
मोरङ । मोरङमा आफ्नै अपहरणको नाटक गरेर बुबासँग फिरौती माग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । बुढिगंगा गाउँपालिलका ३ बासबारीका २४ वर्षका मुकेशनारायण महतोले बाबु शिवनारायणसँग आफू अपहरणमा परेको भन्दै ३० लाख रुपैयाँ फिरौती मागेका प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मुकेशले गत २३ गते विहान ११ बजे बुबालाई फोन गरेर आफू अपहरणमा परेको र अपहरणकारीले ३० लाख मागेको जानकारी गराएका थिए । फागुन २६ गते शिवनारायणले फिरौती रकमबापत २१ लाख रुपैया तिरेका थिए ।
घर परिवारबाट पैसा माग्न लाज लागेर अपहरणको नाटक गरेको अनुसन्धानबाट खुलेको डीएसपी राईले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुरुमा अपहरणकारीले लाहानमा राखेको बताएका उनले त्यसपछि जनकपुर र कोशी ब्यारेजमा राखेको जानकारी गराएका थिए । फिरौती लिएको रकममध्ये करिब डेढ लाख उनीहरुले खर्च गरेको र बाँकी बरामद भएको उनले बताए । प्रहरीका अनुसार मुकेशले एक वर्षअगाडि सापटी लिएको ५ लाख रुपैयाँ मिटर ब्याजका कारण ९६ लाख पुगेको र उक्त रकम नतिरे ज्यान मार्ने धम्की दिएकाले अपहरणको नाटक गरेर रकम उठाएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्