
- बम बहादुर चन्द
स्नेही प्यारी नेपाल आमा, भगवानभन्दा पनि आदरणीय तिम्रो चरणमा दण्डवत प्रणाम छ । आँखाभरि आँशु, छातीमाथि ढुङ्गा राखी परदेशबाट सन्चो विसन्चो सोध्न पनि अफ्ट्यारो लागेको छ । पत्र कोर्ने मितिसम्म तिम्रो आशीर्वाद र माया ममताले सात समुद्रपारी जे जस्तो भएपनि बाँचेकै छु । प्रिय आमा, मातृभूमिको प्यारो मायासँग बिछोडिएर परदेशमा पसिना बगाएर बेल्चा चलाउन र विदेशीहरूको घरमा रातदिन चौकीदारी र भाँडा माझ्नु मलाई रहर पो कहाँ हो र ? बुबाले दश नाङ्ग्रा खियाएर मुस्किलले बेलुका छाक टार्न भ्याउने परिवारमा जन्मनु न मेरो दोष थियो न मेरो बुबाको । र पनि कहिले देश नै परिवर्तन गर्छु भन्ने क्रान्तिकारी बनाइदियो परिस्थितिले त कहिले के ! तर आखिर भष्टचारीहरुले लुटेर तिमीलाई तहसनहस पारिरहँदा यो बबुरो नागरिक आज परदेशमा पसिना बगाउनुको निर्विकल्प काममा छ ।
कति दु:ख कष्ट भोग्न लेखेको रहेछ, आमा तिम्रो जीवनमा । कहिले राणाशासनको बन्धनमा बाँधेर तिमीलाई लुते, कहिले प्रजातन्त्रका नाममा तिमीलाई चुसे, कहिलेद्वन्द को घाउमा तिमी रोएरबस्नुपर्यो, कहिले स्वतन्त्रताका नाममा तिमी लुटीयु फेरी । आफ्नै काखका दुइ भाइहरु लडीरहंदाका तिम्रा दुख ति भाइ मिल्दा पनि उस्तै रहे ।
कहिले छिमेकीको चलेखेल त कहिले कसको चलाखीले तिम्रो अस्तित्वमाथि धावा बोलिरह्यो । आफ्नै सन्तानहरु आपस-आपसमा लडाएर कैयौं दिदीबहिनीको सिउँदो पुछियो, कैयौंका बालबालिकाहरु टुहुरा भए कयौ निर्दोष जनताहरु मरे, देशलाई कैयौं वर्ष पछाडि धकेलेर छिमेकी मुलुकहरू षड्यन्त्रमा सफल हुँदाखेरी तिम्रो मन कति रोयो होला । त्यो क्रान्ति थिएन आमा, त्यो त विदेशीको षड्यन्त्र मात्र थियो भन्ने भान हुनेगरीको आजको तीतो यथार्थ यहि हो आमा – आज हामी आमाको न्यानो काखबाट बिदेशीन बाध्य हुनुपरेको छ ।
प्रिय आमा, छोराले जे-जस्तै गरोस् तिमीले त फेरीपनि माफ गरिदिनुहुन्छ । आमा तिमीले जन्माएका छोराहरु संसारका विभिन्न देशहरुमा धनी र करोडपति छन्, धेरै ठूल्ठुला महलहरूमा बस्छन् तर आमा नेपाल को सिमाना भित्रको गौरब र नेपाली माटोमा जस्तो स्वतन्त्रता कहीँ पनि पाइएन ।
अहिले संसार कोरोना महामारीले तहसनहस भएको छ हामी नजिकैबाट कैयौं कोरोना पीडितको लासहरु गुज्रिरहेका देखिरहेका छौं । यस्तो अवस्थामा तिमी पनि छट पटाईरहेका छौ । धन्य हाम्रो देशका शासक, धन्य हाम्रो देशका क्रान्तिकारीहरु, धन्य हाम्रो देशका नेताहरु यस्तो आपत् विपतको समयमा पनि भ्रष्टाचार गर्न र चोरी गर्नबाट पछि हटेका छैनन् ।
आमा, म आफ्नो देश आएर पनि के गरौं ? जुन देशको लागि केहि गर्न सकिएन त्यो देशमा आएर म अरू बढी ऋणी हुन चाहन्न । क्रोसिन र सिटामोल जस्तो साधारण टेबलेटहरु नभएको मेरो देशमा कोरोना जस्तो महामारी ल्याएर मेरी आमा लाई संक्रमित गर्न चाहन्न । म बिदेशको गल्लीमा कोरोना लागेर मरे पनि मेरो देश कोरोनाको महामारीबाट बाँचिरहोस् भनी पशुपतिनाथसँग प्रार्थना गर्दछु ।
बम बहादुर चन्द
बैतडी मेलौली रोकटा
हाल भारत
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्