने विश्वास व्यक्त गरे ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी